काठमाडौँ – आज मन्त्रिपरिषद्को बैठक पनि बस्ने भएको छ । आज बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । सोमबार बस्दै आइरहेको मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको हो ।
मन्त्रिपरिषद् बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विषयमा छलफल हुन सक्ने बताइएको छ । त्यस्तै आज बस्न लागेको सुरक्षा परिषद्को बैठकलाई पनि महत्वकासाथ हेरिएको छ ।
गम्भीर सुरक्षा चुनौती हुँदा बोलाइने सुरक्षा परिषद्को बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र आगामी निर्वाचन लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया