जेठ ८, २०७९ आइतबार | Sun May 22 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुबईबाट कुकरमा सुन लुकाएर ल्याउने प्रकाश विमानस्थलबाट पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका प्रकाश महरा अवैध सुन ल्याएको आरोपमा पक्राउ परेका छन् । 

दुबईबाट फ्लाई दुबईको विमानबाट मंगलबार राति सवा १० बजे आएका महरालाई राइस कुकरमा लुकाएर सुन ल्याएको आरोपमा विमानस्थलबाट पक्राउ परेका हुन् । 

पटक पटक तौल जाँच गर्दा बढी देखिएपछि खोलेर हेर्दा कुकरमा सुन देखिएसँगै उनलाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्। 

कुकरमा लुकाएको ८८४ ग्राम सुनसहित उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमा अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  ५ : ३९ बजे