• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य उपकरण प्राप्त

जेठ २२ २०७८
  • 306
    SHARES
  • कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य उपकरण प्राप्त

    काठमाडौं - कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । 

    नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ ।

    दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।रासस


    जेठ २२, २०७८ शनिवार १३:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • अर्कोसमाचार

    खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार

    जेठ १६

  • 434
    SHARES
  • खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार

    वाशिङ्टन डिसी - राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गर्नुभएको छ । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराउनुभएको राससलाई बताउनुभयो । 

    राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताउनुभएको थियो । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उहाँले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

    साथै उहाँले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराउनुभएको थियो । 

    राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने वताउनुभयो । भेटमा उहाँले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्सअन्र्तगतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताउनुभएको थियो । रासस
     


    जेठ १६, २०७८ आइतवार १०:२७:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकी राष्ट्रपति
  • अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

    जेठ २०

  • 608
    SHARES
  • अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

    काठमाडौं - अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । बिहिबार राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले सामाजिक सञ्जालट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले नेपाललाई कोरोना खोप दिने भएको हो । उनले पहिलो ट्वीटमा नेपाललाई ५० लाख डोज खोप दिने बताएका थिए । तर दोस्रो ट्वीटमा उनले खोप परिमाणबारे सच्चाएका छन् । उनले यो परिमाण आफुहरुको अपेक्षा र अनुरोध रहेको बताएका छन् ।

    उनले भनेका छन् - 'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता  र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ  िहाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ' 

    अर्को ट्वीटमा भनेका छन् - 'मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।'
     
    यसैगरी अमेरिकी दूतावासले अमेरिकी भ्याक्सिन अनुदानमा पाउने मुलुकमध्ये नेपाल पनि एक भएको ट्वीटरमार्फत बताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । उनले खोप उपलब्ध गराउने भएकोमा धन्यवाद दिएका छन् । 

    tika.PNG
     


    जेठ २०, २०७८ बिहिवार २२:१०:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप
  • कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य उपकरण प्राप्त

    जेठ २२

  • 306
    SHARES
  • कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य उपकरण प्राप्त

    काठमाडौं - कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् । 

    नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ ।

    दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।रासस


    जेठ २२, २०७८ शनिवार १३:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया
  • जापानमा एक नेपालीको निधन

    जेठ २३

  • 530
    SHARES
  • जापानमा एक नेपालीको निधन

    काठमाडौं - जापानमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डे रहेका छन् । 

    उनको शनिवार बिहान अस्पतालमा उपचारको क्रममा निधन भएको हो । केही समययता देखि अस्वस्थ रहेका उनलाई एक्कासी समस्या बढेपछि अस्पताल लगिएको थियो । उनले आफुलाई टाउको दुखेको बताएका थिए । 

    उनी सोही स्थानमा कुक काम गर्ने गर्थे । श्रीमती र छोरीुसँगै बस्दै आएका पाण्डेको दाहसंस्कार जापानमा नै गरिएको बताइएको छ । 
     


    जेठ २३, २०७८ आइतवार २०:१९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जापान
  • जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

    जेठ ३१

  • 322
    SHARES
  • जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

    काठमाडौँ – सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

    नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । 

    नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।रासस 


    जेठ ३१, २०७८ सोमवार २२:०१:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जर्मनी
  • भारतमा महिला सैनिकका लागि भर्ती खुल्यो

    आषाढ १

  • 346
    SHARES
  • भारतमा महिला सैनिकका लागि भर्ती खुल्यो

    काठमाडौं - भारतले महिला सैनिकका लागि भर्ती खुलाएको छ । सोमबार काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले एक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो । 

    सूचनामा नेपाली युवतीले पनि भर्ती हुन पाउने बारे जानकारी गराइएको छ । भर्ती छनोट अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा हुनेछ । महिला सेनामा भर्ती हुन इच्छुकले सूचनामा उल्लेख गरे अनुसार आगामी जुलाई २० सम्म निवेदन दिनुपर्ने हुन्छ । 

    निवेदन १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले मात्र दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचनामा पढ्नुहोस्

    ii.PNG


    आषाढ १, २०७८ मंगलवार १२:४६:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महिला सैनिक
  • images
    images
    ताजा खबर