आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

ओखर दिनदिनै खानुस्, यस्ता छन् फाइदै फाइदा



काठमाडौं – ओखर हाम्रो शरिरको लागि फाइदाजनक फल हो । भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल पाइने ओखर खानुका धेरै फाइदाहरु छन् ।

ओखरको सेवनले शरीरलाई तातो र ऊर्जाशील बनाउ सहयोग पुर्याउछ ।  
 
ओखर सेवन गर्नुका यस्ता छन् फाइदा

– ओखरको दैनिक सेवन गर्नाले शरीरमा ऊर्जा कायम रहन्छ भने कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ ।  

– ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ राखिराख्न सहयोग पुर्याउछ ।

– ओखर सेवनले महिलामा सुगर र स्तन क्यान्सरका बिरामीहरुलाई फाइदा गर्छ ।  

– ओखरमा फाइबर पाइने हुनाले पाचनक्रियालाई  मजबुत बनाउँछ । 

– ओखरको सेवनले कब्जियत सम्बन्धी समस्याबाट पनि छुटकारा पाइन्छ । 

– ओखर सेवन गर्नाले मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

– ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न सहयोग पुर्याउछ ।

– ओखर दैनिक सेवन गर्नाले घुँडा, जोर्नी र कम्मरको पीडा कम गराउछ । 

– ओखर बच्चालाई नियमित सेवन गर्नाले दिमाग तीखो हुन्छ । ओखर खाँदा दूधसँग खानु राम्रो हुन्छ ।  

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ३ : १९ बजे