• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

जेठ २० २०७८
  • 1.3K
    SHARES
  • अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

    काठमाडौं - अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । बिहिबार राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले सामाजिक सञ्जालट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले नेपाललाई कोरोना खोप दिने भएको हो । उनले पहिलो ट्वीटमा नेपाललाई ५० लाख डोज खोप दिने बताएका थिए । तर दोस्रो ट्वीटमा उनले खोप परिमाणबारे सच्चाएका छन् । उनले यो परिमाण आफुहरुको अपेक्षा र अनुरोध रहेको बताएका छन् ।

    images

    उनले भनेका छन् - 'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता  र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ  िहाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ' 

    अर्को ट्वीटमा भनेका छन् - 'मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।'
     
    यसैगरी अमेरिकी दूतावासले अमेरिकी भ्याक्सिन अनुदानमा पाउने मुलुकमध्ये नेपाल पनि एक भएको ट्वीटरमार्फत बताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । उनले खोप उपलब्ध गराउने भएकोमा धन्यवाद दिएका छन् । 

    tika.PNG
     


    जेठ २०, २०७८ बिहिवार २२:१०:५० बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कोरोना खोप
  • अर्कोसमाचार

    दक्षिण कोरियाले कोरोना खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

  • 152
    SHARES
  • दक्षिण कोरियाले कोरोना खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

    सिओल । दक्षिण कोरियाले कोभिड–१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन् ।

    images

    गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ।

    यसैगरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४।२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ।सिन्ह्वा


    आश्विन ११, २०७८ सोमवार १३:५५:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण, आज कहाँ कति संक्रमित थपिए ?

  • 400
    SHARES
  • काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण, आज कहाँ कति संक्रमित थपिए ?

    काठमाडौं - सोमवार काठमाडौं उपत्यकामा थप ३ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका २ सय ८५ जना, ललितपुरका ६६ जना र भक्तपुरका ४३ जना रहेका छन् ।  

    images

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा १२ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या  ७ लाख ९२ हजार ३ सय ६७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९० हजार ८ सय ५४ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १२ सय ६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६.२ प्रतिशत रहेको छ ।  

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ७ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन ११, २०७८ सोमवार १८:०५:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    उपचारका लागि बैंकक जाँदै वर्षमान पुन

  • 158
    SHARES
  • उपचारका लागि बैंकक जाँदै वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आफ्नो उपचारको लागि थाइल्याण्डको बैंकक जाने भएका छन् । पुनलाई उपचारको लागि बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिने भएको छ । 

    images

    जण्डिसका कारण बिरामी परेका पुनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा देखिएको जण्डिस बढेको छ । जसका कारण उपचारको लागि उनलाई बैंकक लैजान लागिएको हो । 

     

     


    आश्विन १२, २०७८ मंगलवार १३:३०:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन

  • क्यानाडा नेपाल

    कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने  

  • 184
    SHARES
  • कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने  

    काठमाडौँ - कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो। 

    images

    ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा पनि दिइने भएको छ। यसअघि कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति दशैंका कारण परिवर्तन गरिएको थियो। 

    आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरे। भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए।रासस


    आश्विन १२, २०७८ मंगलवार १४:३१:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालबालिका

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ११ सय ५८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 620
    SHARES
  • नेपालमा एकैदिन ११ सय ५८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ११ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ३ वटा परीक्षण गर्दा ११ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९१ हजार १ सय ८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १३ सय १८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १८ हजार ४ सय २२ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन १२, २०७८ मंगलवार १८:०३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर