• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

संसद् विघटन अलोकतान्त्रिक छ, यो पुनःबहाली हुन्छ - माधव नेपाल

माघ ८ २०७७
  • 1.1K
    SHARES
  • images
    images
    संसद् विघटन अलोकतान्त्रिक छ, यो पुनःबहाली हुन्छ - माधव नेपाल

    कर्णाली - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले  पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताएका छन् । 

    images

    बिहिबार सुर्खेतमा आयोजित विरोध–सभामा बोल्दै नेपालले पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उद्यृत गर्दै सो कुरा बताएका हुन् ।

    संसद् पुनःबहाली हुने बताउदै नेपालले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे । 

    उनले भने “संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ”, उनले थपे, “यो पुनःबहाली हुन्छ ।”  

    त्यस्तै उक्त विरोध–सभामा नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको बताए । 


    माघ ८, २०७७ बिहिवार २१:२९:२७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • अर्कोसमाचार

    राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

  • 164
    SHARES
  • राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

    काठमाडौं - काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ ।  पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । 

    images

    महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

     


    मंसिर १८, २०७८ शनिवार १६:५८:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना  

  • 146
    SHARES
  • कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना  

    पोखरा - नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो ।

    images

    गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । 

    संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन् । दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूकाे भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

    धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । कास्कीमा तीन निर्वाचन क्षेत्र छ । जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भुगोलको प्रभाव पर्याे भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताकाे अनुमान छ ।


    मंसिर १८, २०७८ शनिवार १७:०७:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • क्यानाडा नेपाल

    पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

  • 182
    SHARES
  • पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

    काठमाडाैं - विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

    images

    शनिवार जारी घाेषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्ले छ ।

     


    मंसिर १८, २०७८ शनिवार १७:१०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी

  • क्यानाडा नेपाल

    एमालेलाई जनताको विश्वास हाेइन कुम्भ मेला चाहिएको छ - मन्त्री श्रेष्ठ

  • 160
    SHARES
  • एमालेलाई जनताको विश्वास हाेइन कुम्भ मेला चाहिएको छ - मन्त्री श्रेष्ठ

    तनहुँ - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ।

    images

    तनहुँमा आज आयाेजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए । 'घमण्डी र पाखण्डी नेताले दुई पटकसम्म संसद विघटन गरे । अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिष्ट पार्टीलाई सरकार चलाउ भनेर मत दिईरहदा घमण्डी र पाखण्डी नेताहरूले दुई दुई पटकसम्म संसद विघटन गरेर जनताको मतलाई अपमान गरे । 

    नेकपा एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन् । यसकारण एमालेलाई जनताको विश्वास चाहिएको छैन् । चाहिएको छ त कुम्भ मेला,’ उनको प्रस्टोक्ति थियो । उनले हालै चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनलाई कुम्भ मेलाको संज्ञा दिएका हुन् ।

    शुक्लागण्डकी नगरपालिका–३ को वडा कार्यालय भवन उद्घाटन गर्न आएका मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्न नसकेको टिप्पणी पनि गरे । ‘चितवन महाधिवेशन कोटको खल्तीबाट नाम सरररररर पढेर सकियो । कमरेड भीम रावल, घनश्याम भूसाललगायतले यस्तो काम हुँदैन हामी चुनाव लड्छौ भन्दा धम्क्याउने, तर्साउने, चुनाव लड्न पाईदैन् भने । कहाँको प्रजान्त्रिक अभ्यास हो यो ? जनताको बिचमा जान सक्नुपर्छ,’ उनले भने ।

    वडा कार्यालयको भवन निर्माण पूरा भएकाे डेढ वर्ष भइसकेकाे छ । कार्यालयले यहीबाट सेवा प्रवाह गर्न थालेकाे पनि झण्डै डेढ बर्ष भइसकेकाे छ । मन्त्री वडा कार्यालयमा आउने भएपछि दुलेगौंडा हर्कपुर मोटरमार्ग मर्मत गरिएको छ ।


    मंसिर १८, २०७८ शनिवार १८:५६:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृष्णकुमार श्रेष्ठ

  • क्यानाडा नेपाल

    लुम्बिनी प्रदेश अधिवेशन : कसले जोगाउला विरासत, खाण की गिरी ?   

  • 170
    SHARES
  • लुम्बिनी प्रदेश अधिवेशन : कसले जोगाउला विरासत, खाण की गिरी ?   

