• Sep 29 2021 | २०७८, आश्विन १३गते

२०७८, आश्विन १३गते

रोशन अधिकारीको 'धारै नखोली'मा आकाश, पूजा र आँचल

क्यानाडा नेपाल बैशाख २५ २०७८
  • 2.2K
    SHARES
  • रोशन अधिकारीको 'धारै नखोली'मा आकाश, पूजा र आँचल

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । 

    images

    यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको  निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । 

    भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् ।


    बैशाख २५, २०७८ शनिवार ०९:४१:२० बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका  

  • 1.5K
    SHARES
  • दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका  

    काठमाडौं - हास्यकलाकार दीपकराज गिरीको नयाँ फिल्ममा अभिनेता सौगात मल्ला पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीसँग दीपकराज र दीपाश्री निरौलाले मिलेर बनाउन लागेको नयाँ फिल्म कालो कोटमा सौगात भिलेनको भूमिकामा देखिने भएका हुन् । 

    images

    रोहितले ‘छ माया छपक्कै’ पनि निर्माण गरेका थिए । ‘सोसल कमेडी’जनरामा निर्माण हुने यस फिल्म लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिमले बताएको छ । 

    सिमोस सुनुवारले निर्देशन गर्ने यस फिल्ममा दीपक–दीपाको समूहबाट दीपक दीपा र माग्ने बूढा ९केदार घिमिरे० मात्र साझेदारको रूपमा रहने छन् । प्रदीप भारद्वाजले लेखिरहेको फिल्मको हाल कास्टिङको काम चलिरहेको छ । 


    आश्विन ७, २०७८ बिहिवार २१:००:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालो कोट

  • क्यानाडा नेपाल

    खुम्बू पुगेर सुटुक्क इन्गेजमेन्ट गरिन् इन्दिरा जोशीले

  • 874
    SHARES
  • खुम्बू पुगेर सुटुक्क इन्गेजमेन्ट गरिन् इन्दिरा जोशीले

    काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । आफ्नो दमदार आवाजका कारण चर्चामा आइरहने इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । 

    images

    उनले खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनलाई शरद केडियाले औँठी लगाइदिएका छन् । 

    जोशीको इन्गेजमेन्ट भिडियो क्याप्टेन विवेक खड्काले उज्वल भविष्यको कामना भन्दै टिकटकमा राखेका छन् । इन्दिराले आफु प्रेमसम्बन्धमा रहेको बारे बताइरहेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । 
     


    आश्विन ८, २०७८ शुक्रवार ०७:३८:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्दिरा जोशी

  • क्यानाडा नेपाल

    गायिका इन्दिरालाई हेलिकप्टरमा खुम्बु लगेर प्रेमीले यसरी राखे प्रेम प्रस्ताव

  • 836
    SHARES
  • गायिका इन्दिरालाई हेलिकप्टरमा खुम्बु लगेर प्रेमीले यसरी राखे प्रेम प्रस्ताव

    काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । खुम्बु पुगेर इन्गेजमेन्ट गरेको तस्बिरहरु इन्दिराले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छिन् । 

    images

    indira josh.jpg

    उनले तस्बिरहरु शेयर गर्दै प्रेमी शरद केडियाले प्रेम प्रस्ताव राख्दाको अनुभव छोटोमा सुनाएकी छिन् । उनले शरदले आफूलाई औठी लगाएर तिमी मसँग विवाह गर्छै भनेर विवाह प्रस्ताव गरेको बताएकी छिन् । 

    242719397_417257789759559_5592649859463137138_n.jpg

    इन्दिराले सामाजिक सञ्जालमा लेखेकी छिन् - 'उनले सोधे–तिमी मसँग विवाह गर्छौ रु । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो स्टार'

    in.jpg

    नेपाल आइडलको निर्णायकको भूमिका निभाएर चर्चामा आएकी इन्दिराले आफु प्रेमसम्बन्धमा रहेको बारे बताइरहेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । तर औठी लगाउँदै गरेको भिडियो टिकटकमा भाइरल बनेपछि उनी आफैले तस्बिर शेयर गर्दै इन्गेजमेन्टबारे जानकारी दिएकी हुन् । 

    indi.jpg

     


