श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

प्रचण्डको भारत यात्रा : एक तीर दुई शिकार 



तस्बिर : दलबहादुर जिसीको फेसबुकबाट

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत प्रस्थान गरेका छन् । प्रतिनिधि सभा विघटन पश्चात नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका बेला उनी पत्नी सीताको उपचारका लागि भारत प्रस्थान गरेका हुन् । 

लामो समयदेखि पार्किन्सनजस्तो देखिने गम्भीर रोगबाट पीडित सीताको उपचारका लागि सोमबार बिहान ११ बजेको उडानबाट प्रचण्ड पत्नीसहित भारत प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

‘नेकपा विभाजन रोक्न प्रचण्डले भारतसहित युरोपेली मुलुक गुहारे’ ‘नेकपा विभाजन रोक्न प्रचण्डले भारतसहित युरोपेली मुलुक गुहारे’

यसअघि आइतबार आफू समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नीको उपचारका लागि आफू भारत जान लागेको जानकारी गराएका थिए । केही दिन अघि पनि मेडिसिटी अस्पतालमा उपचार गराउन सीता पुगेकी थिइन् । तर, उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको भन्दै थप उपचारका लागि उनलाई भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।

एक तीर दुई शिकार

मुलुकमा राजनीतिक संकट गरिएका बेला भएको प्रचण्डको भारत यात्रालाई कतिपयले उपचार बाहेक राजनीतिक रणनीतिसँग पनि जोडुेर हेरेका छन् । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भारतसहितका मुलुकहरुले प्रतिक्रिया नजनाएको भन्दै प्रचण्डले गुनासो गरेका थिए । 

कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’सँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमको भारतसहितका मुलुकहरुले प्रतिक्रिया नजनाएको गुनासो गरेका थिए । उनले संसद् पुनर्स्थापितको आफ्नो आन्दोलनमा भारतको सहयोगको अपेक्षा गरेको टिप्पणी भइरहेका बेला सोमबार भारत प्रस्थान गरेसँगै यसलाई महत्वको साथ हेरिएको छ । 

प्रचण्ड–नेपाल समूह त्रासमा  प्रचण्ड–नेपाल समूह त्रासमा 

चीनले पार्टी एकतामात्रै जोड दिए पनि आफूहरुको आन्दोलन र मागबारे चासो नदिएको निष्कर्ष निकालेको प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड भारतमा रहँदा केही राजनीतिज्ञसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिए । 

 मुलुकको राजनीतिक, समसामयिकसहित आफूहरुको आन्दोलनलगायतका विषयमा प्रचण्डले छलफल गर्ने बताइएको छ । यद्यपि प्रचण्डको सचिवालयले भने प्रचण्डको उपचारबाहेक राजनीतिक कार्यक्रम नरहेको बताएको छ । 

 

प्रकाशित मिति : पुस २०, २०७७ सोमबार  ५ : ३४ बजे