• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

मुलुक संकटको चक्रव्युहमा : गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गरौँ

कमल थापा जेठ ४ २०७८
  • 2.8K
    SHARES
  • images
    images
    मुलुक संकटको चक्रव्युहमा : गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गरौँ

    आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो ।

    images

    अहिले कथित ’धर्मनिरपेक्षता’को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा पारेर तथा भ्रम सिर्जना गरेर लाखौंको संख्यामा धर्मपरिवर्तन गराईएको छ । धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाती र दलित समुदायका रहेका छन् ।

    संगठित र योजनावद्धरूपमा हिन्दु, बौद्ध र किराँत धर्वाबलम्वीहरुको धर्मपरिवर्तन गराईएको छ । धर्म संस्कृति माथी भैरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू नै अल्पमतमा पर्ने खतरा टड्कारो देखिन्छ । सदियौँदेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक, सामाजिक र सांस्कृतिक एकता र सद्भाव खलबलिएर देशमा धार्मिक द्वन्द बढ्ने छ । अन्तोत्वगत्वा नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुनेछ । 

    यो तितो यथार्थ प्रति देशका बौद्धिक जमात उदासिन मात्र होईन, असहिष्णु पनि बन्दै गैरहेका छन् । माओवादी विद्रोहकालमा कायम गरिएको हिंसात्मक आतङ्कसँगै पश्चीमा मुलुकहरुको सहयोग र सौजन्यतामा फैलाईएको बौद्धिक आतङ्कको परिणामस्वरूप अहिले नागरिक समाज, बौद्धिक जगत, आमसंचार माध्यम र ठूलो संख्यामा युवावर्गमा सनातन धर्मसंस्कृति प्रतिको आस्था र बिश्वास कमजोर भएको छ । धर्म संस्कृति र परम्परालाई प्रगति विरोधी, आधुनिकता प्रतिकुल र प्रतिगामी सोच भन्ने मनोविज्ञान बढ्दो छ ।

    यसैबिच विभिन्न कारणबाट नेपाली  राजनीतिमा बढ्दै गएको कम्युनिष्ट वर्चस्व र मार्क्सवादी बिचारको प्रभावले पनि धर्म संस्कृति वारे व्यापक भ्रम कायम भएको छ । चौरानव्वे प्रतिशत जनता सनातन धर्ममा बिश्वास राख्ने र उनान्सय प्रतिशत  कुनै कुनै धर्ममा आस्था राख्ने आस्तिक जनता भएको देशमा ईश्वरको अस्तित्वको नै स्विकार नगर्ने र धर्मलाई अफिम ठान्ने नेताहरु निर्वाचित भएर आउने विडम्वना रहेको छ । 

    माओवादी हिंसा र आतङ्क अहिले अन्त भएको छ । तर, बौद्धिक आतङ्कको प्रभाव भने कायम रहेको मात्र होईन, अझै बढ्दै गएको देखिन्छ । यो अवस्थाको अन्त्यका निमित्त सनातन धर्म संस्कृतिमा बिश्वास राख्नेहरुका बिचमा एकता र स्पष्टताको आबश्यकता छ । सोचाईमा मात्र होईन, कार्यनीतिमा पनि एकरूपताको खाँचो छ । जनमतको कमि छैन । त्यो जनमतलाई संगठित गरी शक्तिमा रुपान्तरण गर्नु जरूरी छ ।

    नेपाललाई हिन्दुराष्ट्र बनाउने तथा सनातन धर्म संस्कृति र सभ्यतालाई नेपाली समाज र राष्ट्रनिर्माणको आधार बनाउने रणनीतिक उद्देश्यमा धेरै हदसम्म एकमत छ । तर,त्यो उद्देश्य प्राप्त गर्ने कार्यनीतिका वारेमा भने स्वयं हिन्दुराष्ट्र पक्षधरहरुका बिचमा ठूलो मतभेद छ । यो मतभेदको दूरी कम गर्नु नितान्त आबश्यक छ । 

