जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रचण्ड जी अहिले झाँक्री बोकेर हिड्नु भएको छ, माया लागेर आयो’ – प्रधानमन्त्री ओली



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले अहिले झाँक्री बोकेर हिडेको देख्दा माया लागेर आएको बताएका छन् । शनिवार विराटनगरमा आयोजित सभामा बोल्दै ओलीले प्रचण्डले गलत बाटो छानेको बताए । 

प्रचण्डले वैद्यबाट डाक्टर, डाक्टरबाट झाक्री छानेको र उनलाई कसैले नपत्याउने बताउदै भने – ‘प्रचण्ड जीको त मलाई माया लाग्छ । कहिले उहाँ सँग वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छोड्नु भयो, त्यसपछि उहाँले डाक्टर लिनुभो, डाक्टरले पनि उहाँलाई छोड्नुभो । अहिले उहाँले झाक्री लिनुभकोछ । ‘

उनले थपे – ‘वैद्यबाट डाक्टर, डाक्टरबाट झाक्री । तर उहाँलाई अब झाक्रीले पत्याउन सक्दैन । ‘

उनले भने – ‘उहाँले गलत बाटो छान्नुभो । राजनितिमा गलत बाटो छान्नुभो । जनताको चेतनालाई चुनौति दिनुभो । विकासको बाटोमा तगारो हाल्न खोज्नुभो । व्यवधान खडा गर्न थाल्नुभो। त्यसकारण उहाँले अब नेपालको राजनितिमा सफलता पाउन सम्भव छैन । ‘

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  १० : २५ बजे