    आश्विन ८, २०७८ शुक्रवार १२:५०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्दिरा जोशी

  • क्यानाडा नेपाल

    दुर्गेश र पलको नयाँ गीत 'बहिस्कार' युट्युबमा सार्वजनिक

  • 592
    SHARES
  • दुर्गेश र पलको नयाँ गीत 'बहिस्कार' युट्युबमा सार्वजनिक

    काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । गायक थापाको स्वर रहेको 'बहिस्कार' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द पनि गायक थापाकै रहेको छ । 

    images

    गायक थापा र पल शाहको अभिनय रहेको यस म्युजिक भिडियो युट्युबमा आए लगत्तै धेरैले हेरिसकेका छन् । भिडियोलाई शिव बिकेले निर्देशन र किलन बिकले सम्पादन गरेका हुन् । 

     


    आश्विन ८, २०७८ शुक्रवार १८:२७:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • क्यानाडा नेपाल

    गीत गाएरै काठमाडौंमा घर र गाडी किने दुर्गेश थापाले  

  • 874
    SHARES
  • गीत गाएरै काठमाडौंमा घर र गाडी किने दुर्गेश थापाले  

    काठमाडौं - चर्चित गायक तथा मोडल दुर्गेश थापाले कलाकारिताबाटै राम्रो प्रगति गरेका छन् । उनले आफ्नो कलाकारितामा आफ्नो मिहिनेतले घर र कार किन्न सफल भएका हुन् । हालै उनले काठमाडौंको धर्मस्थलीमा महँगो मूल्यमा एक नयाँ घर किनेका हुन् । 

    images

    duu.jpg

    आफुले नयाँ घर किनेको बारे मोडल थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफ्नो नयाँ घरको तस्बिर शेयर पनि गरेका छन् । तस्बिर हेर्दा उनले शान्त स्थानमा घर किनेको देखिन्छ । उनले आफ्नो छोरा ८ महिना पुगेको अवसरमा घर किनेको बताएका छन् । 

    dd.jpg

    उनले लेखेका छन् - 'मेरो छोरा ठिक ८ महिना पुगेसङ्गै जिवनलाई अझ व्यवस्थित बनाउने क्रममा आफ्नै निवास लिएको छु । यहाँसम्म आईपुग्न मलाई सधै साथ सहयोग दिने मेरो परिवार,दर्शक भगवानप्रती आभारी छु।'

    durg.jpg

    आफ्नो गीतका कारण चर्चासँगै विवादमा पनि आइरहने दुर्गेशले हालै बहिष्कार बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । भिडियो उनी नयाँ अवतारमा देखिएका छन् । गएको तिजमा बीच्च–बीच्चमा ४ ख्यास्स पुतली ल्गाएपछि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले यस गीतलाई लिएर ध्यानाकर्षण  गराएको थियो । 

    durgesh.jpg

    गीतमा भएका आपत्तिजनक शब्दहरू फेरबदल गर्न पनि प्रतिष्ठानले भनेको थियो । त्यस समय उनले बहिष्कार गर्नुहुन्छ भने गर्दिनुस् भनेका थिए । यसै बिषयलाई लिएर हालै दुर्गेशले नयाँ गीत बहिष्कार बजारमा ल्याएका छन् । 

     


    आश्विन १०, २०७८ आइतवार १३:००:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • क्यानाडा नेपाल

    बुद्धि तामाङ निर्णायक रहेको रमाइलो जोक्स प्रतियोगीताको नतिजा बाहिरियो

  • 192
    SHARES
  • बुद्धि तामाङ निर्णायक रहेको रमाइलो जोक्स प्रतियोगीताको नतिजा बाहिरियो

    काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जलिगंका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् ।

    images

    त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

    त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख , १ लाख , ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

    बुद्धि तामाङ (हैट) , अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्णायक रहेको कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ ।

    प्रतियोगीताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए ।

    त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सिइओ अर्जुन सुवेदी, उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको संचालन अमेरिकामा सुनिता गुरुगंले र नेपालमा राधिका कँडेलले गरेका थिए ।


    आश्विन १२, २०७८ मंगलवार २१:३६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रमाइलो जोक्स प्रतियोगीता

  • क्यानाडा नेपाल