जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिलन नेवार र राजनराज सिवाकोटीको ‘ताल्चा लगाउ’ सार्वजनिक 



काठमाडौं । गायिका मिलन नेवार र राजनराज सिवाकोटीले आफ्ना दर्शक र स्रोताका लागि नयाँ म्युजिक भिडियो ल्याएका छन् । शुक्रबार उनीहरुको ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

सो गीतमा गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको स्वर रहेको छ । उक्त गीतनमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ । निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । 

 

मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ

 

मिलन नेवार आफैंमा स्थापित गायिका हुन् भने राजनराज पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्काे हिट गीत दिएका सर्जक हुन् । यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘ताल्चा लगाउ’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् । 

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ९ : २२ बजे