जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘माक्कुसे’ व्यापारमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ (भिडियो)



काठमाडौं । मानिसको जीवन निर्वाहको महत्वपूर्ण पाटो आर्थिक हो । आर्थिक रुपमा सम्पन्न हुन नसके जीवन निरश बन्न सक्छ । यसर्थ हरेक व्यक्ति आर्थिक अवस्था बलियो बनाउन चाहन्छन् । यसका लागि कोही व्यापार व्यवसाय गर्छन् त कोही नोकरी । तर, नोकरीले आर्थिक सवलीकरण गर्न सक्छ भन्ने हुँदैन । यसर्थ व्यापार र व्यवसाय हरेकको रोजाइमा पर्छ । सरकारीदेखि गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी पनि कहिँ न कहिँ प्रत्यक्ष वा परोक्ष रुपमा व्यापार व्यवसायमा संलग्न हुन्छन् । 

प्रत्येक व्यक्तिको चाहना फरक हुन्छ । आफ्नो इच्छाअनुसारको क्षेत्र मानिसले रोजे पनि आर्थिक अवस्था बलियो बनाउन व्यापार र व्यवसायमा पनि संलग्न हुन्छन् । तर, कोही नेपालको नाम विश्वमा चिनाउने इच्छाले पनि अन्तर्राष्ट्रिय बजार लक्षित व्यापार व्यवसाय गर्न चाहन्छन् । यस्तै मध्येकी एक हुन्, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ । 

अष्ट्रेलियामा अध्ययनसँगै बैंकमा काम गरेकी अनुष्कालाई नेपाली मिठाइ अन्तर्राष्ट्रियस्तरमा चिनाउने हुटहुटीले घच्घचाइरह्यो । सन् २०१९ को मिस नेपालको ताज पहिरिएपछि मिस वर्ल्डको प्रतिस्पर्धामा जाँदा नेपाललाई चिनाउने मात्रै होइन विदेशी चक्कलेट जस्तै नेपाली रैथान मिठाइलाई ब्राण्डको रुपमा विश्वबजारमा पु¥याउने चाहनाले मनलाई उद्धेलित गरायो । यसपछि नौ महिना अघि उनले सुरु गरिन्, ‘माक्कुसे’को व्यापार । 

माक्कुसे अर्थात मिठोभन्दा पनि अति मिठो खानेकुरा । नेवारी शब्द रहेको माक्कुसेको अर्थ भन्न कठिन छ । तर, यसको भाव भने सबैभन्दा मिठो हो । अर्थात धेरै मिठो खानेकुरा । निकै मिठो लागेको खानेकुरा खाँदा ‘पेट अघायो मुख अघाएन’ भनेजस्तै हो । 

जे होस्, उनले माक्कुसेको व्यापार थालिन् । माक्कुसे ’लक्जरी’ मिठाइ ब्रान्ड हो। यो ब्रान्ड अन्तर्गत गुँदपाक, पुष्टकारी र कुकिज उत्पादन हुन्छ। मौलिक रुपमा तयार पारिएको यसलाई आकर्षक प्याकेजिङ र ब्रान्डिङ गरिएको छ । जसलाई ‘लक्जरी मिठाइ’ बनाइदिएको छ। तर, यसको व्यापार थाल्नु अघि पूर्वमिस नेपाल अनुष्काले काठमाडौं उपत्यकाको विभिन्न मिठाइ पसलमा गएर जानकारी लिइन् भने घरमै पनि बनाएर सिकिन् । 

कुनै बेला काठमाडौंबाहिर लैजाने कोशेली गुँदपाक थियो । तर, केही वर्ष अघि गुँदपाकबारे सार्वजनिक समाचारले सबै झस्कायो । र विस्तारै धेरैले यसलाई बिर्सन लागेको बेला अनुष्काले मौलिक स्वादमा स्वस्थकर तरिकाले गुँदपाक र यसबाट बनेका बस्तुलाई समेटेर माक्कुसे व्यापार थालेकी हुन् । निकै स्वादिलो रुपमा तयार गरेर गरिएको आकर्षक प्याकेजिङले नेपालबाहिर पनि स्थान पाउनेमा अनुष्का विश्वस्त छिन् । 

आठ महिनाको बजार अध्ययनपछि नौ महिना अघिबाट ‘माक्कुसे’को व्यापार थालेकी उनले माक्कुसे पाँच परिकार रहेको जानकारी दिइन् । उनकाअनसार पुष्टकारी, रोजवाटर–पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, चकलेट–गुँदपाक फज कुकिज र ओट्स गुँदपाक पम्प्किन सिड कुकिज छन् । यी सबैमा नेपाली मौलिक स्वादमा रहेको अनुष्काको भनाइ छ । यी परिकार दूधबाट बनाइन्छ । र यसका लागि उनले काभ्रेको किसानसँग दूध किन्ने गरेकी छन् । 

मानव स्वास्थ्यलाई समेत ध्यानमा राखेर बनाइएको माक्कुसे सुन्दा अलि महङ्गो लाग्ने सक्ने उनी बताउँछिन् । तर, ग्राहकको स्वास्थ्य नै पहिलो प्राथमिकता पर्ने भएकाले यसमा सम्झौता गर्न नसकिने हुँदा बजार भाउको तुलनामा अलि महङ्गो लाग्ने अनुष्काको भनाइ छ । साथै लक्कजरी ब्राण्डका कारण पनि महङ्गो जस्तो देखिएको बताएकी अनुष्काकाअनुसार माक्कुसेका मिठाइको मूल्य ६ सय ४९ देखि एक हजार दुई सय ४९ रूपैयाँसम्म पर्छ। 

काठमाडौंको ठूलो भ¥याङमा कारखाना रहेको माक्कुसे २५ लाख लगानीमा सुरू गरेको जानकारी दिएकी अनुष्काले ग्राहकको स्वास्थ्य, मौलिक स्वाद, नेपाली कलालाई ध्यानमा राखेर बनाएको बताइन्  ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आइतबार  ७ : १८ बजे