• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

ललितपुरका सिडिओलाई कोरोना संक्रमण, उपत्यकाका सीडीओको बैठक बस्दै

बैशाख २१ २०७८
  • 420
    SHARES
  • ललितपुरका सिडिओलाई कोरोना संक्रमण, उपत्यकाका सीडीओको बैठक बस्दै

    काठमाडौं - ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    उनले आफुलाई कोरोना संक्रमण भएको र होम आइसोलेशनमा बसेको बताएका छन् । आज बस्ने भनिएको उपत्यकाका सिडिओहरुको बैठकमा सीडीओ निरौलालाई उपस्थित नहुने भएका छन् । 

    बैठकमा प्रविधिको प्रयोग गरि उनलाई उपस्थिति गराइने जनाइएको छ । बैठकमा भौतिक रुपमा भने सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ । 

    आज बस्ने बैठकमा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणबारे थप निर्णय हुने बताइएको छ । गएको वैशाख १६ गतेदेखि बुधबार रातिसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । आजको बैठकमा फेरि एक साता समय थप गर्ने तयारी गरिएको जनाइएको छ । 
     


    बैशाख २१, २०७८ मंगलवार १४:२१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिडिओ
  • अर्कोसमाचार

    नुवाकोटमा कोरोनाबाट २ जनाको निधन, ६६८ सक्रिय संक्रमित  

    रासस

    जेठ २

  • 196
    SHARES
  • नुवाकोटमा कोरोनाबाट २ जनाको निधन, ६६८ सक्रिय संक्रमित  

    काठमाडौँ।  त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज  निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते  अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ । 

    यस्तै आज नै किस्पाङ गाउँपालिका ५ का ३३ वर्षीय एक पुरुषको  अस्पतालमा ज्यान गएको छ ।  शनिबार अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्यमा जटिलता थपिए पनि सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न नसकी निधन भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

    नुवाकोटमा शनिबार २०३ जनाको परीक्षण गर्दा ८२  संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएका छ । हाल जिल्लामा ६६८ सक्रिय संक्रमित  छन् । 


    जेठ २, २०७८ आइतवार १४:२६:५० बजे : प्रकाशित

    वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    जेठ २

  • 760
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीकोप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले उनको निधनमा दुख व्यक्त गरेका हुन् । 

    कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको भन्दै उनले कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    उनले भनेका छन् - "वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।"

    ८४ बर्षिय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान निधन भएको हो । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 
     


    जेठ २, २०७८ आइतवार १९:०८:०५ बजे : प्रकाशित

    धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, निषेधाज्ञा जारी गरिएको जिल्ला ७४ पुगे

    जेठ २

  • 310
    SHARES
  • धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, निषेधाज्ञा जारी गरिएको जिल्ला ७४ पुगे

    काठमाडौं - मुलुकका विभिन्न  जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

    तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा विराज कर्माचार्यले बताउनुभयो ।

    नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । 

    पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ  जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । आज मात्रै सङ्क्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर भने छ हजार ६४८ रहनाले  सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन् ।  अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ । 

    आज मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी  गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् । 

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।  सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।रासस  
     


    जेठ २, २०७८ आइतवार २०:१२:४६ बजे : प्रकाशित

    कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

    जेठ २

  • 188
    SHARES
  • कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

    काठमाडौँ  - सर्वोच्च अदालतमा कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले अदालतमा निवेदन दायर गरेका हुन् । 

    उनले दायर गरेको निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ । निवेदनमा कोरोना संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गरिएको छ । 

    नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने पनि उल्लेख  गरिएको छ । 


    जेठ २, २०७८ आइतवार २०:३३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • आज दिनभरको मौसम कस्तो रहला ?

    आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।  

    त्यस्तै आज राति देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।


    जेठ ३, २०७८ सोमवार ०७:०९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    वरिष्ठ साहित्यकार सुवेदीको कोरोनाका कारण निधन

    जेठ ३

  • 146
    SHARES
  • वरिष्ठ साहित्यकार सुवेदीको कोरोनाका कारण निधन

    काठमाडौँ - वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उनको सोमबार बिहान ७६ वर्षका उमेरमा निधन भएको हो ।

    उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

    विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । 

    त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका उनी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।

     


    जेठ ३, २०७८ सोमवार १०:१४:२० बजे : प्रकाशित