जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशका यी स्थानमा हिमपात 



काठमाडौं । अहिले देशमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि रहनेछ भने बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रहनेछ।   

आज दिउँसो पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। 

त्यस्तै गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै आज राति पनि पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने अन्य भू-भागमा आंशिक वदली रहनेछ । 

त्यस्तै ण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ। 
 

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  २ : २८ बजे