    विद्रोहको बाटो उपयुक्त र व्यवहारिक छैन । दश बर्षे हिसांत्मक विद्रोहको तितो अनुभव बोकेका नेपालीहरु अर्को विद्रोहको पक्षमा छैनन् । देश र समाजले त्यसलाई धान्न वा स्विकार गर्न सक्दैन । अर्को बाटो संबैधानिक र प्रजातान्त्रिक परिवर्तनको शान्तिपूर्ण बाटो हो । अहिले हामीले अवलम्वन गरेको यही बाटो हो । यो अत्यन्त कठिन छ, तर असंभव छैन । 

    जुन मुलुकमा सत्रहजार मान्छे मार्ने मराउने अनि बिश्वबाट नै अफाप र लुप्त भैसकेको कम्युनिष्ट बिचार बोकेर झण्डै दुईतिहाई बहुमत प्राप्त गर्न सक्छन्, त्यहाँ सत्य धर्म र राष्ट्रियता बोकेको बिचार र शक्तिले जनताको बलमा प्रजातान्त्रिक माध्यमबाट परिवर्तन स्थापित गर्न सक्दैन भनेर किन हरेश खाने ?

    निकटतम छिमेकी भारतको उदाहरणबाट पनि सिक्न सक्छौ । भारतमा हिन्दु राष्ट्रवादी शक्ति भारतीय जनता पार्टी जनताको अभिमतबाट अहिले सत्तामा रहेको छ । उनीहरूले अहिले नै भारतलाई हिन्दुराष्ट्र घोषणा गर्न नसकेता पनि सनातन मुल्य मान्यता र संस्थाहरूको पुनर्जागरणलाई बल पुराएका छन् । संविधानमा स्पष्ट नलेखिए पनि हरेक दृष्टिकोणबाट भारत अहिले हिन्दुराष्ट्र  हुने दिशातर्फ उन्मुख छ ।

     नेपालका हिन्दुराष्ट्र पक्षधर र विरोधी दुवैले भारतको वर्तमान अवस्थालाई उदाहरणकारूपमा लिन सक्दछन् । हिन्दुराष्ट्रका विरोधी तर प्रजातान्त्रिक मान्यतामा बिश्वास गर्ने नेपाली बुद्धिजिवीहरूले भारतको उदाहरणबाट हिन्दुत्व वा हिन्दुराष्ट्रवादको धरातलमा पनि प्रजातन्त्रलाई सुदृढ बनाउन तथा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिँदो रहेछ भन्ने बुझ्न सक्दछन् ।  

    हिन्दुराष्ट्रका पक्षधरहरुले संबैधानिक र प्रजातान्त्रिक बाटोबाट पनि हिन्दुराष्ट्र वा हिन्दुत्वलाई स्थापित गर्न सकिँदो रहेछ भन्ने प्रेरणा लिन सक्दछन् ।

    हामीकहाँ कतिपय हिन्दुराष्ट्रका पक्षधरहरु राप्रपाले वर्तमान संविधानलाई स्विकार गरेको वा सरकारमा सहभागी भएकोमा खुसी छैनन् । खुसी नभएको मात्र होईन त्यो नीतिको घोर विरोध गर्दछन् । सिद्धान्त छोडेको, सत्तसँग बिचार साटेको आरोप लगाउँछन् । तर, त्यस्तो धारणा राख्नेसँग अर्को विकल्प पनि छैन । आफू विकल्प निदने अनि अरुले गरिरहेको सत्प्रयास प्रति पनि कुण्ठा राख्ने । यो द्वैध मानसिकताबाट सबै हिन्दुराष्ट्र पक्षधर राष्ट्रवादी मुक्त भएर एकढिक्का हुनु अहिले समयको आबश्यकता हो ।

    फेरि पनि एकपटक भारतको उदाहरण हेरौँ । केही बर्ष अगाडी भारतीय जनता पार्टीले कश्मिरको ’पि डि एफ’ भन्ने पार्टीसँग सहकार्य गरेर सरकार बनायो । यी दुई पार्टीहरुका बिचमा ठूलो बैचारिक भिन्नता छ । भारतीय जनता पार्टी कश्मीरलाई अन्य राज्यहरू भन्दा बिशेष दर्जा दिन भारतीय संविधानमा गरिएको धारा ३७० खारेजीको पक्षमा निरन्तर सात दशकदेखि संघर्ष गर्दै आएको दल हो ।

    अर्कोतर्फ ’पि डि एफ’ उक्त धारालाई कश्मीर अस्तित्वको मेरूदण्ड मान्ने पार्टी हो । उनीहरूको सहकार्य रणनीतिक थियो । सहकार्यबाट कश्मिरमा भाजपाले आफ्नो प्रभाव र संगठन विस्तार ग–यो । पछि संसदमा बहुमत पुग्ने वित्तिकै उक्त धारा ३७० खारेज गरी दियो । यो केवल उदाहरण मात्र हो । यही उदाहरण नै कायम गर्नु पर्छ भन्ने छैन । रणनीति र कार्यनीति समय काल र परिस्थिति अनुसार निर्धारण गर्ने विषय हो भन्न मात्र खोजिएको हो ।

    हामी कहाँ लक्ष्य, नीति, रणनीति र कार्यनीति वारे बुझाउन गाह्रो छ । हालै राप्रपाले आगामी राष्ट्रिय सभाको चुनावमा नेकपा(एमाले) को  उमेदवारलाई सघाउने निर्णय ग–यो । नेकपा(एमाले) का तर्फबाट सहयोगका निम्ति लिखितरूपमा अनुरोध आयो । राप्रपाबाट सहयोग गर्ने निर्णय भयो । अरु उम्मेदवार व्यक्तिगतरूपमा योग्य नै हुनुहुन्छ । तर, उहाँअरु पनि कम्युनिष्ट पृष्ठभूमी कै हो ।  उहाँहरुको तर्फबाट कुनै पार्टीले पनि राप्रपासँग स्थागतरूपमा सहयोग मागेन । 

    कतिपयले हिन्दुवादी राप्रपाले धर्मनिरपेक्षता पक्षधर एमालेलाई भोट दिने निर्णय गरेकोमा आश्चर्य प्रकट गरे । त्यो प्रतिक्रिया अस्वभाविक होईन । तर, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति लिएको पार्टीले अन्य दलहरूसँग सहकार्य गर्नु रणनीतिक कदम हो भन्ने बुझ्नु पर्छ । धर्मनिरपेक्षता पक्षधरले हिन्दु राष्ट्रवादी शक्तिसँग सहयोग माग्न हुने, अनि हामीले दिन वा लिन नहुने ! यो हिन र एकाङ्की मानसिकताबाट मुक्त भएर मात्र बलियो राष्ट्रवादी शक्ति बनाउने हाम्रो लक्ष्य पुरा हुन सक्छ ।

    गत संसदीय चुनावमा राप्रपाले नेपाली कंग्रेस र नेकपा(एमाले) दुवैसँग चुनावी तालमेल गरेको थियो । झापामा राप्रपाको सहयोगबाट नेकपा(एमाले)का केपी ओली लगायत धेरैले चुनाव जिते । राप्रपाले पनि एमालेबाट सहयोग पायो र संसदमा एक मात्र भएपनि सांसद निर्वाचित गर्न सफल भयो । सहयोग लिन हुने तर सहयोग दिन नहुने मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।

    नेपालको राष्ट्रिय राजनीतिमा हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा एक्लो दल हो । यस्तो अवस्थामा अन्य दलहरुसँग सहकार्य र चुनावी तालमेल नगर्ने नीति घातक हुन्छ । जब हामी बलियो हुन्छौ, त्यसपछि हामीले कसैको मुख ताक्नु पर्दैन । हामी बलियो भएको अवस्थामा संसद मात्र होईन सडकको विकल्प पनि हामी रोज्न सक्छौ । त्यस अवस्थामा सदन र सडक दुवैको शक्ति प्रयोग गरेर हामी हिन्दुराष्ट्र र राजसंस्था स्थापित गर्न सक्छौ । राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व, राजसंस्था र उदार अर्थतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सक्छौ ।

    देश अहिले संकटको चक्रव्युहमा फसेको छ । यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटि र कमजोरीहरू सच्याएर अघि बढ्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा हो ।

    (लेखक थापा राप्रपा अध्यक्ष तथा पूर्वउप्रधानमन्त्री पनि हुन् ।)


    जेठ ४, २०७८ मंगलवार १४:४३:०३ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    शान्ता चौधरीको नेता नेपाललाई खुलापत्र– प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फस्नुभयो 

  • 4.5K
    SHARES
  • शान्ता चौधरीको नेता नेपाललाई खुलापत्र– प्रधानमन्त्री बनाइदिने कांग्रेसले देखाएको सपनामा फस्नुभयो 

    आदरणीय कमरेड माधव नेपाल 
    हार्दिक अभिवादन ।

    images

    नेकपा (एमाले ) को तपाईं  आदरणीय नेता  हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो  । हेर्दाहेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न प¥यो । फँस्नु भयो कमरेड, फँस्नु भयो तपाईं ।  निस्कनै नसक्ने गरि कांग्रेसको जालमा पर्नुभयो ।  

    शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा  तपाईं सपना ।

    यो स्ट्याटस सुरक्षित होस्, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनु होस्, म चुनौती दिन्छु । निर्वाचनपछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् । 

    कांग्रेसलाई आफैंभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकट को भागबन्डा मिलाएर बितरण गर्न उसलाई आफँैलाई सकस हुनेछ । 

    तपाईंको पार्टीलाई कांग्रेसले भाग छुट्याई दिने, प्रचण्डलाई छुट्याईदिने, बाबुराम उपेन्द्रलाइ छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने,  वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले ।  कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको  शरणमा .. भो कमरेड भो , पतनको बाटो नजानुहोस् ।

    चौधरीको फेसबुुकबाट 


    आषाढ १४, २०७८ सोमवार १६:११:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # शान्ता चौधरी

  • शान्ता चौधरी

    'आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ '

    कमल थापा

    आषाढ २८

  • 3.2K
    SHARES
  • 'आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ '

    राप्रपा अध्यक्ष कमल थापा - नेपालको संविधान २०७२ मा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघियता प्रति हाम्रो असहमति रहेको तथ्य सर्वविदित छ । तथापि यस संविधानमा संसदीय व्यवस्था, बहुदलीय प्रजातन्त्र, शक्ति पृथकिकरणको सिद्धान्त, समावेशी मान्यता, आवधिक निर्वाचन, जनताको अभिमतबाट सबै विषय परिवर्तन गर्न सकिने प्रावधान, मानव अधिकार र जनताको सर्वोच्चता जस्ता विषयहरू समेटिएका हुँदा हामीले संविधानलाई आलोचनात्मक समर्थन गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्वन गरेका हौँ ।

    images

    प्रतिनिधिसभा विघटन सम्बन्धि रिट निवेदनका वारेमा आज सर्वोच्च अदालतले गरेको फैसला र परमादेशले संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकिकरणको मान्यता माथि गम्भीर प्रहार भएको छ । 

    आजको फैसलाले के पि ओलीको ज्यादतिबाट पिडितहरूलाई तत्कालको निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर, यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकरात्मक प्रभाव पारी रहने निश्चित छ  । आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ ।

    बिशेष गरी संविधानको धारा ७६(५) को प्रयोग गर्दा सांसदहरू माथी दलको नियन्त्रण नहरने सर्वोच्च् अदालतको फैसला अत्यन्त घातक छ र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पर्ने छ । 

    rajkumar saniya.jpg

    हामीले अवलम्वन गरेको मिश्रित निर्वाचन प्रणालीको कारण आमचुनावमा साधारणतया कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्ने संभावना अत्यन्त कम छ । त्यस्तो अवस्थामा धारा ७६(५) को प्रयोग बारम्बार गर्नु पर्ने हुन्छ । सांसदहरू स्वतन्त्र र दलविहिन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष हुनुको नाताले म आफैपनि अत्यन्त चिन्तित भएको छु । 

    पार्टीको टिकटमा, पार्टीको घोषणापत्रको आधारमा र पार्टीको सहयोगबाट चुनाव जित्ने अनि सरकार बन्ने बनाउने बेला दलको नियन्त्रण भन्दा बाहिर गएर स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा हामी कायम गर्न खोजि रहेका छौँ ? एउटै पार्टीका केही सांसद सत्तापक्ष अनि केही प्रतिपक्षमा बस्ने अवस्था कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ?  आज अदालतको फैसलालाई ऐतिहासिक भन्नेहरूले पनि एकपटक गम्भीर भएर सोच्नु पर्ने भएको छ ।

    अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रि बनाउने क्रममा नेकपा(एमाले) र जसपा जस्ता पार्टीहरू त सग्लो रहन सकेनन् भने आगामि दिनमा यही नियति आज उत्सव मनाउने नेपाली कांग्रेस वा नेकपा (माओवादी) भोग्नु पर्दैन भन्ने के ग्यारेण्टि छ ? 

    अर्काका पार्टी फुटाएर, अरू नै प्रयोजनको निम्ति संकलन गरिएको हस्ताक्षर प्रयोग गरेर, अपवित्र गठवन्धन बनाएर गरिएको दाविलाई सनाखत वा संसदमा परिक्षण नै नगराई ठाडो आदेशबाट प्रधानमन्त्रि नियुक्ति गर्न परमादेश दिनुले राजनीतिमा  गलत नजिर र परम्परा कायम हुन गएको छ । 

    बुढी वा बुढा मरे भन्ने भन्दा पनि काल पल्कने खतरा टडकारो देखिन्छ । सर्वोच्च अदालतको आजको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भयो भने भोलीका दिनमा राजनीतिककर्मी मात्र होईन स्वयं न्यायमूर्तिहरू र न्यायालय पनि जिम्मेवार ठहरिने छ ।

    ‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’ ‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’


    आषाढ २८, २०७८ सोमवार २१:४९:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • कमल थापा

    खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    आषाढ ३१

  • 3.8K
    SHARES
  • खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि दशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस्तै चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप पनि देशभर लगाइदैछ । 

    images

    यसैबीच डा. रवीन्द्र पाण्डेले खोप सम्बन्धि विभिन्न जिज्ञासाबारे बताएका छन् । उनले चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?  पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ? लगायतका विभिन्न प्रश्नको उत्तर दिएका छन् । 

    १. कुन खोप लगाउने ?
    - कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाएपनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सिमित भएको हुँदा जुन उपलब्ध छ, त्यहि लगाउनु राम्रो हुन्छ ।

    २. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?
    - पहिलो मात्रा जुन खोप लगायो, दोस्रोमात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केहि दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसंग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।

    biplabatmadhavnepalniwas.jpg
     
    ३. दीर्घरोगीले खोप लगाउने कि नलगाउने ?
    - कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।
      
    ४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?
    - सरकारले तोके बमोजिमका उमेर र समुहले तोके बमोजिमको खोप लगाउने।
     
    ५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?
    - अमेरिका लगायत बिकसित देशमा खोप छनोटका धेरै बिकल्प छन् । तसर्थ उनीहरुले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुबिधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।
     
    ६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?
    - १८ बर्षमुनिका युवा / बालबालिकाले ।
    - कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले।
    - ज्वरो आएका व्यक्तिले ।
    - कोभिड लागेका ( निको नभएका ) व्यक्तिले ।
    - रगत जम्ने समस्या भएका व्यक्तिले ।
     
    ७. कसले साबधानीपूर्वक लगाउनु पर्दछ ?
    - गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले ( फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ )।
     
    ८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?
    - सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केहि दिनमा ठिक हुन्छन् ।
     
    ९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?
    - खोपको उपलब्धतासंगै सरकारले उमेर समुह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।
     
    १०. बालबालिकाले कहिले लगाउने ?
    - बालबालिकामा खोपको ट्र्याल बिभिन्न देशमा भइरहेको छ । केहि महिनामा धेरै खोपले बालबालिकाको लागि खोप बिकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका / नलगाएका / बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।


    आषाढ ३१, २०७८ बिहिवार ११:१०:११ बजे : प्रकाशित

    महामारी, आर्थिक असुरक्षा र समाधान – डा. रवीन्द्र पाण्डे 

  • 1.5K
    SHARES
  • महामारी, आर्थिक असुरक्षा र समाधान – डा. रवीन्द्र पाण्डे 

    विश्वभर नै कोरोना महामारीको कारण चिन्ता, तनाव, डर लगायत मनोबैज्ञानिक समस्या बढेका छन् । यी मध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, ब्यबसायबाट बिस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको फिस तिर्न अप्ठ्यारो हुनु लगायतका समस्या हुँदा खाने बर्गमा छ भने हुनेखाने बर्गमा त्यो भन्दा ठूलो समस्या देखिएका छन् । 

    images

    आफ्नो ब्यबसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाब तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भबिष्यप्रति आशाबादी नहुने लगायतका मनोबैज्ञानिक समस्या देखापरेका छन् ।

    दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् । लकडाउन भयो भने के खाने ? कसरी परिवार पाल्ने ? केटाकेटीको फि कसरी तिर्ने ? बिरामी भए कसरी उपचार गर्ने ? भाडा कसरी तिर्ने ? लगायतका चिन्ता धेरैजनामा छ ।

    धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सधै रहने हो कि भन्ने चिन्ता हरेक बर्गमा बिध्यामान छ। बिकसित देशमा लकडाउन भएपनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘ सेल्फी राहत ‘ बाहेक केहि प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।

    महामारीको अबधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने बर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन ।अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई ब्यबस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन। यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।
     
    हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ –
    - हरेक कुराको आयु हुन्छ । यो महामारीको पनि आयु छ । १-२ बर्षपछि महामारी सकिन्छ ।
    - खोप अभियान चलिरहेको छ। खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने / मृत्यु हुने हुँदैन ।
    - छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
    - दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् । ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ । यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
    - दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन्। अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
    - मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन।
    - महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । बिकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ जहाँ बसेपनि जोखिम हुनसक्छ ।
    - अर्को बर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ।
    - त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
    - महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ | हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
    - अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ। १ बर्षपछि हाम्रो रोजगारी तथा ब्यबसाय चल्नेछ | आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन । त्यसपछि हाम्रा हरेक ब्यबसाय चल्नेछन् ।
    - कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
    - विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
    - धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ बैदेशिक रोजगारी बढ्नेछ ।
    - महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
    - नागरिकको कमाइ भएपछि बन्द भएका ब्यबसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
    - यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को बर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
    - अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।डा. रवीन्द्र पाण्डे 


    भाद्र ७, २०७८ सोमवार ११:०४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडा नेपाल

    कोरोना संक्रमणको बढ्दो संख्या सुनेर आत्तिने नगरौं, यस्ता उपाय अपनाऔं - डा. रवीन्द्र पाण्डे

    कोरोना संक्रमणको बढ्दो संख्या सुनेर आत्तिने नगरौं, यस्ता उपाय अपनाऔं - डा. रवीन्द्र पाण्डे

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र ढंगले फैलिदै गएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भइसकेको छ । यसैबीच डा. रवीन्द्र पाण्डेले बढ्दो कोरोनाभाइरसको संक्रमण संख्या सुनेर आत्तिन नहुने बताएका छन् ।

    images

     डा. पाण्डेको भनाई यस्तो छ

    - दैनिक संक्रमितको संख्या सुन्दा संक्रमण नभएका व्यक्तिलाई पनि मनोबैज्ञानिक असर पर्दछ । मनमा कल्पना, उत्साह, योजना आदि हराउंदै जान्छ । तसर्थ संख्या देखेर आत्तिने नगरौं । अमेरिका, युरोपमा दिनमा लाखौं संक्रमित हुँदा पनि अस्पताल भर्ना हुने तथा मृत्यु हुने संख्या एकदम न्यून छ। सबै काम चलिरहेको छ ।

    - ओमिक्रोन छिटो फैलिने तथा सिकिस्त त्यति नपार्ने प्रजाति हो । हामी कोरोना भाइरससंग डराएको हैन, आफ्नो आर्थिक तथा भौतिक क्षतिप्रति डराएको हो । ओमिक्रोनले गम्भीर बनाउने सम्भावना कम हुन्छ भने किन डराउनु ?

