काठमाडौँ । ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको स्वरमा रहेको ‘म जुन बनिदिन्छु’ बोलको रोमान्टिक गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत र गोपाल लोहारको शब्द रहेको छ ।
रंजित गजमेरले नै गीतलाई संगीत संयोजन गरेको गीतको भिडियोमा इन्ज़मम अली खान र जानकी थापाको अभिनय रहेको छ ।
ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोको कोरियोग्राफी रोहिया महर्जन, छायांकन दिर्घ गुरुङले गरेका हुन्। जसको सम्पादन विकाश दहालले गरेका हुन् । भिडियो श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार भएको हो ।
प्रतिक्रिया