• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

सातहजार डाेज‘रेम्डेसिभिर’ आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने

गोरखापत्र अनलाइन बैशाख २१ २०७८
  • 338
    SHARES
  • सातहजार डाेज‘रेम्डेसिभिर’ आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने

    काठमाडौँ।   कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजाे आइपुग्नु पर्ने सात हजार डोज औषधि आज नेपाल आइपुगेको जानकारी दिएका छन् । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार डाेज औषधि नेपाल ल्याइएको उनले बताए ।

     साथै उनले भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुने बताएका छन्  । ‘रेम्डेसिभिर औषधि नेपाल आइपुगेको र अब दुई घण्टाभित्र वितरण हुन्छ,’ उनले  भने । उनले सो औषधि कोभिड अस्पतालहरुमा पठाउने तयारी भइरहेको बताए ।

    कोभिड बिरामीको लागि प्रयोग हुने सो औषधि कसको पहलमा नेपाल ल्याइएको हो भने प्रश्न गर्दा उनले आधिकारिक आयातकर्ताको पहलमा ल्याइएको बताए । सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केही समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बङ्गलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोल खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेका छन् । सोमबार प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रमा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताएका थिए ।

    चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । समाचार : गोरखापत्र अनलाइन 


    बैशाख २१, २०७८ मंगलवार १५:१५:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेम्डेसिभिर औषधि
  • # रेम्डेसिभिर

  • गोरखापत्र अनलाइन

    अर्कोसमाचार

    चितवनको माडीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    जेठ ३

  • 170
    SHARES
  • चितवनको माडीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    चितवन । माडीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका(५, पिपरिया निवासी ६० वर्षीय बृद्ध पुरुष रहेका छन् । 

    उनको आइतबार बिहान ३:३५ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    निमोनियाको समस्या भई जेठ २ गते दिउँसो १२ बजे अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै माडीमा कोरोनाको दोश्रो लहर सुरु भएदेखि मृतकको संख्या ५ पुगिसकेको छ ।  


    जेठ ३, २०७८ सोमवार १२:४१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    भारतले सार्वजनिक गर्‍यो आफैंले बनाएको कोरोनाविरुद्धको औषधि, नेपाललाई कस्तो फाइदा ?

    काठमाडौं । भारतसहित संसार कोरोनाभाइरस (कोभिड १९)को नयाँ नयाँ स्वरुपको संक्रमणको चपेटामा परेको छ । कोरोनाभाइरसविरुद्ध बनेका केही खोप प्रयोगमा पनि आएका छन् । तर, कोरोना संक्रमणमा भने कमि आएको छैन । 

    यही बेला नेपालको छिमेकी मुलुक भारतले कोरोनाभाइरस विरुद्ध तयार पारेको औषधि सार्वजनिक गरेको छ । सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोरोनाभाइरसविरुद्धको औषधि ‘२–डीजी’  सार्वजनिक गरेका हुन् ।

    उनले कोरोनाभाइरसबाट संक्रमित भएकाहरुका लागि २–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । उक्त औषधिको प्रयोगले संक्रमित चाँडै संक्रमणमुक्त हुने मन्त्री सिंहले आशा व्यक्त गरे । 

    twt rajnath.PNG

    २–डीजी ग्लूकोज औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले बनाएको हो । यसलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । तर, हालसम्म  सामान्य प्रयोगका लागि भने अनुमति दिइएको छैन । 

    पाउडरको रूपमा तयार पारिएको उक्त औषधि सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई प्रयोग गरिने भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

    नेपाललाई कस्तो फाइदा ?

    भारतमा तयार भएको २–डीजी ग्लूकोज औषधि कोरोना संक्रमितका लागि प्रभावकारी भए नेपाल पनि लाभावन्तित हुने जानकारहरु बताउँछन् । गत जनवरी १६ देखि खोप अभियान सुरु गरेको भारतले एक हप्ता नपुग्दै १० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । 

    भारतमा संक्रमण बढ्दा नेपालमा प्रभाव पर्ने तथा नेपालमा बढ्दा भारतलाई असर गर्ने भएकाले भारतले नेपाललाई चाँडै औषधि उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । छिमेकी राष्ट्र भएकाले पनि भारतको प्राथमिकतामा नेपाल रहने जानकारहरुको भनाइ छ । 


    जेठ ३, २०७८ सोमवार १३:४७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको औषधि
  • # ‘२–डीजी

  • क्यानाडा नेपाल

    गुल्मीमा निषेधाज्ञा थपियो  

    जेठ ३

  • 210
    SHARES
  • गुल्मीमा निषेधाज्ञा थपियो  

    तम्घास - गुल्मीमा निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि गरिएको निषेधाज्ञाको समय जेठ ४ गते सकिदैछ । 

    जिल्ला प्रशासन कार्यालय गुल्मीले अब गरिने निषेधाज्ञामा थप कडाई गरिने जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छ ।

    गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३८ रहेको छ ।


    जेठ ३, २०७८ सोमवार १४:४९:४६ बजे : प्रकाशित

    नेपालमा थप ९,२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

    नेपालमा थप ९,२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

    काठमाडौँ। नेपालमा थप ९,२४७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा केही बढी परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

    मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ। अहिले काठमाण्डूमा २,३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन्।

    मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,७६७ जना सङ्क्रमणमुक्त भएका छन्।,अहिले देशभरि १,१३,४८० जनामा सक्रिय सङ्क्रमण छ। केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ। बीबीसी 


    जेठ ३, २०७८ सोमवार १७:३४:०७ बजे : प्रकाशित

    काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ९८ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    जेठ ३

  • 84
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ९८ जनामा कोरोना संक्रमण, कहाँका कति ? हेर्नुहोस्

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका २३ सय ४६, ललितपुरका ४ सय ५४ जना र भक्तपुरका २ सय ९८ जना रहेका छन् ।  

    यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ८७ वटा परीक्षण गर्दा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको कूल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ।  
      
    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २ सय १४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    जेठ ३, २०७८ सोमवार १८:०४:११ बजे : प्रकाशित

    मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण  

    जेठ ३

  • 46
    SHARES
  • मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण  

    काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गएको वैशाख २७ मा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आउको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    कोरोना पुष्टि भएपछि उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । 
     


    जेठ ३, २०७८ सोमवार १८:२२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस