काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ । संसद विघटन भएको १० दिनपछि उनीहरुबीच कुराकानी भएको हो ।
स्वास्थ्यमा खराबी आएपछि प्रचण्डकी पत्नी सीता दाहाल बुधबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छन् । उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डसँग सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले टेलिफोनमा आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेका छन् । संसद विघटन भएपछि दुईबीच कुनै कराकानी भएको थिएन ।
प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्यस्थिति बुझ्न अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवासकुमार नेम्वाङलाई मेडिसिटी अस्पताल पठाएको जनाइएको छ ।
प्रतिक्रिया