• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

विश्वकप छनोट : अष्ट्रेलियासँग ताइपेई पराजित

जेठ २५ २०७८
  • 446
    SHARES
  • विश्वकप छनोट : अष्ट्रेलियासँग ताइपेई पराजित

    काठमाडौं - विश्वकप तथा एसियन कप छनोट अन्तर्गत भएको खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ५–१ गोलले पराजित गरेको हो । 

    कुवेत सिटीस्थित जावेर अल अहमद इन्टरनेसनल स्टेडियममा भएको उक्त खेलमा १२औं मिनेटमा ह्यारी साउटरले गोल गरी अष्ट्रेलियालाई अग्रता दिलाए ।

    त्यसपछि अष्ट्रेलियाका लागि खेलको २७औं मिनेटमा जेमी म्याकलरेनले र ४१औं मिनेटमा ट्रेन्ट सेन्सवरीले गोल गरे । त्यसपछि खेलको ४६औं मिनेटमा डुकेले गोल गरे । त्यसपछि खेलको ६२औं मिनेटमा ताइपेईका वेई जिइ गाओले गोल गरे ।

    त्यसपछि खेलको ८४औं मिनेटमा मिटचेल डुकेले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै अष्ट्रेलिया समूह ‘बी’ मा  ६ खेलबाट १८ अंक पुर्याएको छ । 


    जेठ २५, २०७८ मंगलवार ०९:००:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • अर्कोसमाचार

    राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला, पुरस्कार १ लाख

    आषाढ १

  • 172
    SHARES
  • राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला, पुरस्कार १ लाख

    काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने भएको छ । जर्सी डिजाइनको लागि प्रतिस्पर्धा पनि खुला गरिएको छ । 

    सोमबार नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले संयुक्त विज्ञप्ति जारी गर्दै जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको हो । नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गरिएको हो । 

    जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्नुपर्ने बताइएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । 

    क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने बताएका छन् । 


    आषाढ १, २०७८ मंगलवार १०:१५:४९ बजे : प्रकाशित

    फ्रान्ससँग जर्मनी पराजित 

    आषाढ २

  • 206
    SHARES
  • फ्रान्ससँग जर्मनी पराजित 

    काठमाडौं - गए राति युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत भएको खेलमा फ्रान्सले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा जित निकाल्न फ्रान्सले गोल गर्न नै परेन । 

    जर्मन डिफेन्डर म्याट्स हमल्सले आफ्नै पोष्टमा गोल गरे । उनले खेलको २० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गानेल हुन सकेन । 

    ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रबाट हान्दा पनि गोल हुन सकेन । ५२ औं मिनेटमा पनि गोल अवसर चुक्दा फ्रान्स बराबरी हुनबाट रोकियो । 

    जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । अंकविहिन जर्मनी पुछारको दुई स्थानमा रहेको छ।


    आषाढ २, २०७८ बुधवार ०९:०९:१३ बजे : प्रकाशित

    अष्ट्रेलियाको सानदार जित

    आषाढ २

  • 338
    SHARES
  • अष्ट्रेलियाको सानदार जित

    काठमाडौं - फिफा विश्वकप तथा एसियन कप  छनोट अन्तर्गत भएको खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अष्ट्रेलियाले जोर्डनलाई १-० गोलले पराजित गरेको हो ।

    उक्त खेलमा अष्ट्रेलियाको लागि डिफेन्डर ह्यारी सुटरले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् ।  उनको यस गोलसँगै अन्तर्राष्ट्रिय करिअरमा ६ गोल पुगेको छ ।  

    यससँगै अष्ट्रेलियाले ८ खेलमा २४ अंक जोडेको छ । समूहमा शत प्रतिशत जितको नतिजासहित अष्ट्रेलियाले एसियन कपमा छनोट भएको छ ।  


    आषाढ २, २०७८ बुधवार ०९:२०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    आषाढ २

  • 176
    SHARES
  • रोनाल्डोको २ गोलमा पोर्चुगलको जित

    काठमाडांै - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा पोर्चुगलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो । उक्त खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए । 

    त्यसपछि खेलको पहिलो हाफभरी कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ८४ औं मिनेटमा राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट हानेको  प्रहार डिफेन्डरको खुट्टामा लागेर गोल भयो । 

    त्यसपछि खेलको अन्तिम समयम रोनाल्डोले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै समूह एफमा पोर्चुगलले ३ अंक जोडेको छ । 


    आषाढ २, २०७८ बुधवार ०९:५१:५६ बजे : प्रकाशित

    युरोकपमा रुसको पहिलो जित दर्ता

    आषाढ २

  • 162
    SHARES
  • युरोकपमा रुसको पहिलो जित दर्ता

    काठमाडौं - बुधबार भएको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रुसले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा रुसका लागि एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । 

    उनले पहिलो हाफको अन्तिम समयमा गोल गरी टिमलाई अग्रता दिलाए । तर दोस्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । मिरानचुकको गोल नै निर्णायक बन्यो ।  

    उक्त खेलमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर गोलले मान्यता पाए । जितसँगै समूह बी मा रहेको रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


    आषाढ २, २०७८ बुधवार २१:४८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोकप
  • # रुस
  • टर्कीलाई पराजित गर्दै वेल्स नकआउट चरणमा

    आषाढ ३

  • 142
    SHARES
  • टर्कीलाई पराजित गर्दै वेल्स नकआउट चरणमा

    काठमाडौं - युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा वेल्सले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलको ४२ औं मिनेटमा वेल्सका राम्सीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६० औं मिनेटमा वेल्सले गोल गर्ने अवसर पाएको थियो । तर बेलको प्रहार पोस्टभन्दा माथि गयो । उनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्ने मौका पनि गुमाए । 

    त्यसपछि खेलको अन्तिम समयमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सलाई जित दिलाए । जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ ।  

    यससँगै वेल्सले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएकाृ छ भने टर्कीको सम्भावना न्युन छ ।  


    आषाढ ३, २०७८ बिहिवार ०८:३८:४० बजे : प्रकाशित

    images
    images
    ताजा खबर