• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

नजिर र रेश्माको माया किन मोडियो

माघ ५ २०७७
  • 1.8K
    SHARES
  • नजिर र रेश्माको माया किन मोडियो

    काठमाण्डौ। लकडाउनको समयमा एकपछि अर्को म्यूजिक भिडियोको निर्देशन गरिरहेका सुव्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवार एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियो' बोलको गीतमा सुदन गैरेको स्वर र संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’ को शब्द सिर्जना छ । गीतको भिडियोमा नाजिर हुसेन र रेश्मा घिमिरे फिचर छन् ।

    images

    प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् । उत्सव दाहालले खिचेको भिडियोको स्क्रिप्ट निर्देशक आचार्यका छोरा तथा कलाकार साइव्रत आचार्यले तयार पारेका हुन् । उनी यस भिडियोका सहायक निर्देशक पनि हुन् । भिडियोको कन्सेप्ट भने गायक गैरे स्वयंको हो । भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ । भिडियोमा मुस्कान शाह र एलिश खनालको सह-अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिंग बिकास दाहालको रहेको छ भने प्रडक्शन म्यानेजर दिपेन गौतम 'माईकल' हुन् ।

    करीब एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका गायक गैरे ‘माया किन मोडियो’ फरक बनाउने कोशिश गरेको बताउँछन् । यो गीतको ट्यून लकडाउनको समयमा घरमा बस्दा बनाएको उनको भनाई छ । उनी भन्छन्, ‘मैले गीतको शब्द पनि सुरु गरेको थिए । पछि किरण घिमिरे ‘माइकल’ भाईले बाँकी शब्द लेखेर दिनुभयो । त्यसपछि मैले यो गीत बनाएँ ।’ यो गीतको अडियो र भिडियो अहिले बजारमा चलेका गीतभन्दा फरक बनाउने कोशिश गरेको उनको कथन छ ।

    अहिलेसम्म गायक गैरेले तीनवटा एल्बम निकालिसकेका छन् । २०५५ सालमा साथीहरुसँग मिलेर ‘तरेली’ एल्बम निकालेका उनले २०६५ सालमा दोस्रो र २०७० सालमा तेस्रो एल्बम निकालेका थिए । पछिल्लो समय भने उनले सिंगल गीत नै गरिरहेका छन् । उनी नेपाली सांगीतिक क्षेत्रमा लागेको नै २० वर्ष भइसकेको छ । तर, म्यूजिकमा पूर्ण रुपमा लाग्न नपाएकोमा उनलाई पीडा पनि छ ।

    उनी भन्छन्, ‘म १२ वर्ष अगाडि अमेरिका आएपछि म्यूजिकलाई चाहे जति समय दिन सकिनँ । तर, म्यूजिकबाट टाढा बस्न पनि सकेको छैन । सानैदेखि म्यूजिक मनपर्ने भएकाले केही गर्नुपर्छ भन्ने सधैं लागिरहन्थ्यो । हामी सबै एक दिन मरेर जानै पर्छ । तर, नाम चाहिँ कहिले पनि मर्दैन । त्यो एउटा कुराले मलाई जहिले पनि छुन्छ । त्यसैले पनि म्यूजिकमा केही गरिरहेको छु ।'


    माघ ५, २०७७ सोमवार १५:३१:१३ बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

  • 360
    SHARES
  • एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

    काठमाडौं - फिल्म 'लप्पन छप्पन २' को रिलिज मिति सार्वजनिक भएको छ  । मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म आगामी महाशिवरात्री अर्थात फागुन १३ गते प्रदर्शनमा आउने भएको छ ।

    images

    सौगात मल्लर अनुपविक्रम शाहीको मुख्य भुमिका रहेको यस फिल्म लामो समयदेखि कोरोनाभाइरसको संक्रमणका कारण प्रदर्शनमा आउन सकेको थिएन । एक्सन जनरामा निर्माण भएको यस फिल्मलाई अब महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । 

    फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । 

    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रको  पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।  


    भाद्र २७, २०७८ आइतवार १३:१८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लप्पन छप्पन–२

  • क्यानाडा नेपाल

    लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

  • 1.5K
    SHARES
  • लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् ।
     
    नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् । 

    images

    गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ ।  प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् ।  चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ । 


    भाद्र २७, २०७८ आइतवार १४:३०:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रशान्त तामाङ

  • क्यानाडा नेपाल

    किम कार्दशियन देखिइन् नौलो लुकमा, टाउकोदेखि गोडासम्म छोपिएको पहिरन देखेर फ्यान चकित

  • 604
    SHARES
  • किम कार्दशियन देखिइन् नौलो लुकमा, टाउकोदेखि गोडासम्म छोपिएको पहिरन देखेर फ्यान चकित

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम पछिल्लो समय नौलो कपडाका कारण चर्चामा छिन् । पछिल्लो समय उनी टाउकोदेखि गोडासम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छिन् । 

    images

    kimm.jpg

    उनले लगाएको टाउकोदेखि गोडासम्मको कपडा देखेर फ्यानहरु पनि चकित परेका छन् । उनले लगाएको कपडा धेरैको लागि नौलो हो । टाउकोदेखि गोडासम्म लेदरबाट बनेका आउटफिट लगाएर हिडिरहेकी उनमा सबैको ध्यान गयो । नौलो पहिरनमा न्युयोर्क पुगेकी उनलाई धेरैले चिनेनन् पनि । 

    kim.jpg

    तस्बिरमा उनले स्ट्रेच कोट, लामो बुट, अनुहार छोप्ने कालो लेदर र पन्जा लगाएकी छिन् । यसअघि तस्बिरका कारण ट्रोलको शिकार बनिरहने किम अहिले चर्चामा आएकी छिन् । अहिले उनको यो तस्बिर सामाजिक सञ्नजालमा भाइरल बनेको छ । हरेक तस्बिर फ्यानहरुले निकै रुचाएका हुन्छन् ।


    भाद्र २८, २०७८ सोमवार १२:३७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    ‘एक्लै बस्दा’ गीतका बज्राचार्यको ६४ वर्षको उमेरमा निधन

  • 1.2K
    SHARES
  • ‘एक्लै बस्दा’ गीतका बज्राचार्यको ६४ वर्षको उमेरमा निधन

    काठमाडौं ‘- एक्लै बस्दा’ गीतका रचनाकार देव बज्राचार्यको निधन भएको छ । उनको सोमबार बिहान ६४ वर्षको उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

    images

    श्वासप्रश्वास, प्रोस्टेट लगायतको समस्या रहेका उनको बयोधा अस्पतालमा उपचारका क्रममा निभन भएको हो । उनका ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’ लगायतका गीत चर्चामा छन् । 

    संगीतकार न्ह्यू बज्राचार्यका काका रहेका उनको एक्लै बस्दा गीत निकै चर्चामा छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । 
     


    भाद्र २८, २०७८ सोमवार १३:२६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन

  • क्यानाडा नेपाल

    'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

  • 160
    SHARES
  • 'कैले होला भेट' भन्दै आन्छु र अस्मिता (भिडियो)

    काठमाडौं - नब गायक आन्छु बिक्रमको सुमधुर आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार गायक बिक्रम र गायिका अस्मिता अधिकारिको आवाजमा 'कैले होला भेट' बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । 

    images

    गीतमा सि.एल शर्माको शब्द र संगित रहेको छ । सार्वजनिक भिडियोमा आन्छु र अस्मिता नै देखिएका छन् । 

    काठमाडौँमा सुटिङ्ग गरिएको भिडियोलाई सन्जित के. घिसिङले खिचेका हुन् भने सनम मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई आन्छु बिक्रम नामको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


     


    आश्विन १, २०७८ शुक्रवार १९:०८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आन्छु बिक्रम

  • क्यानाडा नेपाल

    सविन र छुल्ठिमको फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक, दशैंमा रिलिज हुँने

  • 346
    SHARES
  • सविन र छुल्ठिमको फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक, दशैंमा रिलिज हुँने

    काठमाडौं - अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म 'धन्दागिरी' को ट्रेलर सार्वजनिक भएको छ । नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको यस फिल्मको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।  

    images

    फिल्ममा अभिनेता सविन, अभिनेत्री छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व। दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म यस वर्षको दशैंमा रिलिज गरिने भएको छ । 

    निर्माण टिमले फूलपातीको अघिल्लो दिनलाई प्रदर्शन मिति घोषणा गरेको छ । फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माता रहेका छन् ।


    आश्विन १, २०७८ शुक्रवार २०:०७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सविन श्रेष्ठ

  • क्यानाडा नेपाल