जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेखा थापाले भनिन्, ‘लोभ र मोहरहित विप्लव सत्तामा पुगेर काम गरेको हेर्न चहान्छु’



काठमाडौं । अभिनेत्री रेखा थापाले प्रतिबन्धित् नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी छन् । एपीवान टेलिभिजनको ‘ग्ल्यामर गफ’मा प्रकाश सुवेदीसँगको कुराकानीमा उनले नेता विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी हुन् । 

सुवेदीले पुष्पकमल दाहाल प्रचण्ड र विप्लवमध्ये एक जना मन परेको व्यक्ति छान्ने भनेपछि अभिनेत्री रेखाले विप्लवलाई छानेकी हुन् । 

विप्लवलाई आफू छान्नुको प्रष्टिकरण दिने क्रममा रेखाले विप्लवले सत्तामा रहेर काम गरेको हेर्ने चाहना रहेको बताएकी हुन् । विभिन्न कलाकार तथा सामाजमा प्रतिष्ठित व्यक्तिहरुलाई छान्न लगाएका सुवेदीले प्रचण्ड र विप्लव मध्ये एकलाई रोज्न भनेपछि उनले विप्लव रोजिन् । 

rekha.PNG

माओवादीबाट राप्रपामा प्रवेश गरेकी अभिनेत्री विप्लवको पार्टीमा आवद्ध भएको चर्चा केही समय अघि चलेको थियो । यही चर्चालाई स्पष्ट पार्न घुमाउरोपारामा सुवेदीले उनीमाथि प्रश्न गरिरहेका थिए । 

प्रचण्ड सत्तामा पुगेर आफ्नो क्षमता देखाइसकेको भन्दै उनले विप्लव पनि सत्तामा पुगेर काम गरेपछि मात्रै राम्रो नराम्रो भन्न सकिने भएकाले उनको सत्तरोहण हेर्ने इच्छा रहेको बताइन् । 

हाल विप्लव भूमिगत रहेका छन् । विप्लवसँग सम्पर्क हुन्छ भन्ने प्रश्नमा रेखाले भनिन्, ‘हुँदैन । प्रचण्डजीहरुसँग हुँदा भेट भएको थियो । अहिले उहाँ भूगिमत हुनुहुन्छ ।’ देश र जनताका लागि भन्दै भूमिगत रहेका विप्लव लोभ र मोहरहित रहेका रेखाको भनाइ छ । 

प्रकाशित मिति : आश्विन २५, २०७७ आइतबार  १० : ०० बजे