असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । 

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउन कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)लाई सिफारिस गरेको हो । 

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रबार बैठक बस्दैछ । तर, बैठक बस्नु अघि मन्त्रालयले शिक्षण संस्था, फिल्म हल र पार्टी प्यालेस बन्दलगायत बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । 

पठनपाठन भर्चुअल माध्यमबाट गराउन र भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर पठनपाठन नगराउन मन्त्रालयले सिफारिस गरेको हो । 

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ७ : ४२ बजे