काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझँ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि मन्त्रिपरिषद् बैठक आज पहिलो पटक बस्न लागेको हो ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएको थियो । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै
अदालतले १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो।
आज साँझ ५ बजेका लागि बालाइएको बैठकमा संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया