काठमाडौं – सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाको कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको जनाइएको छ ।
त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड संक्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो । ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो ।
प्रतिक्रिया