जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा भीषण हिमपात, न्यूयोर्कमा सङ्कटकाल 



काठमाडौँ।  अमेरिकाको पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द हुनुका साथै न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ। स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ।

अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ। न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङ्गलवार विद्यालय बन्द गरिएका छन्। हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन्।

हिमपातका कारण कोरोनाभाइरसको खोप लगाउने केन्द्रहरु पनि बन्द भएका छन् । हिमपातले न्यूजर्सी राज्यमा बस तथा रेल सेवा बन्द भएको छ । बीबीसी 

 

 

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ६ : ४४ बजे