काठमाडौं । माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । मंगलवार सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् ।
प्रवक्ता गुरुङले २ दिनको बैठकले गरेको २० वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरुकारले माघ ३० गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया