काठमाडौं – बिहिबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने जनाइएको छ ।
आजको बैठकमा मंगलबार जारी गरिएको अध्यादेश खारेजी लगायतका विभिन्न एजेण्डामा छलफल हुने स्रोतले जनाएको छ ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नै फिर्ता गर्ने सहमती भएको थियो ।आजको बैठकमा यसै बिषयलाई लिएर छलफल हुने बताइएको छ ।
प्रतिक्रिया