• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण थप ६ जनाको मृत्यु

बैशाख २१ २०७८
  • 294
    SHARES
  • सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण थप ६ जनाको मृत्यु

    धनगढी - धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिलाको आज बिहान र वडा नं १३ का २२ वर्षीय पुरुषको सोमबार राति ज्यान गएको हो । यस्तै 

    दार्चुला, मालिकार्जुन गाउँपालिका –८ का ६६ वर्षीय पुरुषको पनि अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ज्यान गएको हो । यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२  का ७१ वर्षीय पुरुषको पनि आज बिहान ज्यान गएको हो । 

    यस्तै वैशाख १४ गते एन्टिजेनबाट पोजेटिभ देखिएका बझाङका २६ वर्षीय पुरुषको इमर्जेन्सी वार्डमा सोमबार राति ज्यान गएको हो । यस्तै सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना भएका बर्दियाका ३० वर्षीय पुरुषको राति ज्यान गएको हो । 


    बैशाख २१, २०७८ मंगलवार १३:३७:३३ बजे : प्रकाशित

    अर्कोसमाचार

    वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    जेठ २

  • 766
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी कार्कीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीकोप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले उनको निधनमा दुख व्यक्त गरेका हुन् । 

    कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको भन्दै उनले कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    उनले भनेका छन् - "वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।"

    ८४ बर्षिय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान निधन भएको हो । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 
     


    जेठ २, २०७८ आइतवार १९:०८:०५ बजे : प्रकाशित

    धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, निषेधाज्ञा जारी गरिएको जिल्ला ७४ पुगे

    जेठ २

  • 312
    SHARES
  • धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, निषेधाज्ञा जारी गरिएको जिल्ला ७४ पुगे

    काठमाडौं - मुलुकका विभिन्न  जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

    तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा विराज कर्माचार्यले बताउनुभयो ।

    नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । 

    पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ  जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । आज मात्रै सङ्क्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर भने छ हजार ६४८ रहनाले  सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन् ।  अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ । 

    आज मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी  गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् । 

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।  सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।रासस  
     


    जेठ २, २०७८ आइतवार २०:१२:४६ बजे : प्रकाशित

    कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

    जेठ २

  • 192
    SHARES
  • कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

    काठमाडौँ  - सर्वोच्च अदालतमा कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले अदालतमा निवेदन दायर गरेका हुन् । 

    उनले दायर गरेको निवेदनमा राज्यका सबै स्रोत लगाएर भए पनि कोरोना संक्रमितको उपचारमा ध्यान दिन माग गरिएको छ । निवेदनमा कोरोना संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न आदेशको माग गरिएको छ । 

    नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने पनि उल्लेख  गरिएको छ । 


    जेठ २, २०७८ आइतवार २०:३३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • आज दिनभरको मौसम कस्तो रहला ?

    आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरुमा थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।  

    त्यस्तै आज राति देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।


    जेठ ३, २०७८ सोमवार ०७:०९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    वरिष्ठ साहित्यकार सुवेदीको कोरोनाका कारण निधन

    जेठ ३

  • 156
    SHARES
  • वरिष्ठ साहित्यकार सुवेदीको कोरोनाका कारण निधन

    काठमाडौँ - वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उनको सोमबार बिहान ७६ वर्षका उमेरमा निधन भएको हो ।

    उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

    विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । 

    त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका उनी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।

     


    जेठ ३, २०७८ सोमवार १०:१४:२० बजे : प्रकाशित

    चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर आज काठमाडौं भित्रिँदै

    जेठ ३

  • 56
    SHARES
  • चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर आज काठमाडौं भित्रिँदै

    काठमाडौं - चीनबाट झिकाएको अक्सिजन सिलिन्डर आज काठमाडौं भित्रिँदैछ । निजीक्षेत्रले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आइसकेकोले आज नै काठमाडौं  भित्रिँने बताइएको छ ।  

    २ हजार ५ सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आज काठमाडौं आउने जनाइएको छ । 

    ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाका अनुसार नेपाः हिमा टे«ड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको हो । 

    चीनबाट झिकाइएको २० हजार सिलिन्डर मध्ये २ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्गबाट ल्याइने जनाइएको छ । 


    जेठ ३, २०७८ सोमवार १९:५६:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्सिजन सिलिन्डर