• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

‘माक्कुसे’ व्यापारमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ (भिडियो)

पौष २४ २०७७
  • 2.9K
    SHARES
  • ‘माक्कुसे’ व्यापारमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ (भिडियो)

    काठमाडौं । मानिसको जीवन निर्वाहको महत्वपूर्ण पाटो आर्थिक हो । आर्थिक रुपमा सम्पन्न हुन नसके जीवन निरश बन्न सक्छ । यसर्थ हरेक व्यक्ति आर्थिक अवस्था बलियो बनाउन चाहन्छन् । यसका लागि कोही व्यापार व्यवसाय गर्छन् त कोही नोकरी । तर, नोकरीले आर्थिक सवलीकरण गर्न सक्छ भन्ने हुँदैन । यसर्थ व्यापार र व्यवसाय हरेकको रोजाइमा पर्छ । सरकारीदेखि गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी पनि कहिँ न कहिँ प्रत्यक्ष वा परोक्ष रुपमा व्यापार व्यवसायमा संलग्न हुन्छन् । 

    प्रत्येक व्यक्तिको चाहना फरक हुन्छ । आफ्नो इच्छाअनुसारको क्षेत्र मानिसले रोजे पनि आर्थिक अवस्था बलियो बनाउन व्यापार र व्यवसायमा पनि संलग्न हुन्छन् । तर, कोही नेपालको नाम विश्वमा चिनाउने इच्छाले पनि अन्तर्राष्ट्रिय बजार लक्षित व्यापार व्यवसाय गर्न चाहन्छन् । यस्तै मध्येकी एक हुन्, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ । 

    अष्ट्रेलियामा अध्ययनसँगै बैंकमा काम गरेकी अनुष्कालाई नेपाली मिठाइ अन्तर्राष्ट्रियस्तरमा चिनाउने हुटहुटीले घच्घचाइरह्यो । सन् २०१९ को मिस नेपालको ताज पहिरिएपछि मिस वर्ल्डको प्रतिस्पर्धामा जाँदा नेपाललाई चिनाउने मात्रै होइन विदेशी चक्कलेट जस्तै नेपाली रैथान मिठाइलाई ब्राण्डको रुपमा विश्वबजारमा पु¥याउने चाहनाले मनलाई उद्धेलित गरायो । यसपछि नौ महिना अघि उनले सुरु गरिन्, ‘माक्कुसे’को व्यापार । 

    माक्कुसे अर्थात मिठोभन्दा पनि अति मिठो खानेकुरा । नेवारी शब्द रहेको माक्कुसेको अर्थ भन्न कठिन छ । तर, यसको भाव भने सबैभन्दा मिठो हो । अर्थात धेरै मिठो खानेकुरा । निकै मिठो लागेको खानेकुरा खाँदा ‘पेट अघायो मुख अघाएन’ भनेजस्तै हो । 

    जे होस्, उनले माक्कुसेको व्यापार थालिन् । माक्कुसे ’लक्जरी’ मिठाइ ब्रान्ड हो। यो ब्रान्ड अन्तर्गत गुँदपाक, पुष्टकारी र कुकिज उत्पादन हुन्छ। मौलिक रुपमा तयार पारिएको यसलाई आकर्षक प्याकेजिङ र ब्रान्डिङ गरिएको छ । जसलाई ‘लक्जरी मिठाइ’ बनाइदिएको छ। तर, यसको व्यापार थाल्नु अघि पूर्वमिस नेपाल अनुष्काले काठमाडौं उपत्यकाको विभिन्न मिठाइ पसलमा गएर जानकारी लिइन् भने घरमै पनि बनाएर सिकिन् । 

    कुनै बेला काठमाडौंबाहिर लैजाने कोशेली गुँदपाक थियो । तर, केही वर्ष अघि गुँदपाकबारे सार्वजनिक समाचारले सबै झस्कायो । र विस्तारै धेरैले यसलाई बिर्सन लागेको बेला अनुष्काले मौलिक स्वादमा स्वस्थकर तरिकाले गुँदपाक र यसबाट बनेका बस्तुलाई समेटेर माक्कुसे व्यापार थालेकी हुन् । निकै स्वादिलो रुपमा तयार गरेर गरिएको आकर्षक प्याकेजिङले नेपालबाहिर पनि स्थान पाउनेमा अनुष्का विश्वस्त छिन् । 

    आठ महिनाको बजार अध्ययनपछि नौ महिना अघिबाट ‘माक्कुसे’को व्यापार थालेकी उनले माक्कुसे पाँच परिकार रहेको जानकारी दिइन् । उनकाअनसार पुष्टकारी, रोजवाटर–पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, चकलेट–गुँदपाक फज कुकिज र ओट्स गुँदपाक पम्प्किन सिड कुकिज छन् । यी सबैमा नेपाली मौलिक स्वादमा रहेको अनुष्काको भनाइ छ । यी परिकार दूधबाट बनाइन्छ । र यसका लागि उनले काभ्रेको किसानसँग दूध किन्ने गरेकी छन् । 

    मानव स्वास्थ्यलाई समेत ध्यानमा राखेर बनाइएको माक्कुसे सुन्दा अलि महङ्गो लाग्ने सक्ने उनी बताउँछिन् । तर, ग्राहकको स्वास्थ्य नै पहिलो प्राथमिकता पर्ने भएकाले यसमा सम्झौता गर्न नसकिने हुँदा बजार भाउको तुलनामा अलि महङ्गो लाग्ने अनुष्काको भनाइ छ । साथै लक्कजरी ब्राण्डका कारण पनि महङ्गो जस्तो देखिएको बताएकी अनुष्काकाअनुसार माक्कुसेका मिठाइको मूल्य ६ सय ४९ देखि एक हजार दुई सय ४९ रूपैयाँसम्म पर्छ। 

    काठमाडौंको ठूलो भ¥याङमा कारखाना रहेको माक्कुसे २५ लाख लगानीमा सुरू गरेको जानकारी दिएकी अनुष्काले ग्राहकको स्वास्थ्य, मौलिक स्वाद, नेपाली कलालाई ध्यानमा राखेर बनाएको बताइन्  ।


    पौष २४, २०७७ शुक्रवार १३:०३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुष्का श्रेष्ठ
  • अर्कोसमाचार

    बङ्गलादेशबाट नेपाल आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

    श्रावण १४

  • 238
    SHARES
  • बङ्गलादेशबाट  नेपाल आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

    वीरगञ्ज। बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

    जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो । उहाँका अनुसार शुरुमा बङ्गलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मलबाहेक थप दुई हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो ।

    दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउन महिनाभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भए पनि अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नदेखिने प्रबन्धक केसीले राससलाई भन्नुभयो ।

    अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानलाई यस वर्ष समयमा मल पाउँदा र चाँडै रोपाइँ शुरु भएकाले पर्सा जिल्लामा यस वर्ष ३० प्रतिशतले बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ सुरेशप्रसाद चौरसियाले बताउनुभयो ।

    नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया, डिएपी र पोटास मल मौज्दात अवस्थामा रहेको छ । उक्त मल पहिलो चरणको धान खेतीका लागि पर्याप्त भएको देखिन्छ । सो कार्यालयले आफ्ना १३१ जना थोक बिक्रेतामार्फत सिधै किसानसम्म मल पु¥याउने गरेको छ । एक पटकमा एक थोक बिक्रेतालाई बढीमा एक पटकको लागि १३० बोरासम्म मल दिने गरेको छ । सो मल बिक्रेताले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नुपर्ने प्रावधान रहेको छ । कतिपय बिक्रेताले मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम माग्ने गरेकाले बढी खर्चको बहानामा किसानलाई चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप छ ।

    धान लगाउने सिजन शुरु भएपछि किसानलाई सोझै कार्यालयले मल उपलब्ध नगराई थोक बिक्रेतामार्फत मल उपलब्ध गराउने गरेकाले चर्को मूल्यमा मल खरिद गर्न बाध्य रहेको रामगढवाका किसान विजय पण्डितको गुनासो छ । पर्सा जिल्लामा ९० प्रतिशत किसानले धानखेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । चौध स्थानीय तह रहेको जिल्लामा हालसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।रासस


    श्रावण १४, २०७८ बिहिवार १२:५४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मल
  • लगातार नयाँ कीर्तिमान बनाएको नेप्सेमा आज दोहोरो अङ्कको गिरावट

    श्रावण १४

  • 246
    SHARES
  • लगातार नयाँ कीर्तिमान बनाएको नेप्सेमा आज दोहोरो अङ्कको गिरावट


    काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।    

    नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ । 

    कूल २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता रु १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी रु २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स रु २४ करोड ७५ लाख आठ हजार ४९ र रिडी हाइड्रो पावरको रु २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् । त्यस्तै गुडविल फाइनान्स ७.३३, माउण्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।रासस  


    श्रावण १४, २०७८ बिहिवार १८:२०:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको अर्थमन्त्री शर्माको दाबी  

    श्रावण १४

  • 262
    SHARES
  • आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको अर्थमन्त्री शर्माको दाबी  

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति ल्याउन रोक्न निर्देशन दिने अधिकार आफूसँग नरहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । 

    मौद्रिक नीति ल्याउन आफूले अवरोध नगरेको बताउदै उनले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले  त्यस्तो निर्देशन दिने अधिकार आफूसँग नरहेको बताए ।

    उनले आफूले राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको बताए । 

     


    श्रावण १४, २०७८ बिहिवार २०:५५:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    श्रावण १६

  • 200
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । शनिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा तोकिएको छ।  

    एक युरोको खरिददर १ सय ४१रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ६१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ३२ पैसा तोकिएको छ। 

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८९ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १० पैसा रहेको छ । 

     


    श्रावण १६, २०७८ शनिवार ०९:५०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार   

    श्रावण १६

  • 196
    SHARES
  • साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार   

    काठमाडौँ। लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । 

    साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भयो । सबै दृष्टिकोणबाट हेर्दा साताभर शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो । 

     यस्तै आर्थिक वर्ष २०७७-७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो । गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ ।  शेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस टे«ण्ड’ को दबदबा कायमै छ । सोही कारण पनि हरेकजसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो ।

    कूल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको थियो । कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भएको थियो । आइतबार उच्च अङ्कले बढेको कारोबार मापक नेप्से परिसूचक सोमबार ८.२४ बिन्दुले ओरालो लाग्यो ।

    त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा झरेको थियो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको थियो ।

    कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रही रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । सोमबार कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर, माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको थियो । 

    नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन बजार पूँजीकरण रु ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुग्यो । लगानीकर्ताको ध्यान विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखियो ।    
        
    मङ्गलबार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ बिन्दुले बढेर ५७४.३० मा पुगेको थियो । कूल २२५ कम्पनीका तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।  

     कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्न निर्देशिका जारी गरेपछि त्यसदिन बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ बिन्दुले घटेको थियो ।  कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको रु ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

    बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुग्दा तीन हजार १०० को बिन्दुको यात्रा तय ग¥यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद बिक्री भए ।    
        
    कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुग्यो । यो पनि हालसम्मकै उच्च अङ्क हो । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लाग्यो । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रही रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोबार भयो । बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लियो ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ कायम भयो ।  कूल २१७ कम्पनीका दुई करोड ६० लाख ४० हजार २३ कित्ता रु १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढ्यो ।    

    कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१.१२ प्रतिशतले सम्पत्ति थपियो । यस्तै नेपाल हाइड्रो डेभलपर २८.३४, ङादी ग्रुप अफ पावर २७.२२, हिमालयन ऊर्जा विकास कम्पनी २६.७२ र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५.९९ प्रतिशतले आर्जन गरे ।    
     
    त्यस्तै सिटिजन म्युचुअल फण्ड दुई ५.२१, एनआइसि एशिया ग्रोथ फण्ड ४.३४, सिभिल लघुवित्त ३.७६, ग्लोबल आइएमइ समुन्नत स्किम एक ३.७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३.६५ प्रतिशतले कमाए । रासस   


    श्रावण १६, २०७८ शनिवार १६:१०:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से
  • आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    श्रावण १७

  • 240
    SHARES
  • आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    काठमाडौं । शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८९ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १० पैसा रहेको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा तोकिएको छ।  

    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ३२ पैसा तोकिएको छ। 

    एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ६१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।


    श्रावण १७, २०७८ आइतवार ०७:२३:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर