काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन् ।
सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुरा बताएका हुन् ।
जुनसुकै बेलामा पनि चुनावमा जानुपर्ने हुनसक्ने भन्दै उनले आफ्ना कार्यकर्ताहरुलाई तयार रहन आग्रह गरे ।
मुलुकको विद्यमान समस्याहरुको समाधान गर्न सम्भावना का रहेको भन्दे उनले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुपर्ने बताए । प्रतिवेदनमा प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पाएमा आगामी २० महिनाभित्रै नयाँ निर्वाचन हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया