श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

माछा मार्न जाउन हजुर कालापानीमा… गीतलाई चार वर्षसम्म प्रतिबन्ध लगाइयो : गायक विधान श्रेष्ठ (भिडियों)



गायक विधान श्रेष्ठले गाएको गित 'माछी मर्न जाउँ न दाजै कालापानीमा ' लाई ४ वर्ष जति प्रतिवन्ध लाईएको कुरा खुलाएका छन् । २०५६ साल तिर रेकर्ड भएको उक्त गितलाई कुनै मिडियाले पनि प्रसारण गरेनन् ।

विधान श्रेष्ठ २०५६ सालको घटना सम्झिदै भन्छन: "नालापानीको बारेमा गितमा उल्लेख भएकोले होला त्यो बेला ४ वर्ष जति प्रसारण भएन तर पछि आफै बज्न थालेको थियो । किन प्रतिवन्ध लाईयो भनेर कसैले मलाई जवाफ दिएनन् र अझै सम्म मलाई थाहा छैन किन प्रतिवन्ध लाईयो । सायद नालापानी शब्दले गर्दा होला ।"

निर्देशक भुषण दाहालले नालापानीको विषयमा गित बनाउदा राम्रो हुन्छ भनेकाले विधानले आफ्नो बुवालाइ गित बनाउन लाएका थिए । त्यो बेला नालापानी शब्दले गर्दा गित प्रतिवन्ध लाईन्छ भन्ने कुरा विधानलाई थाहा नभएको तर भारतसंग सिमानाको विषयमा लफडा चलेको थाहा भएको कुरा अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार  ६ : ५१ बजे