• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन 

प्रेम खड्का जेठ १३ २०७८
  • 6.7K
    SHARES
  • माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन 

    आदरणीय माधव कमरेड,
    अभिवादन ।

    माधव नेपाल, तपाईंलाई सिपी मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपी मैनालीहरुलाई लखेट्नु भएको तपाईंले अहिले आफैँ त्यहि बाटो पछ्याउँदै हुनुहुन्छ । तपाईंलाई स्मरण नै छ होला, पार्टी विभाजन गर्दा सिपी मैनालीले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए, तर त्यसको परिणाम आज मैनालीहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ । नेपाली समाजमा खोज्नुपर्ने अवस्था छ । 

    माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, विप्लबहरुको अवस्था हेर्नुस् , आज कस्तो छ । काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ । तपार्इंसँग त कति नै छ र ?

    केही आशा गरिएका नेताहरु तपाईंसँग थिए, तपाईं लगायत । सहि निर्णय लिनुहुन्थ्यो भने आशा थियो । सन्किको भरमा, आग्रह पूर्वाग्रह राखी निर्णय गर्नुभयो, पक्कै इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्नु पर्ने थियो, भयो त्यही । देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो, देखाइदिने होइन, आफैँ देख्नु हुनेछ ।

    यसर्थ, तपाईं लगायत कमरेडहरु, तपाईंहरु पार्टी विभाजन गर्ने बाटोमा जानुभयो । भूगोलमा भेटिने त त्यस्तै हो, गुगलमासम्म भेटिनु हुन्छ होला । छुट्टीएर जानेहरु सिपी मैनाली जस्तै हुनेछन् । हिजो सिपी मैनालीले पनि ठूलो समूह लिएर गएका थिए, तर निर्वाचनले वास्तविकता देखाइदियो । हुन त तपाईं निर्वाचन भनेपछि तिरिक्क मुतिहाल्ने मान्छे न हो । तपाईसँग त त्यति पनि छैन, जति त्यो बेला सिपी मैनालीसँग थिए ।

    तपाईले सोच्नु भयो होला । म जस्ता हजारौं कार्यकर्ताहरु तपाईं जहाँ, त्यहाँ त्यहाँ पछि लागेर आउनेछन् भनेर । यदि त्यसो हो भने त्यो तपाईंको भ्रम हो । हामीलाई एमाले भन्न सिकायौं, सूर्यमा भोट माग्न र हाल्न सिकायौं । जबजको आदर्श र मूलबाटो सिकायौं ।
    एमालेले ‘सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सरिक गरायो । यी कुराहरुसँग यति लभ परिसकेछ कि हिजो तपाईंको साथमा उभिँदै गर्दा आई लभ यु केपी बा भन्न नसकेको म जस्तै कार्यकर्ताले आज तपाईंकै कारण आई लभ यु केपी बा, भन्न बाध्य भएका छौं ।

    तपाईं शेरबहादुर देउवाको पुच्छर हुन तयार हुनुभयो । तर, तपाईंले सिकाएको आदर्शहरुले हामीलाई शेर बहादुरहरुको झोला बोक्ने हिम्मत पनि आउँदैन । तपाई प्रचण्डको सबै कुराको साक्षी बन्न तयार हुनुभयो । तर, हामी प्रचण्डपथतिर सिधा हेर्न पनि सक्दैनौं । किनकि मानसपटलमा अझै याद ताजा छ, प्रचण्डका लठेउराहरुले टाउको फुटाएको, हात खुट्टा बाँचेको, कतिको ज्यान लिएको त कतिको सिन्दुर पुच्छिएको । त्यतिमात्र हैन चुनावमा बन्दी बनाएको त कहिल्यै भुल्नै सकिँदैन ।

    त्यसैले अलिकति पनि आशा नराख्नुस् म जस्ता कार्यकर्ता अब पनि तपाईंकै पछि लाग्नेछन् भनेर । त्यो आश राख्नुभयो भने त्यो तपाईंको भ्रम हुनेछ । तपाईं र झलनाथ खानलको त यतिकै पनि रिटायर्ड लाईफ हो, राजनीतिबाट अन्त्य हुँदा पनि फरक पर्दैन ।
    तर तपाईहरुसँगै हिडेँका ती भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, विरोध खतिवडा र रामकुमारी झाँक्रीहरुको राजनीतिक भविष्य पनि अन्यौल बनाईदिनु भएको छ । पाप लाग्नेछ, तपाईलाई । आँशु झर्नेछ सम्झेर तपाईसँगै पछि लागेका ती प्रिय नेताहरुलाई ।

    याे पनि माधवकुमार नेपालको दुस्साहस : एमालेको लोगो छातिमा टाँसेर कसरी गर्ने सके अन्तर्घात ?

    अझैं केही बिग्रेको छैन । आत्म समीक्षा गरे सबै गल्ति स्विकार गरेर एमालेसँग माफ माग्नुहोस् । केपी ओली घर मूली हुनुहुन्छ । विशाल हृदय छ उनीसँग, पक्कै माफ गर्नुहुनेछ । अन्यथा तपार्इंहरुको राजनीतिक करिअरको अन्त्य पक्कै हुनेछ ।

    कसले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । महाधिवेशनबाट हारेर पनि हाताहाती अध्यक्ष बन्न खोज्नु तपाइंको भूल थियो । हामी त मात्र नेकपा एमाले र सूर्य चिन्हको मतलब राख्छौं । हिजो तपाईंले १५ बर्ष नेतृत्व गरेकै हो ।

    त्यति बेलाको अवस्था र आज केपी ओलीले गर्नु भएको नेतृत्व दाँज्दा पनि हामीलाई तपाईप्रति लाज लाग्छ । केपी शर्मा ओलीले लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए आज न त पार्टी अध्यक्ष बन्न सक्नु हुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । उहाँको संघर्ष र बहुमतलाई तपाईले बिर्सनु भयो ।

    पद अस्थायी बिषय हो, पार्टी प्रमुख कुरा हो । यसर्थ एकताको अभियानमा लाग्नु पर्ने तपाईं पार्टी छोड्न तयार भएर जानुभयो । एमालेले तपाईलाई कारबाही गरेर निलम्बन गरेको विषय गौण हो । त्यो बाध्यकारी अवस्थामा पुराउने तपाई स्वयं जिम्मेवार हुनुहुन्छ र त्यो मूख्य कुरा हो । अब एमालेको श्राप तपाईंलाई लाग्नेछ । म जस्तै हजारौं कार्यकताको पाप तपाईंलाई लाग्नेछ । बाँकी तपाईंकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।

    prem-khadka.jpg

    प्रेम खड्का

    आम कार्यकर्ता पार्टी एकताको पक्षमा हुँदा हुँदै तपाईले गल्ती गर्नुभयो । पार्टी एकताको पक्षमा लाग्नु पर्ने तपार्इं लाखौं कार्यकर्ताको विश्वासलाई तिलाञ्जली दिएर एमालेलाई आगो लगाउने प्रयास गरेर अन्तै लाग्नुभयो । खैर, त्यसले एमालेलाई थोरै असर होला, तर आत्मबल बढ्नेछ । विकार चिजहरु फालेको महसुश गर्दै एमोले निरन्तर अघि बढ्नेछ । म जस्तै लाखौं कार्यकता एकवद्ध भएर एमालेको झण्डामुनि बस्नेछौं ।

    तपाईंहरुलाई पद, शक्ति चाहिएको छ, तर कार्यकर्तालाई पार्टी ठूलो र प्रतिपक्षसँग लड्न सक्ने मजबुत शक्ति चाहिएको थियो । तपाईंले त्यसलाई बुझ्न सक्नुभएन, तपाईंको राजनीतिक जीवनको अन्त्यमा म जस्ता हामी अबका दिनमा केवल दर्शक बन्न सक्नेछौं । सारथी र सहयोगी बन्ने छैन । तपाईंको पक्षमा उभिन नसकेकोमा एकरत्ति पनि दुःख छैन, बरु खुशी मिलेको छ ।

    नेकपा एमाले जिन्दावाद । सूर्य चिन्ह जिन्दावाद । जनताको बहुदलीय जनवाद–जिन्दावाद ।

    उही तपाईंको हिजोको प्रिय कार्यकर्ता

    प्रेम खड्का
    अनेरास्वविवयु, केन्द्रीय कमिटी सचिवालय सदस्य


    जेठ १३, २०७८ बिहिवार १४:५०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नताशा

  • प्रेम खड्का

    अर्कोसमाचार

    मुलुक संकटको चक्रव्युहमा : गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गरौँ

  • 1.3K
    SHARES
  • मुलुक संकटको चक्रव्युहमा : गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गरौँ

    आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो ।

    अहिले कथित ’धर्मनिरपेक्षता’को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा पारेर तथा भ्रम सिर्जना गरेर लाखौंको संख्यामा धर्मपरिवर्तन गराईएको छ । धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाती र दलित समुदायका रहेका छन् ।

    संगठित र योजनावद्धरूपमा हिन्दु, बौद्ध र किराँत धर्वाबलम्वीहरुको धर्मपरिवर्तन गराईएको छ । धर्म संस्कृति माथी भैरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू नै अल्पमतमा पर्ने खतरा टड्कारो देखिन्छ । सदियौँदेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक, सामाजिक र सांस्कृतिक एकता र सद्भाव खलबलिएर देशमा धार्मिक द्वन्द बढ्ने छ । अन्तोत्वगत्वा नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुनेछ । 

    यो तितो यथार्थ प्रति देशका बौद्धिक जमात उदासिन मात्र होईन, असहिष्णु पनि बन्दै गैरहेका छन् । माओवादी विद्रोहकालमा कायम गरिएको हिंसात्मक आतङ्कसँगै पश्चीमा मुलुकहरुको सहयोग र सौजन्यतामा फैलाईएको बौद्धिक आतङ्कको परिणामस्वरूप अहिले नागरिक समाज, बौद्धिक जगत, आमसंचार माध्यम र ठूलो संख्यामा युवावर्गमा सनातन धर्मसंस्कृति प्रतिको आस्था र बिश्वास कमजोर भएको छ । धर्म संस्कृति र परम्परालाई प्रगति विरोधी, आधुनिकता प्रतिकुल र प्रतिगामी सोच भन्ने मनोविज्ञान बढ्दो छ ।

    यसैबिच विभिन्न कारणबाट नेपाली  राजनीतिमा बढ्दै गएको कम्युनिष्ट वर्चस्व र मार्क्सवादी बिचारको प्रभावले पनि धर्म संस्कृति वारे व्यापक भ्रम कायम भएको छ । चौरानव्वे प्रतिशत जनता सनातन धर्ममा बिश्वास राख्ने र उनान्सय प्रतिशत  कुनै कुनै धर्ममा आस्था राख्ने आस्तिक जनता भएको देशमा ईश्वरको अस्तित्वको नै स्विकार नगर्ने र धर्मलाई अफिम ठान्ने नेताहरु निर्वाचित भएर आउने विडम्वना रहेको छ । 

    माओवादी हिंसा र आतङ्क अहिले अन्त भएको छ । तर, बौद्धिक आतङ्कको प्रभाव भने कायम रहेको मात्र होईन, अझै बढ्दै गएको देखिन्छ । यो अवस्थाको अन्त्यका निमित्त सनातन धर्म संस्कृतिमा बिश्वास राख्नेहरुका बिचमा एकता र स्पष्टताको आबश्यकता छ । सोचाईमा मात्र होईन, कार्यनीतिमा पनि एकरूपताको खाँचो छ । जनमतको कमि छैन । त्यो जनमतलाई संगठित गरी शक्तिमा रुपान्तरण गर्नु जरूरी छ ।

    नेपाललाई हिन्दुराष्ट्र बनाउने तथा सनातन धर्म संस्कृति र सभ्यतालाई नेपाली समाज र राष्ट्रनिर्माणको आधार बनाउने रणनीतिक उद्देश्यमा धेरै हदसम्म एकमत छ । तर,त्यो उद्देश्य प्राप्त गर्ने कार्यनीतिका वारेमा भने स्वयं हिन्दुराष्ट्र पक्षधरहरुका बिचमा ठूलो मतभेद छ । यो मतभेदको दूरी कम गर्नु नितान्त आबश्यक छ । 

    विद्रोहको बाटो उपयुक्त र व्यवहारिक छैन । दश बर्षे हिसांत्मक विद्रोहको तितो अनुभव बोकेका नेपालीहरु अर्को विद्रोहको पक्षमा छैनन् । देश र समाजले त्यसलाई धान्न वा स्विकार गर्न सक्दैन । अर्को बाटो संबैधानिक र प्रजातान्त्रिक परिवर्तनको शान्तिपूर्ण बाटो हो । अहिले हामीले अवलम्वन गरेको यही बाटो हो । यो अत्यन्त कठिन छ, तर असंभव छैन । 

    जुन मुलुकमा सत्रहजार मान्छे मार्ने मराउने अनि बिश्वबाट नै अफाप र लुप्त भैसकेको कम्युनिष्ट बिचार बोकेर झण्डै दुईतिहाई बहुमत प्राप्त गर्न सक्छन्, त्यहाँ सत्य धर्म र राष्ट्रियता बोकेको बिचार र शक्तिले जनताको बलमा प्रजातान्त्रिक माध्यमबाट परिवर्तन स्थापित गर्न सक्दैन भनेर किन हरेश खाने ?

    निकटतम छिमेकी भारतको उदाहरणबाट पनि सिक्न सक्छौ । भारतमा हिन्दु राष्ट्रवादी शक्ति भारतीय जनता पार्टी जनताको अभिमतबाट अहिले सत्तामा रहेको छ । उनीहरूले अहिले नै भारतलाई हिन्दुराष्ट्र घोषणा गर्न नसकेता पनि सनातन मुल्य मान्यता र संस्थाहरूको पुनर्जागरणलाई बल पुराएका छन् । संविधानमा स्पष्ट नलेखिए पनि हरेक दृष्टिकोणबाट भारत अहिले हिन्दुराष्ट्र  हुने दिशातर्फ उन्मुख छ ।

     नेपालका हिन्दुराष्ट्र पक्षधर र विरोधी दुवैले भारतको वर्तमान अवस्थालाई उदाहरणकारूपमा लिन सक्दछन् । हिन्दुराष्ट्रका विरोधी तर प्रजातान्त्रिक मान्यतामा बिश्वास गर्ने नेपाली बुद्धिजिवीहरूले भारतको उदाहरणबाट हिन्दुत्व वा हिन्दुराष्ट्रवादको धरातलमा पनि प्रजातन्त्रलाई सुदृढ बनाउन तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिँदो रहेछ भन्ने बुझ्न सक्दछन् ।  

    हिन्दुराष्ट्रका पक्षधरहरुले संबैधानिक र प्रजातान्त्रिक बाटोबाट पनि हिन्दुराष्ट्र वा हिन्दुत्वलाई स्थापित गर्न सकिँदो रहेछ भन्ने प्रेरणा लिन सक्दछन् ।

    हामीकहाँ कतिपय हिन्दुराष्ट्रका पक्षधरहरु राप्रपाले वर्तमान संविधानलाई स्विकार गरेको वा सरकारमा सहभागी भएकोमा खुसी छैनन् । खुसी नभएको मात्र होईन त्यो नीतिको घोर विरोध गर्दछन् । सिद्धान्त छोडेको, सत्तसँग बिचार साटेको आरोप लगाउँछन् । तर, त्यस्तो धारणा राख्नेसँग अर्को विकल्प पनि छैन । आफू विकल्प निदने अनि अरुले गरिरहेको सत्प्रयास प्रति पनि कुण्ठा राख्ने । यो द्वैध मानसिकताबाट सबै हिन्दुराष्ट्र पक्षधर राष्ट्रवादी मुक्त भएर एकढिक्का हुनु अहिले समयको आबश्यकता हो ।

    फेरि पनि एकपटक भारतको उदाहरण हेरौँ । केही बर्ष अगाडी भारतीय जनता पार्टीले कश्मिरको ’पि डि एफ’ भन्ने पार्टीसँग सहकार्य गरेर सरकार बनायो । यी दुई पार्टीहरुका बिचमा ठूलो बैचारिक भिन्नता छ । भारतीय जनता पार्टी कश्मीरलाई अन्य राज्यहरू भन्दा बिशेष दर्जा दिन भारतीय संविधानमा गरिएको धारा ३७० खारेजीको पक्षमा निरन्तर सात दशकदेखि संघर्ष गर्दै आएको दल हो ।

    अर्कोतर्फ ’पि डि एफ’ उक्त धारालाई कश्मीर अस्तित्वको मेरूदण्ड मान्ने पार्टी हो । उनीहरूको सहकार्य रणनीतिक थियो । सहकार्यबाट कश्मिरमा भाजपाले आफ्नो प्रभाव र संगठन विस्तार ग–यो । पछि संसदमा बहुमत पुग्ने वित्तिकै उक्त धारा ३७० खारेज गरी दियो । यो केवल उदाहरण मात्र हो । यही उदाहरण नै कायम गर्नु पर्छ भन्ने छैन । रणनीति र कार्यनीति समय काल र परिस्थिति अनुसार निर्धारण गर्ने विषय हो भन्न मात्र खोजिएको हो ।

    हामी कहाँ लक्ष्य, नीति, रणनीति र कार्यनीति वारे बुझाउन गाह्रो छ । हालै राप्रपाले आगामी राष्ट्रिय सभाको चुनावमा नेकपा(एमाले) को  उमेदवारलाई सघाउने निर्णय ग–यो । नेकपा(एमाले) का तर्फबाट सहयोगका निम्ति लिखितरूपमा अनुरोध आयो । राप्रपाबाट सहयोग गर्ने निर्णय भयो । अरु उम्मेदवार व्यक्तिगतरूपमा योग्य नै हुनुहुन्छ । तर, उहाँअरु पनि कम्युनिष्ट पृष्ठभूमी कै हो ।  उहाँहरुको तर्फबाट कुनै पार्टीले पनि राप्रपासँग स्थागतरूपमा सहयोग मागेन । 

    कतिपयले हिन्दुवादी राप्रपाले धर्मनिरपेक्षता पक्षधर एमालेलाई भोट दिने निर्णय गरेकोमा आश्चर्य प्रकट गरे । त्यो प्रतिक्रिया अस्वभाविक होईन । तर, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति लिएको पार्टीले अन्य दलहरूसँग सहकार्य गर्नु रणनीतिक कदम हो भन्ने बुझ्नु पर्छ । धर्मनिरपेक्षता पक्षधरले हिन्दु राष्ट्रवादी शक्तिसँग सहयोग माग्न हुने, अनि हामीले दिन वा लिन नहुने ! यो हिन र एकाङ्की मानसिकताबाट मुक्त भएर मात्र बलियो राष्ट्रवादी शक्ति बनाउने हाम्रो लक्ष्य पुरा हुन सक्छ ।

    गत संसदीय चुनावमा राप्रपाले नेपाली कंग्रेस र नेकपा(एमाले) दुवैसँग चुनावी तालमेल गरेको थियो । झापामा राप्रपाको सहयोगबाट नेकपा(एमाले)का केपी ओली लगायत धेरैले चुनाव जिते । राप्रपाले पनि एमालेबाट सहयोग पायो र संसदमा एक मात्र भएपनि सांसद निर्वाचित गर्न सफल भयो । सहयोग लिन हुने तर सहयोग दिन नहुने मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।

    नेपालको राष्ट्रिय राजनीतिमा हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा एक्लो दल हो । यस्तो अवस्थामा अन्य दलहरुसँग सहकार्य र चुनावी तालमेल नगर्ने नीति घातक हुन्छ । जब हामी बलियो हुन्छौ, त्यसपछि हामीले कसैको मुख ताक्नु पर्दैन । हामी बलियो भएको अवस्थामा संसद मात्र होईन सडकको विकल्प पनि हामी रोज्न सक्छौ । त्यस अवस्थामा सदन र सडक दुवैको शक्ति प्रयोग गरेर हामी हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्न सक्छौ । राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व, राजसंस्था र उदार अर्थतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सक्छौ ।

    देश अहिले संकटको चक्रव्युहमा फसेको छ । यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटि र कमजोरीहरू सच्याएर अघि बढ्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा हो ।

    (लेखक थापा राप्रपा अध्यक्ष तथा पूर्वउप्रधानमन्त्री पनि हुन् ।)


    जेठ ४, २०७८ मंगलवार १४:४३:०३ बजे : प्रकाशित

    छोटो समयमा धेरैलाई संक्रमित बनाउने भेरियन्ट नेपालमा सक्रिय : डा. शेरबहादुर पुन 

    छोटो समयमा धेरैलाई संक्रमित बनाउने भेरियन्ट नेपालमा सक्रिय : डा. शेरबहादुर पुन 

    भारतबाट नेपालमा आएको भेरियन्ट डबल म्युटेन्टको उत्परिवर्तित रुप हो । भारतमा फेला परेको प्रजातिबाट यसले आफ्नो स्वरुप परिवर्तन गरेको हो । चिकित्सकीय भाषामा यसलाई सब टाइप वा उपप्रजाति भनिन्छ । सामान्य भाषा भन्दा यसले डबल म्युटेसनबाट अलिकति फरक स्वरुप लिएको हो। 

    यो भाइरसको आमा अर्थात् मदर भाइरस भनेको बि. १.६१७ हो भने यसबाट उत्परिवर्तित रुप चाहिँ बी.१.६१७.१ र बी.१.६१७.२ हुन्।  जसलाई स्वास्थ्य मन्त्रालयले मंगलबार पुष्टि गरेको हो। यसलाई विश्व स्वास्थ्य संघठनले ’भेरियन्ट अफ कन्सर्न’ मा  वर्गीकरण गरेको छ। जसलाई सामान्य भाषामा भन्दा यसले वैश्विकरुपमा चिन्ताजनक अवस्था सिर्जना गर्न सक्छ। 

    यो भाइरस तिब्ररुपमा फैलिने र पहिलाको भन्दा पनि बढी संक्रामक छ। शरीरमा भएको एन्टीबडीलाई पनि चुनौती दिने खालको भाइरस हो। नेपालमा अहिले युके भेरियन्टसहित स्वास्थ्य मन्त्रालयले मंगलबार पुष्टि गरेको बी.१.६१७.१ र बी.१.६१७.२ भेरियन्ट गरेर तीनवटा भेरियन्ट भेटिएको छ।  

    यो भाइरस पहिलेको डबल म्युटेन्टभन्दा बढी संक्रामक रहेको र पहिलेको भन्दा ५० प्रतिशत तिब्ररुपमा फैलिने खालको छ । संख्यात्मकरुपमा एक संक्रमितले एक सय जनालाई फैल्याउने भन्नेबारेमा अहिले नै भन्न सकिने अवस्था छैन । तर उदाहारणका लागि भारतलाई लिने हो भने, यहि प्रजातिको भाइरसले छोटो समयमा थुप्रै संक्रमित भएका छन्।  

    अहिलेसम्म नेपालमा यो भेरियन्टबाट कति जना संक्रमित भएका छन् भनेर अहिले ठ्याक्कै छुट्टयाउन सकिँदैन, किन भने अहिलेसम्म नेपालमा पीसीआरको रिपोर्टमा नेगेटिभ र पोजिटिभ मात्र देखिने भएकाले र भेरियन्ट छुट्टयाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।  जुन नेपालमा अहिले उक्त प्रविधि प्रयोगमा छैन । भाइरसको भेरियन्ट पत्ता लगाउन समय समयमा भाइरसको जिनहरुको जाँच गर्नुपर्ने हुन्छ । 

    नयाँ भेरियन्टमा खोपको प्रभावकारिता  ?

    अनुसन्धानबिना भन्न मिल्दैन, तर भेरियन्ट अफ कन्सर्न भएकाले विश्वमा उत्पादन भएका खोपको प्रभावकारीतालाई घटाउन सक्छ। त्यसैगरी, यदि भाइरस थप उत्परिवर्तित हुँदै गयो भने खोपलाई फेरि अद्यावधिक गर्नुपर्ने हुन्छ। वैज्ञानिकहरु पनि खोपलाई अद्यावधिक गर्न तयार रहेका छन्।  जसरी फ्लु वा इन्फ्लुएन्जाको खोप पनि हरेक सिजनमा परिवर्तन भएर आउँछ। खोपले कामै गर्दैन भन्ने होइन तर यदि खोप उत्परिवार्तित भयो भने खोपको प्रभावकारिता घट्दै जान्छ।    

    दोस्रो डोज समयमा लगाउन नपाउँदा कस्तो असर पर्छ ? 

    पहिलो खोपको डोज लगाइसकेकाले भरसक समय मै दोस्रो डोज लगाउन उपयुक्त हुन्छ।  यदि समयमै लगाउन पाइएन भने यसले असर खास्सै नदेखिए पनि खोपबाट जति फाइदा पाउनु पर्ने हुन्छ, त्यसको प्रतिशतमा भने गिरावट आउन सक्छ।   

    तेस्रो लहर कहिले र निशानामा को ?

    नेपालमा अहिले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलिरहेको छ । यही बेला तेस्रो लहरको सम्भावना र सम्भावित असरबारे आंकलन गर्न थालिएको छ । तर, तेस्रो लहर कस्तो हुन्छ भन्नेबारेमा अहिले नै ठ्याक्कै भन्न सकिँदैन । बालबालिका मात्रै नभएर त्यसले अवश्य पनि सबै उमेर समूहलाई असर गर्न सक्छ। 

    तर,  खोप लगाउन नपाएको हुँदा बालबालिकालाई निशाना बनाउने जस्ता धारणा सार्वजनिक भइरहेका छन्। अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा बालबालिका खोपको ट्रायल भइरहेको छ र नतिजाहरु पनि आउँन बाँकी भएका पनि यस्तो प्रेडिक्सन गरिएको होला। 

    यो भेरियन्टले अहिले खोप नलगाएकाहरुलाई भने आफ्नो चपेटामा लिइरहेको छ। यो पटक युवास्थामा संक्रमण बढी देखिएको र तेस्रो लहरमा बालबालिकासहित खोपबाट बन्चित भएकालाई संक्रमण बढी हुने केहीले अनुमान गरेका होलान्। 

    भाइरसको स्थिर अवस्था 

    एक हप्ता अघि देखिको तथ्यांक हेर्ने हो भने स्थिति अहिले स्थिर छ । र निषेधाज्ञा हुनु अघिको नतिजा देखिरहेको छ। यतिबेला, मानिसहरु घर भरमा छन्, एक परिवारले अर्को परिवारको सदस्यलाई भेट्न पाएका छैनन्। यस्तो अवस्थामा राता रात बढ्छ भन्ने होइन बरु अब यो क्रम बिस्तारै अब केही दिन वा हप्तामा घट्दै जान्छ जस्तो लाग्छ। उनले अहिले टेकु अस्पतालमा पनि पहिलेको हप्ता भन्दा चाप थोरै घटेको छ ।


    जेठ ७, २०७८ शुक्रवार ०९:४१:४१ बजे : प्रकाशित

    जसपा दल र भावनात्मक रुपमै रहेन 

    जसपा दल र भावनात्मक रुपमै रहेन 

    तिम्रो साथी पनि थिए, मतदाता पनि, तर, मेरो प्रश्न छ । मुलुक दुर्भाग्यको खाडलमा धकेलियो। यसका अनेक पात्रहरू भए । ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा ३जसपा पनि रह्यो। जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक पटक बिभिन्न सरकारहरूमा सहभागी भएकै हुन् । हरेक पटक “मधेसका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन्। अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको समर्पणलाई अबोध र अवचेतन मधेसी समुदायले क्या बात भनेकै थिए । मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो । 

    तर, अपवाद बाहेक यिनका कृयाकलापहरू देशलाई नै ‘बरमुडा ट्यांग्लर’ मा खसाली दिने काम भएको थिएन । आफैले मलजल दिनु पर्ने संघीयतालाई निमोठि दिने काम भएको थिएन । छुट्याएको मानो भन्दा धेरै बढी खान पाएर बक्रतुण्ड हुदै थिए–मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू ।

    यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन भनेर । यसो बोल्दा संसदमा दुर्योधनहरू शीर निहुराउथ्यो । साख बचाएकै थिए । तर, मुलुकमा दैनिक दुई हजार–पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्यूको शिकार भैरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितीहरूको लागि संघीयतालाई नै दोषि ठहर्याई रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुदै गैरहेको अवस्थामा; मधेसी दल, जसपा यौटा ‘किंगपीन’ हुन    सक्थ्यो । जसले, जसको सकारात्मक पहलबाट बिचलनका लागि उद्यत् राजनीतिक उन्मादलाई लीकमा राख्न   सकिन्छ्यो  । 

    जसपाले बिकृत राजनीतिका विध्यमान दुई धार मध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त बैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमंत्री ओलीलाई नै खुला समर्थन गरेको भए–शायद संसद बिघटनको बाटो अवरूद्ध हुन्थ्यो । यौटा प्रजातान्त्रिक मधेसी दलको एकिकृत पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । रोक्न न सकिने भएपनि त्यो बिघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो ।

    जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि  रहेन । संविधानमा संशोधन गराउँछु भन्थ्यो, संविधान संशोधनको मातृस्थल संसदको बध गरायो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफुले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए, रेशमलालको त्यो शक्ति पनि जसपाले समाप्त पारे । मधेसका आन्दोलनकारीहरू उपर लगाईएका सय/पचास मुद्दाहरू फिर्ता गराए । यही ऐतिहासिक उपलब्धि हुन त ? आखिर के उपलब्धि पायो त? सय/पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउदै मेटेर जाने आत्ममुघ्ततापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्यो !

     म जान्न चाहन्छु कि आखिरकार जसपाले अपनाएको ‘आत्मघाती’ ‘बिखण्डित’ र ‘तटस्थ’  सहयात्राको के अर्थ ?


    जेठ ९, २०७८ आइतवार १३:५६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा
  • # जेपी गुप्ता

  • जयप्रकाश प्रसाद गुप्ता

    माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन 

  • 6.7K
    SHARES
  • माधव नेपाललाई कार्यकर्ताको खुलापत्र– कमरेड तपाईंसँग सती जान सकिँदैन 

    आदरणीय माधव कमरेड,
    अभिवादन ।

    माधव नेपाल, तपाईंलाई सिपी मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपी मैनालीहरुलाई लखेट्नु भएको तपाईंले अहिले आफैँ त्यहि बाटो पछ्याउँदै हुनुहुन्छ । तपाईंलाई स्मरण नै छ होला, पार्टी विभाजन गर्दा सिपी मैनालीले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए, तर त्यसको परिणाम आज मैनालीहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ । नेपाली समाजमा खोज्नुपर्ने अवस्था छ । 

    माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, विप्लबहरुको अवस्था हेर्नुस् , आज कस्तो छ । काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, जानकार नै हुनुहुन्छ । तपार्इंसँग त कति नै छ र ?

    केही आशा गरिएका नेताहरु तपाईंसँग थिए, तपाईं लगायत । सहि निर्णय लिनुहुन्थ्यो भने आशा थियो । सन्किको भरमा, आग्रह पूर्वाग्रह राखी निर्णय गर्नुभयो, पक्कै इतिहासले सबक दिने नै छ । सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्नु पर्ने थियो, भयो त्यही । देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो, देखाइदिने होइन, आफैँ देख्नु हुनेछ ।

    यसर्थ, तपाईं लगायत कमरेडहरु, तपाईंहरु पार्टी विभाजन गर्ने बाटोमा जानुभयो । भूगोलमा भेटिने त त्यस्तै हो, गुगलमासम्म भेटिनु हुन्छ होला । छुट्टीएर जानेहरु सिपी मैनाली जस्तै हुनेछन् । हिजो सिपी मैनालीले पनि ठूलो समूह लिएर गएका थिए, तर निर्वाचनले वास्तविकता देखाइदियो । हुन त तपाईं निर्वाचन भनेपछि तिरिक्क मुतिहाल्ने मान्छे न हो । तपाईसँग त त्यति पनि छैन, जति त्यो बेला सिपी मैनालीसँग थिए ।

    तपाईले सोच्नु भयो होला । म जस्ता हजारौं कार्यकर्ताहरु तपाईं जहाँ, त्यहाँ त्यहाँ पछि लागेर आउनेछन् भनेर । यदि त्यसो हो भने त्यो तपाईंको भ्रम हो । हामीलाई एमाले भन्न सिकायौं, सूर्यमा भोट माग्न र हाल्न सिकायौं । जबजको आदर्श र मूलबाटो सिकायौं ।
    एमालेले ‘सुखी नेपाली र समृद्ध नेपालको अभियानमा सरिक गरायो । यी कुराहरुसँग यति लभ परिसकेछ कि हिजो तपाईंको साथमा उभिँदै गर्दा आई लभ यु केपी बा भन्न नसकेको म जस्तै कार्यकर्ताले आज तपाईंकै कारण आई लभ यु केपी बा, भन्न बाध्य भएका छौं ।

    तपाईं शेरबहादुर देउवाको पुच्छर हुन तयार हुनुभयो । तर, तपाईंले सिकाएको आदर्शहरुले हामीलाई शेर बहादुरहरुको झोला बोक्ने हिम्मत पनि आउँदैन । तपाई प्रचण्डको सबै कुराको साक्षी बन्न तयार हुनुभयो । तर, हामी प्रचण्डपथतिर सिधा हेर्न पनि सक्दैनौं । किनकि मानसपटलमा अझै याद ताजा छ, प्रचण्डका लठेउराहरुले टाउको फुटाएको, हात खुट्टा बाँचेको, कतिको ज्यान लिएको त कतिको सिन्दुर पुच्छिएको । त्यतिमात्र हैन चुनावमा बन्दी बनाएको त कहिल्यै भुल्नै सकिँदैन ।

    त्यसैले अलिकति पनि आशा नराख्नुस् म जस्ता कार्यकर्ता अब पनि तपाईंकै पछि लाग्नेछन् भनेर । त्यो आश राख्नुभयो भने त्यो तपाईंको भ्रम हुनेछ । तपाईं र झलनाथ खानलको त यतिकै पनि रिटायर्ड लाईफ हो, राजनीतिबाट अन्त्य हुँदा पनि फरक पर्दैन ।
    तर तपाईहरुसँगै हिडेँका ती भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, विरोध खतिवडा र रामकुमारी झाँक्रीहरुको राजनीतिक भविष्य पनि अन्यौल बनाईदिनु भएको छ । पाप लाग्नेछ, तपाईलाई । आँशु झर्नेछ सम्झेर तपाईसँगै पछि लागेका ती प्रिय नेताहरुलाई ।

    याे पनि माधवकुमार नेपालको दुस्साहस : एमालेको लोगो छातिमा टाँसेर कसरी गर्ने सके अन्तर्घात ?

    अझैं केही बिग्रेको छैन । आत्म समीक्षा गरे सबै गल्ति स्विकार गरेर एमालेसँग माफ माग्नुहोस् । केपी ओली घर मूली हुनुहुन्छ । विशाल हृदय छ उनीसँग, पक्कै माफ गर्नुहुनेछ । अन्यथा तपार्इंहरुको राजनीतिक करिअरको अन्त्य पक्कै हुनेछ ।

    कसले कुन पद पायो, पाएन त्यो बिषय सामान्य कार्यकर्तालाई कुनै मतलब छैन । महाधिवेशनबाट हारेर पनि हाताहाती अध्यक्ष बन्न खोज्नु तपाइंको भूल थियो । हामी त मात्र नेकपा एमाले र सूर्य चिन्हको मतलब राख्छौं । हिजो तपाईंले १५ बर्ष नेतृत्व गरेकै हो ।

    त्यति बेलाको अवस्था र आज केपी ओलीले गर्नु भएको नेतृत्व दाँज्दा पनि हामीलाई तपाईप्रति लाज लाग्छ । केपी शर्मा ओलीले लामो समय पार्टी भित्रै बसेर संघर्ष नगर्नु भएको भए आज न त पार्टी अध्यक्ष बन्न सक्नु हुन्थ्यो न त प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । उहाँको संघर्ष र बहुमतलाई तपाईले बिर्सनु भयो ।

    पद अस्थायी बिषय हो, पार्टी प्रमुख कुरा हो । यसर्थ एकताको अभियानमा लाग्नु पर्ने तपाईं पार्टी छोड्न तयार भएर जानुभयो । एमालेले तपाईलाई कारबाही गरेर निलम्बन गरेको विषय गौण हो । त्यो बाध्यकारी अवस्थामा पुराउने तपाई स्वयं जिम्मेवार हुनुहुन्छ र त्यो मूख्य कुरा हो । अब एमालेको श्राप तपाईंलाई लाग्नेछ । म जस्तै हजारौं कार्यकताको पाप तपाईंलाई लाग्नेछ । बाँकी तपाईंकै मर्जी, रामराम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।

    prem-khadka.jpg

    प्रेम खड्का

    आम कार्यकर्ता पार्टी एकताको पक्षमा हुँदा हुँदै तपाईले गल्ती गर्नुभयो । पार्टी एकताको पक्षमा लाग्नु पर्ने तपार्इं लाखौं कार्यकर्ताको विश्वासलाई तिलाञ्जली दिएर एमालेलाई आगो लगाउने प्रयास गरेर अन्तै लाग्नुभयो । खैर, त्यसले एमालेलाई थोरै असर होला, तर आत्मबल बढ्नेछ । विकार चिजहरु फालेको महसुश गर्दै एमोले निरन्तर अघि बढ्नेछ । म जस्तै लाखौं कार्यकता एकवद्ध भएर एमालेको झण्डामुनि बस्नेछौं ।

    तपाईंहरुलाई पद, शक्ति चाहिएको छ, तर कार्यकर्तालाई पार्टी ठूलो र प्रतिपक्षसँग लड्न सक्ने मजबुत शक्ति चाहिएको थियो । तपाईंले त्यसलाई बुझ्न सक्नुभएन, तपाईंको राजनीतिक जीवनको अन्त्यमा म जस्ता हामी अबका दिनमा केवल दर्शक बन्न सक्नेछौं । सारथी र सहयोगी बन्ने छैन । तपाईंको पक्षमा उभिन नसकेकोमा एकरत्ति पनि दुःख छैन, बरु खुशी मिलेको छ ।

    नेकपा एमाले जिन्दावाद । सूर्य चिन्ह जिन्दावाद । जनताको बहुदलीय जनवाद–जिन्दावाद ।

    उही तपाईंको हिजोको प्रिय कार्यकर्ता

    प्रेम खड्का
    अनेरास्वविवयु, केन्द्रीय कमिटी सचिवालय सदस्य


    जेठ १३, २०७८ बिहिवार १४:५०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नताशा

  • प्रेम खड्का

    कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा – डा. रवीन्द्र पाण्डे 

    जेठ २४

  • 876
    SHARES
  • कोरोना महामारीको तेस्रो लहर र बालबालिकाको सुरक्षा – डा. रवीन्द्र पाण्डे 

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि  देशभर निषेधाज्ञा लगाइएको छ । 

    निषेधाज्ञा गरेपछि अहिले विस्तारै कोरोना संक्रमण दर घट्दै गइरहेको छ । यसैबीच अब कोरोनाको तस्रो लहर पनि आउने चर्चा छ । तेस्रो लहर आउँदा कोरोनाले बालबालिकालाई बढी प्रभाव पार्ने बताइएको छ । 

    यस्तै कोरोना महामारीको तेस्रो लहर र यसबाट बालबालिकाको सुरक्षा कसरी गर्ने भन्ने बारे डा. रवीन्द्र पाण्डेले बताएका छन् । उनले कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको बताएका छन् । 

    उनले भनेका छन् - कोरोना महामारीको तेस्रो / चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ । धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन आग्रह गर्नुभएकोले बिज्ञान, ज्ञान र प्रज्ञानको आधारमा निम्न कारण र समाधान उल्लेख गरेको छु ।
     
    १. बिकसित देशहरुले आफ्ना अधिकांश नागरिकलाई खोप दिएका / दिइरहेका छन् । बालबालिकाको लागि खोप ( फाइजरले १२ बर्षमाथिका बालबालिकालाई केहि देशमा दिइरहेको छ ) अझै क्लिनिकल ट्र्यालमा रहेको तथा हरेक देशमा ठूलो संख्यामा रहेका बालबालिका खोपबाट बन्चित भएको हुँदा आगामी महामारी बालबालिकाको लागि घातक हुनसक्ने अनुमान गरिएको छ ।

    नेपाल, भारत लगायत देशका सिमित नागरिकले मात्र खोप लगाएको अवस्थामा जोखिम अवस्था बालबालिका मात्र नभएर खोप नलगाएका सबै बर्ग जोखिममा रहेका छौं । अधिकांश नागरिकले खोप लगाएका देशमा गरेको अध्ययनलाई अनुवाद गरेर बालबालिकालाई जोखिम भन्नु हाम्रो सन्दर्भमा अपुरो विश्लेषण हो । खोप नलगाएका सबै जोखिममा छौं भन्नु सान्दर्भिक विश्लेषण हो ।

    २. अन्य उमेर समुहको तुलनामा बालबालिका कम संक्रमित भएका छन्। यसको अर्थ उनीहरुमा संक्रमणबाट प्राप्त एन्टिबोडी निकै थोरै प्रतिशतमा छ । लकडाउन तथा अनलाइन पढाइको कारण अधिकांश बालबालिका घरभित्र रहेको अवस्था छ । तसर्थ उनीहरु अन्य उमेरको तुलनामा संक्रमणसंग कम एक्स्पोज भएका छन् ।

    ३. स्कुल / कलेज संचालन भएपछि बालबालिका ठूलो समुहमा लामो समयसम्म बस्नुपर्ने तथा उनीहरुले सहि तरिकाले मास्क, दुरी र हातको सफाइ गर्ने काममा ठूलो उमेरका व्यक्तिजस्तो जिम्मेवार हुन गाह्रो हुने भएकोले बालबालिका हरेक लहरमा जोखिममा हुन्छन् नै ।
     
    यी जोखिमका बाबजुद पनि समाधानका प्रयास भइरहेका छन् ।
     
    १. फाइजरले १२ बर्षमाथिका बालबालिकालाई अमेरिका लगायत देशमा खोप दिइरहेको छ । केहि महिनापछि २ बर्षमाथिका बालबालिकाको लागि पनि खोप बिकास हुने बताएको छ। त्यस्तै एस्ट्रेजेनेका, चीनका खोप उत्पादकहरु तथा भारतको बायोटेकले पनि २ बर्षमाथिका बालबालिकामा तेस्रो चरण अर्थात अन्तिम चरणको क्लिनिकल ट्र्याल गरिरहेको छ । नेपालले पनि खोप उत्पादक देश, कोभ्याक्स, गाभी, युनिसेफ आदि संस्थाबाट बालबालिकाको लागि खोप सुनिश्चित गर्नुपर्दछ ।

    २. भारतले डिसेम्बरसम्म ६० करोड भारतीयलाई खोप दिने लक्ष्य राखेको छ । त्यस्तै अन्य देशले पनि अभियानकै रुपमा खोप कार्यक्रम अघिं बढाइरहेका छन् । संक्रमण आउने मुहान सुक्न लाग्नु भनेको हामी पनि सुरक्षित हुनु हो ।

    ३. नेपालले पनि बिभिन्न खोप उत्पादक देश, कम्पनी, कोभ्याक्स लगायत सहयोगी राष्ट्रसंग खोपको लबिंग गरिरहेको छ । डेनमार्क, बेलायत, अमेरिका, भारत, चीन, रुसलगायत राष्ट्रबाट खोप आउने आशाका किरण देखा परेका छन् । जति धेरै नेपालीले खोप लगाउछौं, त्यति धेरै बालबालिका सुरक्षित हुन्छन् ।

    ४. दोस्रो लहरले नेपाललाई ठूलो पाठ सिकाएको छ । त्यो कालो १ महिनाले हामीलाई थिलोथिलो गरेको थियो ।अहिले अस्पतालका बेड, अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको संख्या एबम अनुभवी स्वास्थ्यकर्मीको कारण हाम्रो स्वास्थ्य प्रणाली पहिलेभन्दा बलियो भएको छ । आगामी लहरको लागि पहिलेको तुलनामा धेरै सहज स्थिति छ। स्वदेशका अक्सिजन प्लान्टले उल्लेख्य मात्रामा अक्सिजन उत्पादन गरिरहेका छन्, विदेशबाट अक्सिजन प्लान्टको लागि धेरै सहयोग आइरहेको छ, १०० बेड भन्दा माथिका अस्पतालमा अनिबार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने सरकारी नीति छ।

    ५. स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा २० % अनिबार्य रुपमा बालबालिकाको लागि कोभिड बेड ( अक्सिजन बेड, आइसीयु आदि ) निर्माण / रुपान्तरण गर्न निर्देशन दिएको छ । हाललाई २० % बेड हरेक अस्पतालमा तयारी अवस्थामा राख्दा भद्रगोल अवस्था आउंदैन ।

    ६. आम नागरिक पनि सचेत भएकोले बालबालिकालाई घरबाहिर जान नदिने,  मास्क / दुरी / सफाइबारे सचेत भएको तथा बालबालिकाको रोग प्रतिरोध क्षमता बढाउनको लागि घरेलु खानामा अभ्यस्त भएको कारण आत्तिनुपर्ने अवस्था हुँदैन ।

    ७. भारतमा भएका अनुसन्धानले देखाएका छन् कि दोस्रो लहर बढी घातक हुनुमा प्रदुषण पनि जिम्मेवार छ । हाल लकडाउनको कारण हामी सबैले राम्रो सास फेर्न पाएका छौं । सरकारले लकडाउन खोल्ने तयारी गर्दा प्रदुषण कसरी घटाउने बारे बैज्ञानिक अध्ययन गरेर कार्यान्वयन गर्नुपर्दछ । हरिया पहाडमा डोजर चलाउने वा प्लटिंग गर्ने कार्यलाई बन्द गराउनु पर्दछ ।

    हरेक बस्ती, टोल, सडकको दायाँबायाँ अभियानकै रुपमा वृक्षारोपण गर्ने एबम ती वृक्षलाई सुरक्षित गर्ने काम तदारुकताका साथ गर्नु जरुरी छ । रुख काट्ने कामलाई अन्य देशमा जस्तै ठूलो इस्यु बनाउनु पर्दछ । बीसौं बर्ष लगाएर हुर्केका रुखलाई बिकासको नाममा काट्नु एक किसिमको Environmental Crime हो । स्वच्छ बातावरणले हाम्रो फोक्सो स्वस्थ हुन्छ ।

    ८. बालबालिकालाई जडिबुटी, योग, ध्यान तथा स्वस्थ जीवनशैलीबारे तालिमप्राप्त बनाउनु जरुरी छ । बालबालिकाको दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, पोषण ज्ञान, मानसिक सबलता, शारीरिक तन्दुरुस्तीबारे अभिभावक जानकार हुनु जरुरी छ ।बालबालिकाको लागि आफ्नो आमाभन्दा ठूलो बिज्ञ कोहि हुँदैन । तसर्थ अभिभावकलाई बच्चाको स्वास्थ्य, तालिका अनुसारका खोप, अर्गानिक खाना आदि बारे बिस्तृत जानकारी दिने कार्यक्रम ल्याउनुपर्छ । पत्रु खाना तथा इन्टरनेट एडिक्सनबाट बचाउने बातावरण निर्माण गर्नुपर्दछ ।
      
    स्वस्थ बालबालिकाबिना समृद्ध राष्ट्रको कल्पना गर्न सकिदैन । बालबालिका राष्ट्रका भविष्य हुन् । भविष्यको लागि राज्य तथा परिवारले गरेको लगानीले स्वस्थ समाज र समुन्नत राष्ट्रको ढोका खोल्ने तथ्य हामीले बिर्सिनुहुँदैन ।


    जेठ २४, २०७८ सोमवार १३:१६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे
  • अभिनेत्री करिश्मा मानन्धरकाे कटाक्ष– अब नेपाली सैनिककाे "जिजस" दल "मेरि" दल हुनेछ 

    अभिनेत्री करिश्मा मानन्धरकाे कटाक्ष– अब नेपाली सैनिककाे "जिजस" दल "मेरि" दल हुनेछ 

    मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउँ । गाली खान्छु त्यो पनि थाहा छ । 

    राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आन्दोलनदेखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कंदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटि पिटि मारेका थिये त्यो देखेर ।

    त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको डोब त्यो बाटो हिँड्दा एक्छिन टोलाएर हेर्ने गर्थें र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।

    शान्ति ।

    फेरि सुरु भयो जनआन्दोलन ।

    बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो ।

    त्यसपछि त के के हो के के ? 

    दरबार हत्याकाण्ड । 

    त्यतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृतिप्रति सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा "चार जात छत्तीस वर्ण "

    हिन्दु ,बुद्धिस्ट, मुस्लिम , किँरात ,डोम, शिख  सबैले सबैको सम्मान गर्थे । पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्‍याे ।

    हाम्रो देवतालाई ढुङ्गा भन्यो । 

    हामी पञ्चतत्व पूजक हौँ , प्रकृति पूजक हौ। 

    "धर्म निरिपेक्ष " त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो ! 

    मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो ।

    २० वर्ष जति भयो ।

    अब हुँदा हुँदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ।

    भैरव , काली , शिव , गणेश , किन "गण " हरु को नाम राख्ने भन्ने कुरा आयो ।

    व्यवस्था परिवर्तन भयो ।

    भएपछी रोएल नेपाल भनिएकाहरु हटाउ । तर  हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? 

    जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ त्यस्तै हामीलाई पनि हुन्छ होलानी ।

    अहिलेको अवस्थामा २०११ को जनगणना आनुसार हिन्दुको प्रतिशत ८० प्रतिशत माथि छ ।

    हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ  । तर हेर्नू होला अबको दुईवटा जनगणना पछि हिन्दुको संख्या ८ प्रतिशत हुनेछ । 

    हाम्रो आर्मी दलको नाम " जिजस " दल "मेरि" दल हुनेछ । ( though I respect them because they are somebody’s faith )

    मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ ।

    नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्यहाँका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो । 
    म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ।

    आशा छ ८० प्रतिशत  हिन्दुहरुलाई यो सब सहन सक्ने साहस भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् ! हर हर महादेव 

    ( याे अभिनेत्री करिश्मा मानन्धरकाे निजी विचार हाे– सं.)

    fb karishma.JPG


    जेठ २८, २०७८ शुक्रवार २१:१४:३९ बजे : प्रकाशित


    करिश्मा मानन्धर

    images
    images
    ताजा खबर