श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

बेलायतमा कोरोना बिरामीहरूलाई अस्पतालबाट होटलमा सारिँदै



काठमाडौँ। कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण इंग्ल्याण्डको स्वास्थ्य प्रणालीमा दबाब बढ्दै गएको छ। अस्पतालमा बढ्दो बिरामीको चापलाई कम गर्न बेलायत संघर्षरत छ। यसै शिलशिलालाई ध्यानमा राख्दै बेलायत सरकारले कोरोना संक्रमित बिरामीहरुलाई होटलमा सार्ने योजना बनाइरहेको छ।

स्वास्थ्य सचिव म्याट ह्यान्ककले भने, ‘राष्ट्रिय स्वास्थ्य सेवाले अस्पतालमा तनाव कम गर्नका लागि विभिन्न क्षेत्रमा अवलोकन गरिरहेको छ, जसमा होटल पनि एउटा विकल्प हुन सक्छ।’ त्यसैगरी उनले भने, ‘हामी यस्ता विकल्पलाई त्यतिबेला मात्र छनौट गर्छौँ, जब बिरामीका लागि चिकित्सकीय रुपमा उचित हुन्छ। केहि केसहरूमा बिरामीहरुको गम्भीरता हेरेर अस्पतालको शैय्याको आवश्यकता महसुस भएन भने मात्र बिरामीलाई होटेलमा स्थान्तरण गर्छौँ।’

कोरोनाका कारण बेलायतको स्वास्थ्य अवस्था एकदम खराब भएको छ। कोरोनोभाइरसका कारण बेलायतमा ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस तथ्यांकका साथ बेलायत युरोपको सबैभन्दा बढी प्रभावित देशदेशहरू मध्ये एक बनेको छ।

यहाँ कोरोनाका कारण अस्पतालमा चाप बढेको छ भने बिरामीहरुका लागि अस्पताल शैय्यामा कमि आएको छ। बेलायतमा अप्रिलको तुलनामा ५५ प्रतिशत बढी कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति : माघ १, २०७७ बिहीबार  ६ : ०३ बजे