मंगलबार
२३ असार
२०७७

भारतीय राजदुतलाई देउवाले फोन गरेर भने: लिपुलेक र कालापानी हाम्रै भूमि हो

बिहीबार कार्तिक २१, २०७६/ Thursday 11-07-19

काठमाडौ । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध चलिरहदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदुत लाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् ।

कांग्रेस प्रवत्ता विश्व प्रकाश शर्माका अनुसार सभापति देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर भारतले जारी गरेको नक्सा बारे छलफल गर्दै आफ्नो पार्टीको धारणा सुनाएका छन् । देउवाले कांग्रेसलाई भारतले जारी गरेको नक्साप्रति आपत्ति रहेको कुरा जनाउदै आफ्नो पार्टीको तर्फबाट धारणा जानकारी दिएका छन् । साथै यो विषयलाई चाडै नै भारत र नेपाल बीच छलफल बीच सुल्झाउने आशा पनि प्रकट गरेका छन् ।

 

यो पनि पढ्नुहोस:  प्रधानमन्त्री ओलीले बन्द गरिदिए भारतीय राजदूतको भेटघाट

                           भारतले जारी गरेको नक्सा स्वीकार्य छैन, यस विरुद्द एक जुट हुनपर्छ : प्रचण्ड

 

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको बताएका छन् ।

शेरबहादुर देउवाले भारतीय राजदुतलाई लिपुलेक र कालापानी नेपाली भूमि नै रहेको कुरा जानकारी गराउदै नया नक्साका कारण आएको विवादलाई चाडै टुंगो लगाईयोस भनि आफ्नो धारणा व्यक्त गरेको जनाइएको छ । यस विषयमा भारतीय राजदुतबाट के जवाफ आयो भन्ने बारे उल्लेख गरिएको छैन ।