• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

कोरोनाका कारण आज एकैदिन ५५ जनाको मृत्यु 

क्यानाडा नेपाल बैशाख २१ २०७८
  • 392
    SHARES
  • कोरोनाका कारण आज एकैदिन ५५ जनाको मृत्यु 

    काठमाडौँ।  सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७५८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७५७८ सहित कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा १७७५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३,४१७ पुगेको छ।    


    बैशाख २१, २०७८ मंगलवार १७:३६:०७ बजे : प्रकाशित

    अर्कोसमाचार

    भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    काठमाडौं । भारतसहित संसार कोरोनाभाइरस (कोभिड १९)को नयाँ नयाँ स्वरुपको संक्रमणको चपेटामा परेको छ । कोरोनाभाइरसविरुद्ध बनेका केही खोप प्रयोगमा पनि आएका छन् । तर, कोरोना संक्रमणमा भने कमि आएको छैन । 

    यही बेला नेपालको छिमेकी मुलुक भारतले कोरोनाभाइरस विरुद्ध तयार पारेको औषधि सार्वजनिक गरेको छ । सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोरोनाभाइरसविरुद्धको औषधि ‘२–डीजी’  सार्वजनिक गरेका हुन् ।

    उनले कोरोनाभाइरसबाट संक्रमित भएकाहरुका लागि २–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । उक्त औषधिको प्रयोगले संक्रमित चाँडै संक्रमणमुक्त हुने मन्त्री सिंहले आशा व्यक्त गरे । 

    twt rajnath.PNG

    २–डीजी ग्लूकोज औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले बनाएको हो । यसलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर, हालसम्म  सामान्य प्रयोगका लागि भने अनुमति दिइएको छैन । 

    पाउडरको रूपमा तयार पारिएको उक्त औषधि सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई प्रयोग गरिने भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

    नेपाललाई कस्तो फाइदा ?

    भारतमा तयार भएको २–डीजी ग्लूकोज औषधि कोरोना संक्रमितका लागि प्रभावकारी भए नेपाल पनि लाभावन्तित हुने जानकारहरु बताउँछन् । गत जनवरी १६ देखि खोप अभियान सुरु गरेको भारतले एक हप्ता नपुग्दै १० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । 

    भारतमा संक्रमण बढ्दा नेपालमा प्रभाव पर्ने तथा नेपालमा बढ्दा भारतलाई असर गर्ने भएकाले भारतले नेपाललाई चाँडै औषधि उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । छिमेकी राष्ट्र भएकाले पनि भारतको प्राथमिकतामा नेपाल रहने जानकारहरुको भनाइ छ । 


    जेठ ३, २०७८ सोमवार १३:४७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको औषधि
  • # ‘२–डीजी

  • क्यानाडा नेपाल

    गुल्मीमा निषेधाज्ञा थपियो  

    जेठ ३

  • 224
    SHARES
  • गुल्मीमा निषेधाज्ञा थपियो  

    तम्घास - गुल्मीमा निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि गरिएको निषेधाज्ञाको समय जेठ ४ गते सकिदैछ । 

    जिल्ला प्रशासन कार्यालय गुल्मीले अब गरिने निषेधाज्ञामा थप कडाई गरिने जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छ ।

    गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३८ रहेको छ ।


    जेठ ३, २०७८ सोमवार १४:४९:४६ बजे : प्रकाशित

    नेपालमा थप ९,२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

    नेपालमा थप ९,२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

    काठमाडौँ। नेपालमा थप ९,२४७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा केही बढी परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

    मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ। अहिले काठमाण्डूमा २,३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन्।

    मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,७६७ जना सङ्क्रमणमुक्त भएका छन्।,अहिले देशभरि १,१३,४८० जनामा सक्रिय सङ्क्रमण छ। केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ। बीबीसी 


    जेठ ३, २०७८ सोमवार १७:३४:०७ बजे : प्रकाशित

    काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ९८ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    जेठ ३

  • 306
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ९८ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका २३ सय ४६, ललितपुरका ४ सय ५४ जना र भक्तपुरका २ सय ९८ जना रहेका छन् ।  

    यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ८७ वटा परीक्षण गर्दा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको कूल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ।  
      
    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २ सय १४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    जेठ ३, २०७८ सोमवार १८:०४:११ बजे : प्रकाशित

    मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण  

    जेठ ३

  • 98
    SHARES
  • मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण  

    काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गएको वैशाख २७ मा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आउको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    कोरोना पुष्टि भएपछि उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । 
     


    जेठ ३, २०७८ सोमवार १८:२२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अस्पताल आफैँले अक्सिजनको व्यवस्था गर्नुपर्ने, बिरामीका आफन्तसँग मागे कारबाही हुने

    अस्पताल आफैँले अक्सिजनको व्यवस्था गर्नुपर्ने, बिरामीका आफन्तसँग मागे कारबाही हुने

    काठमाडौं । सरकारले बिरामी तथा बिरामीका आफन्तलाई अक्सिजन ल्याउन भन्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले सोमबार सार्वजनिक सूचना निकालेर अस्पतालले अक्सिजन लिएर आउने भएमा मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै सो चेतावनी दिएको हो । 

    अक्सिजनजस्तो औषधीय विषय बिरामी वा बिरामीका आफन्तलाई नै लिएर आउनु भन्नै नहुने भन्दै मन्त्रालयले यस्ता कार्य नगर्न नगराउन सचेत गराएको छ । अन्यथा बिरामी र बिरामीका आफन्तलाई अक्सिजन ल्याउन भनिएमा कानुनअनुसार कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

    साथै अस्पताललाई मात्रै अक्सिजन उपलब्ध गराउने भन्दै मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा व्यक्तिलाई अक्सिजनको सिलिन्डर उपलब्ध नगराउने व्यवस्था गर्न गराउन सबै अस्पताललाई अनुुरोध पनि गरिएको छ । 

    press note healt.jpg

     


    जेठ ३, २०७८ सोमवार १८:३०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्सिजन

  • क्यानाडा नेपाल