काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइराला र नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रेखा थापा पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय छन् ।
सामाजिक सञ्जालमार्फत पनि आवाज उठाउदै आइरहेका यी अभिनेत्री राष्ट्रिय एकता परिषद् मार्फत सामाजिक कामहरु गरिरहेका छन् । मंगलबार राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा मनिषा र रेखा दुवै सहभागी भएका थिए ।
उक्त कार्यक्रममा दुवै अभिनेत्रीले महिला अधिकार सम्बन्धी आआफ्ना धारणाहरु राखेका छन् । भिडियोमा देखाए जस्तै सहभागीले सुनाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले आशुँ थाम्न सकेनन् । कार्यक्रममा नै उनीहरु निकै भावुक बने ।
बालविवाह अन्त्यको अभियानमा पनि सहभागी रेखाले कार्यक्रममा मेची देखी महाकालीसम्म पुग्दा अनौठा उदाहरण देखेको बताइन् । उनले योगमायालाई अहिलेको अवस्थाको सिर्जना गर्नुमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरिन् ।
प्रतिक्रिया