जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठसहित)



काठमाडौं ।  माघ १५, २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहिवार सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् । 

प्रवक्ता गुरुङले ३ दिनको बैठकले गरेको २१ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रीम भुक्तानी दिने निर्णय गरेको छ ।  २० लाख डोज  कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको हो । 

यस्तै नेपनली सेनाका पाइलट प्रमुख सेनानी प्रताप बहादुर बोहरालाई पाइलट महासेनानी दर्जामा बढुवा गर्ने निर्ण पनि गरिएको छ । 

यस्तै सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा प्राध्यापक अनुपकुमार श्रेष्ठ, सदस्यमा डा. देवकला भण्डारी, डा। राजकिशोर शाह, राजकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले नेपाली सेनाका प्रविधिक सहायक रथी डा सुशिल बहादुर रावलको राजीनामा स्वीकृत गर्न निर्णय पनि गरेको छ । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

 

 
 
 

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  ३ : ०२ बजे