काठमाडौं – सरकारले स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने भएको छ । बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय भएको बताए ।
उनले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको बताए ।
जसमा रीकोट अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँ रहेका छन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा पे्रमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण ९क्लष्टर० तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने र राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया