• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

इजरायलमा तेस्रो चरणको लकडाउन सुरु गरिने

पौष ९ २०७७
  • 2.1K
    SHARES
  • images
    images
    इजरायलमा तेस्रो चरणको लकडाउन सुरु गरिने

    जेरुसेलम, ९ पुस – कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

    images

    प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ ।

    इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ । लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने भएको छ ।

    सवै व्यवसायीक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भएपनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन् । काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने जनाइएको छ ।सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनका बेलामा पुर्व प्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने भएको छ । सिन्ह्वा 


    पौष ९, २०७७ बिहिवार २१:११:४४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # लकडाउन
  • # इजरायल
  • अर्कोसमाचार

    उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

  • 282
    SHARES
  • उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

    प्योङयाङ - उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ । 

    images

    यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । 

    अन्तर्राष्ट्रिय प्रतिबन्धकाबाबजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्र उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए । उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो ।

    अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो । ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने । 

    कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् । उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएका छन् । एजेन्सी
     



    कार्तिक २, २०७८ मंगलवार ०८:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया

  • क्यानाडा नेपाल

    तालिवानलाई खुला पत्र लेख्दै मलला युसफजाईले भनिन् - किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

  • 242
    SHARES
  • तालिवानलाई खुला पत्र लेख्दै मलला युसफजाईले भनिन्  - किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

    इस्लामावाद - नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अफगानिस्तानका तालिवानलाई अनुरोध गरेकी छिन् । तालिवानलाई एक पत्र लेख्दै युसफजाईले अनुरोध गरेकी हुन् । उनलाई पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो । 

    images

    दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका छन् । छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन् ।  सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवान अधिकारीहरुले बताउँदै आएका छन् । 

    ‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरुको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरुले  प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ । 

    किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ । ‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार ०९:११:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तालिवान

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ३ लाख २६ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 548
    SHARES
  • विश्वभर एकैदिन ३ लाख २६ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २६ हजार २६ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड १८ लाख ४० हजार ३ सय ७६ पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाख १९ हजार ४ सय ४८ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ३ सय ६४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २१ करोड ९१ लाख १४ हजार ६ सय ७४ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ४५ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ५८ लाख ८१ हजार ७ सय ६७ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ५५ लाख १ हजार ८ सय ६ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ६ लाख ३ हजार ५ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ करोड १६ लाख ५१ हजार ९ सय १० पुगेको छ ।

    ddd.PNG


    कार्तिक २, २०७८ मंगलवार ०९:३४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

  • 186
    SHARES
  • उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

    उत्तराखण्ड - भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् ।

    images

    तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

    पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए ।  

    उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी


    कार्तिक २, २०७८ मंगलवार १४:०१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पहिरो

  • क्यानाडा नेपाल

    बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी 

  • 190
    SHARES
  • बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी 

    ढाका - बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

    images

    पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।  

    दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।एजेन्सी


    कार्तिक २, २०७८ मंगलवार १५:१२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • क्यानाडा नेपाल

    राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

  • 208
    SHARES
  • राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

    ढाका - बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

    images

    रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

    बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

    प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघ

  • क्यानाडा नेपाल