काठमाडौं । सरकारले कोरोनाभाइरसको संक्रमण बढेका जिल्लाहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा वैशाख महिनाभरि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोनाको उच्च जोखिममा रहेको काठमाडौं उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै रात्रिकालीन व्यवसाय, फिल्म हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशाला, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु वैशाख मसान्तसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा रोक्ने पनि बैठकले निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिस अनुसार आज बसेको बैठकले सहसो निर्णय गरेको हो ।
प्रतिक्रिया