काठमाडौँ – विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढेकाले आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको हो ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।
कोरोनाका कारण ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने बतायएको छ ।
प्रवक्ता शरदराज पाठकका अनुसार परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिनेछ ।
प्रतिक्रिया