• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

राजनराज शिवाकोटीको अफ्रिकन गायिका 'बियोन्से' संग 'ल्यासी पाउ'

क्यानाडा नेपाल बैशाख १७ २०७८
  • 1.7K
    SHARES
  • राजनराज शिवाकोटीको अफ्रिकन गायिका 'बियोन्से' संग 'ल्यासी पाउ'

    काठमाडौं ।संगीत सर्जक राजनराज शिवाकोटीले १२ बर्ष अगाडी सृजना गरेको गीत 'फुलबुट्टे सारी' यतिबेला चर्चाको शिखरमा रहेको छ। मार्मिक लामाको स्वरमा रहेको गीत १२ बर्ष पछी एकाएक कचर्चामा आयो । अनि चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए। फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन्। अनि सफलताको स्वाद पनि चाखेका छन्।

    यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी 'बियोन्से'। नेपाल घुम्न आएको बेला ट्रेण्डीङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गएको उनको तर्क छ। यो गीत 'फुलबुट्टे सारी' का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो 'बियोन्से' को चर्चा ।

    उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्। 'ल्यासी पाउ' बोलको गीतमा राजनराज शिवाकोटी संग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।

    राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।


    बैशाख १७, २०७८ शुक्रवार १५:३२:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अर्कोसमाचार

    पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    बैशाख ३०

  • 504
    SHARES
  • पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा, यस्तो छ ट्रेलर

    काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यस फिल्मलाई हिन्दी भाषामा प्रदर्शनमा ल्याउदा दर्शकले रुचाउने अपेक्षा गरिएको छ । 

    निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा अभिनेता पल शाह र बर्षा शिवाकोटी देखिएका छन् । 

    फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ । 


     


    बैशाख ३०, २०७८ बिहिवार २०:१८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वीर विक्रम २
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    जेठ १

  • 230
    SHARES
  • हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण 

    काठमाडौं । हास्य कलाकार शिवहरि पौडेललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । रुघाखोकीले ग्रस्त भएपछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

    कोरोना संक्रमण देखिएपछि उनी नैकापस्थित एपीअफ हस्पिटलमा भर्ना भएका थिए । उनलाई श्वासप्रश्वासमा समस्या  देखिएको थियो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

    पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेलले ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चित छन् । उनी सानो पर्दामा लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् । 


    जेठ १, २०७८ शनिवार ०८:३५:५८ बजे : प्रकाशित

    भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    जेठ १

  • 566
    SHARES
  • भ्वाइसका फाइनलिष्ट बिकाश र पारुको स्वरमा आएको 'तिम्रो तृष्णा'को चर्चा

    काठमाडौं । गायिका पारु राई सांगीतिक क्षेत्रमा परिचित नाम हो । एक दशक अघि 'प्यास' नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले फेरी 'तिम्रो तृष्णा' बोलको गीतको भिडियो लिएर आएकी छिन् । गायिका राईलाई गायनमा भ्वाइस अफ नेपालका फाइनलिष्ट बिकाश लिम्बूले साथ दिएका छन् ।  

    बिकाश सम्भावना बोकेका गायकको रुपमा आफ्नो परिचय बनाइरहँदा उनको चर्चा सांगीतिक बजारमा चुलीएको छ । गीतमा शब्द रचना गायिका पारुकै रहेको छ । जसमा संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बूले भरेका छन्  । 

    बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बू र बृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन् । 

    टिकटकमा समेत राम्रो फलोअर्स कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्बन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गरेका छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए । 

    भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका राईले आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसकेपनि बिगत तीन वर्ष यता द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिइरहेकी छिन् । 

    प्रवासमा रहेर आफूलाई मन पर्ने पेशा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको कारण ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमा नै बस्दै आएकी छिन् ।  


    जेठ १, २०७८ शनिवार १८:१०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिम्रो तृष्णा
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    जेठ २

  • 488
    SHARES
  • वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

    काठमाडौं - वरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्कीको निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान ८४ वर्षको उमेरमा निधन भएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी सैनिक अस्पताल भर्ना भएका थिए । गएको १६ गते देहरादुनबाट आएपछि उनलाई ज्वरो आएको थियो । परिक्षण गर्दा उनमा कोरोना संक्रमण पनि देखिएको थियो । 

    एक हप्तादेखि सैनिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार बिहान निधन भएका हो । उनी चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए । 

    उनका कविता कृति नेपाली, हिन्दी र उर्दू भाषामा पनि प्रकाशित छन्। उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।  


    जेठ २, २०७८ आइतवार १२:१४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # चेतन कार्की
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    जेठ २

  • 306
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न राजाराम पौडेलको १ लाख सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा सरकारले चीन र ओमनबाट अक्सिजनका खालि सिलिन्डरहरु ल्याउन थालेको छ । यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् । यसैबीच कलाकार राजाराम पौडेलले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपया सहयोग गरेका छन् ।

    उनले आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि एक लाख दिएका हुन् । पैसाको समस्याले गर्दा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले आफुले सहयोग गरेका उनको भनाई छ ।  


    जेठ २, २०७८ आइतवार १२:३९:४८ बजे : प्रकाशित

    कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    जेठ ३

  • 266
    SHARES
  • कोरोनाका बिरामीलाई अक्सिजन किन्न पुष्प खड्काले गरे आर्थिक सहयोग

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।

    यस्तो अवस्थामा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर नै ज्यान गुमाइरहेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    अभिनेता निखिल उप्रेती, पल शाह, राजाराम पौडेल लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् ।

    यसैबीच अभिनेता पुष्प खड्काले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।

    उनले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका हुन् । उनले सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेका हुन् । 
     


    जेठ ३, २०७८ सोमवार १३:१८:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस