असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

अग्रिम भुक्तानी दिएर कोरोनाविरुद्धको खोप खरिद गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं – सरकारले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रीम भुक्तानी दिने निर्णय गरेको छ । 

मंगलबार साझँ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । यस निर्णयले खोप खरिद गरेर ल्याउन बाटो खुलेको बताइएको छ । 

सरकारले सिरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । 

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन अनुदानमा उपलब्ध गराएको थियो । 
 

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ३ : १७ बजे