श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

संवैधानिक परिषद् बैठक फेरि स्थगित, मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित गरिएको छ ।

सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या नपुगेसँगै संवैधानिक परिषद् बैठक स्थगित भएको हो । मंगलबार बिहानको बैठक स्थगित गरिएपछि बेलुका ५ बजे पुनः बोलाइएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद् बैठकमा अनुपस्थित हुँदै आए पनि मंगलबारको बैठकमा भने सहभागी भएका थिए ।

तर, मंगलबार सभामुख सापकोटा भने अनुपस्थित भए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग सल्लाह नगरेको र आवश्यक गृहकार्य नगरेको भन्दै सभामुख सापकोटा बैठकमा अनुपस्थित भएका हुन् । 

विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिको निम्ति बैठक बसाउने प्रधानमन्त्रीको दोस्रो प्रयास विफल भएको हो। 

sambaidhanik parisad.jpg 1.jpg

संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठकमा अध्यक्षसहित अन्य चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। परिषद्मा सदस्य रहेका प्रधानन्यायाधीश, प्रतिनिधिसभामा विपक्षी दलका नेता र राष्ट्रिय सभाका अध्यक्ष बिहान बालुवाटार पुगेका थिए।

यसैबीच संवैधानिक परिषद्को बैठक बस्ने नसकिरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको बताइएको छ । सोमवार नियमित बैठक नभएकाले मंगलबार आकस्मिक बैठक बोलाइएको छ ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार  ५ : ३० बजे