जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भने – जनयुद्ध फर्सी कुहिए झैं कुहिएको छ



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरोधीहरू आत्तिएर जे पायो त्यही बोलिरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित युवा संघको कार्यकर्ता भेलामा बोल्दै ओलीले भने – ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन्।’

उक्त भेलामा ओलीले जनयुद्ध फर्सी कुहिए झैं कुहिएको पनि बताएका छन् । उनले भने – ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने र विभाजित गर्ने प्रयास गरे पनि असफल बनाइएको उनले बताए । संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने बताउदै उनले भने – ‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ रु संविधान संकटमा पर्छ रु स्वार्थीलाई संकट पर्छ, देशलाई होइन’

भेलामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गर्दै भने – ‘न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?’
 

प्रकाशित मिति : पुस २५, २०७७ शनिबार  १२ : ०७ बजे