• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

पल शाहसँगको सम्बन्ध गरिमा शर्माद्वारा अस्वीकार, १० वर्षपछि विवाह गर्ने

पूजा श्रेष्ठ बैशाख १९ २०७८
  • 1.3K
    SHARES
  • पल शाहसँगको सम्बन्ध गरिमा शर्माद्वारा अस्वीकार, १० वर्षपछि विवाह गर्ने

    काठमाडौँ। नेपालको मोडलिङ क्षेत्रमा अहिले उदयमान कलाकार हुन्, गरिमा शर्मा । उनी मोडलिङ क्षेत्रमा आउनु भन्दा अघि सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय थिइन् । टिकटककै कारण उनले लाखौं दर्शकको मन मुटु जित्न सफल भइन्। टिकटकमा लोकप्रियता कमाएकी शर्मा पछिल्लो समय नेपाली म्युजिक भिडिओ आकाशकी एक उदाउँदै गरेकी तारा हुन् ।

    उनको कलाकारिता, सुन्दर अभिनय र मनै लोभ्याउने सौन्दर्यताका कारण उनले अहिले नेपाली म्युजिक भिडिओ क्षेत्रमा लोकप्रियता र सफलता हासिल गरिरकेको छिन्। नाम जस्तै उनको कामले गरिमा बढाएको, दर्शकको माया र साथले नै प्रष्ट पार्छ। कोरोनाका कारण धराशय बनेको नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेर मनोरञ्जन प्रदान गरिरहेकी छिन् ।

    उनले आफू मोडलिङ क्षेत्रमा प्रवेश गरेपश्चात अहिले ५० वटा भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेको क्यानडानेपाललाई बताइन्। उनी भन्छिन्, ’सुरुवाती दिन अलिकति कष्टकर र संघर्षपूर्ण नै रह्यो, मैले २० हजार पारश्रमिक लिएर आफ्नो करियर शुरु गरेकी थिएँ, दर्शकको माया र साथले नै गर्दा आज म कामको चाप र आफ्नो समयलाई मध्यनजर गर्दै सोहि अनुसार पारिश्रमिक लिने गरेकी छु ।’

    उनी आफैँ पनि मिजासिलो स्वभावकी भएको कारण दर्शकहरुको आशिर्वाद, माया र राम्रो प्रतिक्रिया दिएको बताउँछिन्। त्यसैगरी, उनले आफु यस क्षेत्रमा लागेर सन्तुष्ट रहेको क्यानडानेपाललाई जानकारी दिइन्। आफ्नो कामकाबारे कुरा गर्दै भनिन्, ‘आफूले गरेको हरेक काम राम्रै हुन्छ, मैले मेरो कामको तुलना त्यति सुहाउँदैन, मैले मेरो कामको मुल्यांकन गर्न जिम्मेवारी दर्शकलाई नै दिनुपर्छ।’

    उनले दर्शकले अहिलेसम्म धेरै मनपराएको मेरो काम भनेको नबोली नबोलीको म्युजिक भिडिओ रहेको बताइन्। यसैगरी, उनले आफ्नो कामलाई निकै माया गर्ने र आफ्नो सफलताको श्रेय आफ्नो घर परिवार, दर्शक स्रोता सबैलाई दिन चाहेको बताइन्।

    उनी भन्छिन्, ‘आफूले आफ्नो प्रतिभालाई नै मन पराएन भने दर्शकहरु कसरी मन पराउनु हुन्छ।’ पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना भाइरसले अवश्य पनि सबै क्षेत्रलाई धराशय बनाएको छ। र यस्तो अवस्थामा सबैलाई स्वास्थ्य रहन र आफ्नो सकेसम्म हेरचाह गर्न सबैलाई उनले आग्रह गर्न चाहेको बताइन्।

    उनले भनिन्, ’ पहिले आफ्नो स्वास्थ्य परिक्षण गरेको थिएँ, तर अहिले चाहीं गरेको छैन।’ यद्यपि, खोप चाहिँ आफुले नलगाएको जानकारी दिइन्। पल शाहबारे आफ्नो सम्बन्धकोबारेमा प्रश्न गर्दा उनले भनिन्, ’पलजी र मेरो बारेमा सम्बन्धकाबारेमा कसले कहाँबाट हल्ला चलायो भन्नेमा म आफैँ चकितमा परेको छु। यो कुरामा कुनै पनि सत्यता छैन, यी सबै अफवाहहरु हुन्।’

    आफू स्नातक पहिलो वर्षमा अध्ययनरत रहेकाले अहिले नै विवाहबारे नसोचेको बताएकी उनले अध्ययन सकेर र आफ्नो क्यारियर बनाएर १० वर्षपछि विवाह गर्ने बताइन् । ‘अहिले नै विवाहबारे सोचेको छैन, भर्खर त ब्याचलर फर्स्ट इअर पढ्दैछु’, उनले भनिन्, ‘पढाइ सकेर, क्यारियर बनाइसकेपछि ८/१० वर्षपछि मात्रै विवाह गर्छु होला ।’


    बैशाख १९, २०७८ आइतवार १३:४९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पल शाह
  • # गरिमा शर्मा

  • पूजा श्रेष्ठ

    अर्कोसमाचार

    पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    बैशाख ३०

  • 504
    SHARES
  • पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यस फिल्मलाई हिन्दी भाषामा प्रदर्शनमा ल्याउदा दर्शकले रुचाउने अपेक्षा गरिएको छ । 

    निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेता पल शाह र बर्षा शिवाकोटी देखिएका छन् । 

    फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ । 


     


    बैशाख ३०, २०७८ बिहिवार २०:१८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वीर विक्रम २
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    जेठ १

  • 230
    SHARES
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    काठमाडौं । हास्य कलाकार शिवहरि पौडेललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । रुघाखोकीले ग्रस्त भएपछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

    कोरोना संक्रमण देखिएपछि उनी नैकापस्थित एपीअफ हस्पिटलमा भर्ना भएका थिए । उनलाई श्वासप्रश्वासमा समस्या  देखिएको थियो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

    पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेलले ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चित छन् । उनी सानो पर्दामा लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् । 


    जेठ १, २०७८ शनिवार ०८:३५:५८ बजे : प्रकाशित

    भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    जेठ १

  • 544
    SHARES
  • भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    काठमाडौं । गायिका पारु राई सांगीतिक क्षेत्रमा परिचित नाम हो । एक दशक अघि 'प्यास' नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले फेरी 'तिम्रो तृष्णा' बोलको गीतको भिडियो लिएर आएकी छिन् । गायिका राईलाई गायनमा भ्वाइस अफ नेपालका फाइनलिष्ट बिकाश लिम्बूले साथ दिएका छन् ।  

    बिकाश सम्भावना बोकेका गायकको रुपमा आफ्नो परिचय बनाइरहँदा उनको चर्चा सांगीतिक बजारमा चुलीएको छ । गीतमा शब्द रचना गायिका पारुकै रहेको छ । जसमा संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले भरेका छन्  । 

    बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बू र बृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन् । 

    टिकटकमा समेत राम्रो फलोअर्स कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्बन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गरेका छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए । 

    भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका राईले आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसकेपनि बिगत तीन वर्ष यता द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिइरहेकी छिन् । 

    प्रवासमा रहेर आफूलाई मन पर्ने पेशा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको कारण ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमा नै बस्दै आएकी छिन् ।  


    जेठ १, २०७८ शनिवार १८:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिम्रो तृष्णा
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    जेठ २

  • 474
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    काठमाडौं - वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीको निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी सैनिक अस्पताल भर्ना भएका थिए । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 

    उनका कविता कृति नेपाली, हिन्दी र उर्दू भाषामा पनि प्रकाशित छन्। उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।  


    जेठ २, २०७८ आइतवार १२:१४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # चेतन कार्की
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    जेठ २

  • 306
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा सरकारले चीन र ओमनबाट अक्सिजनका खालि सिलिन्डरहरु ल्याउन थालेको छ । यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् । यसैबीच कलाकार राजाराम पौडेलले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपया सहयोग गरेका छन् ।

    उनले आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि एक लाख दिएका हुन् । पैसाको समस्याले गर्दा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले आफुले सहयोग गरेका उनको भनाई छ ।  


    जेठ २, २०७८ आइतवार १२:३९:४८ बजे : प्रकाशित

    कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    जेठ ३

  • 260
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर नै ज्यान गुमाइरहेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह, राजाराम पौडेल लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् ।

    यसैबीच अभिनेता पुष्प खड्काले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका हुन् । उनले सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेका हुन् । 
     


    जेठ ३, २०७८ सोमवार १३:१८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस