जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि के बोल्लान् ओलीले



काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले राजनीतिक कार्यक्रमलाई निरन्तरता दिँदै एकअर्काविरुद्ध विष वमन गर्दै हिँडेका छन् ।

बिहीबार प्रचण्ड–नेपाल समूहले आमहड्तालको आयोजना गरेको छ । जसको सर्वत्र विरोधमात्रै भएन, काठमाडौंसहित केही स्थानमा बन्दको अवज्ञा पनि भयो । 

प्रचण्ड सहभागी कोटेश्वरमा नागरिकद्वारा हर्न बजाएर बन्दको अवज्ञा  प्रचण्ड सहभागी कोटेश्वरमा नागरिकद्वारा हर्न बजाएर बन्दको अवज्ञा 

यो बन्दलाई कतिपयले शुक्रबार ओली समूहले काठमाडौंमा गर्न लागेको आमसभा लक्षित रहेको आरोप पनि लगाएका छन् । तर, यसलाई प्रचण्ड–नेपाल समूहले अस्वीकार गरेको छ । निकै चासोका साथ हेरिएको शुक्रबार हुने ओली समूहको आसमभाको तयारी लगभग पूरा भइसकेको सो समूहले जनाएको छ । 

बहुप्रतिक्षित ओली समूहको आमसभा 

शुक्रबार ओली समूहले काठमाडौँमा गर्न लागेको आमसभा बहुप्रतिक्षित बनेको छ । सो आमसभाबाट केही नयाँ घोषणा हुन सक्ने अड्कलबाजीले पनि बहुप्रतिक्षित बनाएको छ ।

माघ २३ गते प्रधानमन्त्रीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्ने ! माघ २३ गते प्रधानमन्त्रीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्ने !

केही दिन अघि काठमाडौंको माइतीघर मण्डलामा प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओली समूहको आमसभाबाट हुने सक्ने घोषणाको सूचना पाएको बताएसँगै आममानिसको ध्यान खिचेको छ ।

शुक्रबार हुने आमसभामा प्रधानमन्त्री ओलीले गर्ने भनिएको घोषणाले बहुप्रतिक्षित बन्न पुगेको हो । तर, यसबारे ओली समूह वा सरकारी अधिकारीहरुले केही बताइसकेका छैनन् ।

के बोल्लान् त ओलीले 

शुक्रबार हुने आमसभाबाट प्रधानमन्त्री ओलीले विशेष घोषणा गर्ने आमजनताको आशंका रहेको छ । साथै यसबारे प्रचण्ड–नेपाल समूहले पनि आफूहरुलाई सूचना आएको बताएपछि शुक्रबार हुने आमसभाबाट प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्ने आममानिसले अड्कल गरेका छन् । 

सो आमसभाबाट प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको कतिपयले आरोप पनि लगाइरहेका छन् । 

गत आइतबार (माघ १८) आयोजित प्रचण्ड–नेपाल समूहको माइतीघर मण्डलामा धर्ना कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले  माघ २३ गते शुक्रबार हुन लागेको आमसभामा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्ने बताएका थिए । उनले भनेका थिए, ‘यही माघ २३ गते नै ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्। मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’

प्रचण्ड–नेपाल फेरि चुके  प्रचण्ड–नेपाल फेरि चुके 

नेता पाण्डेको सो अभिव्यक्तिपछि हिन्दुराष्ट्र घोषणा हुन सक्ने अड्कलबाजी हुन थालेको हो । योसँगै बुधबार शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मदन भण्डारीको भाषणको अडिओ क्लिप पोष्ट गरेपछि कतिपयले राजसंस्था पुनर्स्थापित गर्ने योजनामा प्रधानमन्त्री ओली रहेको आशंका पनि गरेका छन् । 

आमसभाको  दुई दिन अघि बुधबार आमसभाको प्रचारात्मक पोस्टर फेसबुकमा सेयर गर्दा मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ क्लिप पनि पोष्ट गरिएपछि थप सशंकित बनाएको हो । 

मन्त्री श्रेष्ठले फेसबुकमा पोष्ट गरेको २५ सेकेन्डको अडियो क्लिपमा मदन भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’

प्रचण्डको चेतावनी– यो केपी र प्रचण्डबीचको जुहारी होइन, फागुनबाट जनआन्दोलन सुरु हुन्छ प्रचण्डको चेतावनी– यो केपी र प्रचण्डबीचको जुहारी होइन, फागुनबाट जनआन्दोलन सुरु हुन्छ

सो अडिओ क्लिप पोष्ट गरिएसँगै प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको घोषणा गर्न लागेको आशंकालाई थप सशंकित बनाएको छ । 

यही माघ २३ गते शुक्रबार नारायणहिटी राजदरबार अगाडि गर्न लागेको आमसभाको प्रचार प्रसारका लागि नेता मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ प्रयोग गरिनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

योसँगै केही अन्य दलका नेताहरुलाई आफ्नो पार्टीमा भित्र्याउनेदेखि केही पार्टीका नेताहरुलाई सहमति गरेर शान्ति पूर्ण र संविधानको परिधिभित्र रहेर खुला राजनीतिमा ल्याउने गरी घोषणा हुने सक्ने पनि अनुमान गरिएका छन् । यी अनुमानित अर्थात आममानिसबीच चर्चा भएको विषय हुन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शुक्रबार घोषणा गर्ने भनेर अहिलेसम्म आधिकारिक रुपमा केही सार्वजनिक भइसकेको छैन । 

प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार  १ : ४३ बजे