जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काललाई कुनै क्षेत्र बन्द नगरी नयाँ मापदण्डमा कडाइ गर्ने सरकारको निर्णय



काठमाडौं – सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो । यस्तै उक्त बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । 

यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर सोमबारको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नगरी नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो । 

नेपालमा सोमबार मात्र ५ सय ५९ जनाका कोरोना संक्रमण देखिएको थियो । भारतमा तिव्र गतिमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण दिनानुदिन बढ्न थालेको छ । 
 

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  ४ : १२ बजे