    - नेपालमा दैनिक १० हजार संक्रमित हुँदा पनि अस्पताल प्याक भएका छैनन् । अस्पताल भर्ना हुने, आइसीयु चाहिने संक्रमित एकदम न्यून छन् । खोप नलगाएका + गम्भीर दीर्घरोग लागेका व्यक्तिमात्र ओमिक्रोनको जोखिममा छन् ।

    - सरकार लगायत कसैको आशा नगरौं ! आशा गर्दा निराशा हात लाग्छ । हामीले पटकपटक सम्बन्धित निकायलाई पिसिआर टेस्ट निशुल्क र वडावडामा गर, मास्क निशुल्क वितरण गर, दिनमा १० लाख व्यक्तिलाई खोप लगाउ भन्दा सरकारले सुन्दैन ।

    - आफ्नो काम नछोडौं । डबल मास्क लगाएर, स्यानिटाइजर बोकेर काम गरौँ । खोप लगाऔं । भीडभाडबाट बचौं !  लक्षण देखिए परिक्षण गरेर घरमै बसौं ! हामीले गर्ने यहि हो । - खोप नलगाएका बालबालिका र जेष्ठ नागरिकलाई घरभित्र पनि आइसोलेसनमा राखौं ! उहाँहरुलाई बचाउनु हाम्रो दायित्व हो ।

    - भेटघाट, बैठक, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सकभर भर्चुवल वा खुला ठाउँमा एकदम थोरैको उपस्थितिमा गरौँ । वर्क फ्रम होम लाई अबलम्बन गरौँ ! यो महिना घुमफिर नगरौं 
     
    - यो छाल यो महिनापछि घट्दै जान्छ । लामो समय रहँदैन । - अर्को पटक सिग्मा वा अर्कै नामको प्रजाति आउँछ । तसर्थ नामसंग डराउनु पर्दैन । सबैले खोप लगाएपछि भाइरस कमजोर बन्दै रुघाखोकीजस्तो हुनेछ । त्यसपछि यसको असर फ्लुको जस्तै हुनेछ । हामीलाई थाहा छ, गतसालको डेल्टाभन्दा अहिलेको ओमिक्रोन निकै कमजोर छ । यसरी कमजोर हुँदै गएर निष्प्रभावी हुने हो ।

    -  महामारीको सिधान्त अनुसार गणना गर्नुपर्ने अवस्था छ । अन्यथा सबैले खोप, मास्क लगाउने, उपचार गर्नुपर्नेलाई उपचार गर्ने अनि यो दैनिक गणना नगर्ने हो भने मनोबैज्ञानिक असर कम हुन्थ्यो । गणना गर्नु सबै राष्ट्रलाई बाध्यता छ ।


    माघ ४, २०७८ मंगलवार २०:१४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडा नेपाल

    मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ

  • 4.0K
    SHARES
  • मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ

    झापा । स्वास्थ्य र शिक्षा भनेको भवसागर हो । हरेक मान्छे शिक्षित हुन चाहन्छ र स्वास्थ्य रहन खोज्छ त्यसैले हाम्रो जस्तो देशमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मैले मेडिकल छेत्रमा लगानी गरेको अनुभवले यो लेखमा हाम्रो देशले कसरी मेडिकल टुरिजम मार्फत विकासमा कोल्टे फेर्न सक्छ भन्ने बारे चित्रण गर्दैछु ।

    images

    मेडिकल टुरिजम भनेको विदेशीहरु उपचार गर्न आफ्नो देश छोडेर अरु देश जाने गर्नु हो । आफ्नो देशबाट अर्को देश जानुको मुख्य कारणहरु खर्च सस्तो हुने, राम्रो उपचार पाउने सम्भावना र राम्रो वातावरणमा उपचार गर्न पाउनु हुन् । नेपालबाट हरेक वर्ष लाखौँ नेपालीहरु भारत उपचार गर्न जाने गर्छन र त्यहि उपचार गर्ने क्रममा नजिकको शहरहरु भ्रमण समेत गर्ने गरेका छन् । भारतले मेडिकल टुरिजम मार्फत नेपालबाट मात्रै करोडौं कमाउने गरेको छ ।

    मेडिकल टुरिजम ठूलो आमदानीको श्रोत हो नेपाल जस्तो देशको लागि । हाम्रो देशमा हिमाल, पहाड र तराई छ जुन संसारको धेरै कम देशमा पाईन्छ । हाम्रो देशमा उपचार गर्न वातावरणले पनि साथ दिने छ । उपचारसंगै भ्रमण गर्न सकिने अवसर भएका कारण मेडिकल टुरिजम नेपालको लागि उत्तम हुन्छ । 

    हाम्रो देश यस्तो सुन्दर छ कि हरेक २० मिनेटमा फरक मौसमको आनन्द लिन सकिन्छ । यस्तो देशमा उपचार गर्न पाउनु त संसारको लागि भाग्यको कुरा पनि हो । हाम्रो हिमाल, ताल धेरै घुमाईसक्यौं अब भनेको यो देशमा उपचार गर्न विदेशी आउन र हाम्रो वातावरणसंगै घुलमिल गरेर स्वास्थ्य भएर फर्किउन ।

    अब के नेपालमा मेडिकल टुरिजम सम्भव छ भन्ने प्रश्न आउँछ । अहिलेको अवस्थामा त पक्कै सम्भव छैन । मैले मेडिकल छेत्रमा लगानी गरेको छु तर सरकारबाट सहयोग पाएको छैन । म जस्तो व्यवसायीलाई सरकारले मेडिकल टुरिजमको महत्त्व बुझेर प्रोत्साहन गर्नुपर्छ । तर दुखद कुरा म आफै कलेज चलाउन नेपालको राजनीतिसंग लडिरहेको छु ।

    सरकारले मेडिकल टुरिजम बारे बुझ्न जरुरी छ । मैले एमाले पार्टी प्रवेश गरेपछि मेरो अध्यक्षलाई यस बारे बुझाएको छु । अब म मेरो लेख मार्फत अरु पार्टीका शिर्ष नेताहरुलाई पनि बुझाउन खोज्छु यस बारे । मेडिकल छेत्रमा लगानी गर्न सके मेडिकल टुरिजमसंगै रेमिट्यान्सबाट पनि कमाउन सकिन्छ जुन विषयमा म अर्को लेखमा भन्ने छु । अहिले मेडिकल टुरिजम कै कुरा गरौँ ।

    मेडिकल टुरिजम अहिले सम्भव छैन किनकि अझै पनि हाम्रो विधार्थीहरु मेडिकल पढ्न विदेश जाने गर्दछन । तपाईहरुलाई थाहा नहोला विदेश पढ्न जानु हाम्रो विधार्थीहरुको वाध्यता हो । बंगलादेशदेखि भारत पढ्न जान बाध्य छन् नेपाली विधार्थी र यो बाध्यताका कारण महँगोमा मेडिकल शिक्षा लिनुपरेको छ ।

    महँगोमा पढेर आएपछि महँगो पारिश्रमिक लिन पर्यो जसका कारण पनि नेपालमा अहिले मेडिकल अलि महँगो भएको हो । तर यदि सरकारले मेडिकल माफियाको गिरोहलाई समातेर विदेश पढ्न पठाउन रोक्न सकिन्छ तर त्यसका लागि मेडिकल कलेजलाई प्रोत्साहन दिनुपर्छ । मेडिकल कलेजलाई मापदण्डमा राखेर चलाउन दिनुपर्छ जसका कारण करोडौं पैसा बाहिरिदैन पनि र नेपाल मै मेडिकल शिक्षा दिन सकिन्छ ।

    मेडिकल शिक्षा नेपालमा सम्भव बनाएपछि उपचार नेपालमा सस्तो हुन्छ । हामीसंग दक्ष स्वास्थ्यकर्मीहरु छन् र उत्पादन पनि गर्न सकिन्छ । हामीले सस्तोमा उपचार दिन सक्छौं जसका कारण विदेशबाट उपचार गर्न विदेशीहरु आउछन । उपचारसंगै नेपाल भ्रमण पनि गर्छन ।

    हाम्रो देश सगरमाथा र बुद्धसंगै मेडिकलले पनि विश्वमा चिनिन्थ्यो । तर यसका लागि पहिला सरकारले बुझ्न जरुरी छ र यस छेत्रका विज्ञहरुलाई राखेर गुरु योजना बनाउन जरुरी छ । एमालेको सरकार आएपछि मेरो पहिलो पहल भनेको मेडिकल टुरिजम नै हुनेछ ।


    माघ ११, २०७८ मंगलवार २०:२२:०२ बजे : प्रकाशित


    दुर्गा प्रसाईं