    दाङ - नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन र नयाँ नेतृत्वमा दुई नेताहरूको विरासत जोडिएको छ । गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी प्रदेश अधिवेशनमा आफ्नो विरासत जोगाउने प्रयासमा छन् । उम्मेदवारभन्दा पनि बढी निर्वाचनको राप यी दुईमा देखिएको छ । 

    images

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय मानिने खाण र संस्थापन इतरका प्रिय मानिने गिरीले आफैले प्रदेशमा उम्मेदवार तयार गरेर चुनावी प्रतिस्पर्धामा लैजाँदा दुई नेता अहिले जुंगाको लडाइमा छन् । आफैले टिकट दिएका व्यक्तिलाई जिताएर लुम्बिनी प्रदेशको आफ्नो प्रभाव जमाइ राख्ने र राजनीतिक विरासत जोगाउने प्रयास दुवैमा देखिएको छ ।  

    खाण कांग्रेस राजनीतिमा रुपन्देहीबाट प्रतिनिधित्व गर्दछन् भने गिरी दाङबाट प्रतिनिधित्व गर्दछन् । संस्थापन पक्षले प्रदेशको उम्मेदवार छनोटदेखि चुनावी कमाण्डर समाल्न गृहमन्त्री खाणलाई जिम्मा लिदएको छ । संस्थापन इतरले गिरीलाई आफ्नो पक्षको उम्मेदवारदेखि चुनावी कमान्ड समाल्न खटाएको छ । 

    दुवै नेताले आफू अनुकूललाई सभापतिदेखि सदस्यसम्मको उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धा गराएका छन् । आफ्नो पक्षलाई जिताएर आफ्नो राजनीतिक विरासत लुम्बिनीमा यथावत् राख्ने जोगाउने दाउमा दुवै नेतालाई चुनौती देखिएको छ । लुम्बिनीमा गिरी तत्कालीन राप्ती अञ्चलबाट प्रतिनिधित्व गराउने गरी रोल्पामा अमरसिंह पुनलाई सभापतिमा उभ्याएका छन् । भने खाणले रुपन्देहीका  भरतबहादुर शाहलाई सभापतिमा उभ्याएका छन् । मतदाताहरूले दुई नेतामा कसको पल्ला भारी बनाइदिएका छन् त्यो भने आइतबार सम्ममा देखिने नै छ । 

    जिल्लासम्मको अधिवेशनमा दुई नेताले आफ्नो प्रभाव जिल्लामा आफू अनुकूल देखाएका छन् । गिरीले पालिका, प्रदेश सभा र प्रतिनिधि समा तथा जिल्ला नेतृत्वमा आफ्नो पक्षकालाई दाङमा जिताएका छन् । नेतृत्वमा ल्याएका छन् । खाँणले पनि आफ्नो क्षेत्रमा सबै तहको नेतृत्व आफू अनुकूल नै बनाएका छन् । तर, प्रदेशमा कसले वाजी मार्छ त्यो भने हेर्न बाँकी छ । लुम्बिनीमा ११ सय ४८ प्रतिनिधिहरू भए पनि १६ सय ३१ प्रतिनिधि मात्रै निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । 

    सभापतिका लागि संस्थापन पक्षबाट भरत कुमार शाह र संस्थापन इतरबाट अमरसिंह पुनः प्यानलसहित चुनावी मैदानमा छन् । लुम्बिनीका एक हजार ६ सय ३१ मत खसेको छ । एक हजार ६ सय ४८ मतदाता रहेकोमा १७ जना अनुपस्थित रहेका छन् । निर्वाचनबाट कांग्रेसमा १ जना प्रदेश सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारी निर्वाचित हुने छन् । खुल्ला सदस्य १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछन् । 

    त्यस्तै खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसी कोटामा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांङग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति निर्वाचित हुने छ ।


    मंसिर १८, २०७८ शनिवार २०:१९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश अधिवेशन

  • क्यानाडा नेपाल

    राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्न बाँकी

  • 128
    SHARES
  • राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्न बाँकी

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ । 

    images

    निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १५ सय मत खस्न बाँकी रहेको छ ।राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् । 

    राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

    उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् । निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।


    मंसिर १८, २०७८ शनिवार २०:४७:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # राप्रपा महाधिवेशन

  • क्यानाडा नेपाल