जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात 



काठमाडौं – अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीका धेरै स्थान जनजीवन प्रभावित भएको जनाइएको छ । 

भारी हिमपातका कारण हवाई उडान पनि प्रभावित भएको बीबीसीमा जनाइएको छ । 

हिमपातका कारण कोरोनाभाइरसको खोप लगाउने केन्द्रहरु पनि बन्द भएका छन् । हिमपातले न्यूजर्सी राज्यमा बस तथा रेल सेवा बन्द भएको छ । 
 
अमेरिकाको राष्ट्रिय मौसम सेवा विभागका अनुसार भोलि मात्र हिमपातमा कमी आउने बताइएको छ । 

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ६ : १८ बजे