• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

कोरोना, म र अनुभूति 

आश्विन १३ २०७७
  • 13.8K
    SHARES
  • कोरोना, म र अनुभूति 

    एसिया महादेशको पूर्वी क्षेत्रमा अवस्थित चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना कहरले सुरुवाती दिनमा छिमेकी मुलुकलाई आफ्नो चपेटामा पार्नु भन्दापहिला  यूरोप, आमेरिका साथै मध्ये एशियामा  प्रभुत्व जमाएको पाइयो । हालसम्म प्रशासित क्षेत्रसहित दुई सय १३ मुलुक तथा दुई पानी जहाज  यस  महामारीको संक्रमणबाट गुज्रिरहेको पाइन्छ । यसका पछाडि थुप्रै कारण हुन सक्दछन्, जस्तोकि  चिनियाँहरुको यूरोपेली र अमेरिकी  साथै मध्ये एशियाली मुलुकसँग कस्तो सम्बन्ध रहेछ भन्ने पुष्टि हुन आउँछ । हुनत यसका पछाडि  अन्य  अनुत्तरित प्रश्नहरु अझै प्रशस्त बाँकी छन् । खैर यस महामारीले संसारलाई जस्तो प्रभाव पारिरहेको छ यस्तो भिशम्  परिस्थितिमा हामी नेपालीलाई  यसको प्रभाब नपर्ने भन्न सकिने  आधारभूत  कारण  हुनै  सक्दैन थियो । फलस्वोरूप  कोरोना महामारीमा ढिलो चाडो हामी पनि आमेरिका, इटाली ,स्पेन वा अरबि राष्ट्रहरुले भोगेको दुखान्त अवस्तामा  नपुगिएला भन्न सक्ने हामी संग कुनै कार्य तालिका छैन । 

    २०७६ माघ  ०९ गते नेपालमा पहिलो पटक कोभिड–१९ पोजेटिभ केश  नेपाल सरकारले पुष्टि गरेको थियो । यसलेख लेखेका बखतसम्म ७४ हजार ७४५ जना संक्रमित छन् भने ४८१ जनाको देहावसान भएको साथै ५४ हजा ६४० जना संक्रमणमुक्त भएका सरकारी तथ्यांक  रहेको छ। संसारले  यस्तो कहालीलाग्दो महामारी खेपिरहेको अवस्तामा म भने कसरी अछुतो रहन सक्थे होला ? त्यस माथि स्वास्थ्यकर्मी पारिवारिक परिस्थितिमा । शनिबारको दिन थियो हामी सधाझैँ बिहानै फुर्तिकासाथ मर्निङ वाकमा गएको बेला एक्कासी उनीले आज अस्पताल जानु पर्यो, धेरै दिन भयो नगएको भनि मसँग सहमति मागिन्, मैले पनि  फिस्स मुस्कानसहित मौन समर्थन जनाई दिएँ । त्यसँंगै उनी निकै चुस्तीका साथ खानाखाइ अस्पताल लागिन् । सधाझैँ साँझको करिब ५ बजे हाम्रो भेट भयो । भेट हुना साथ मैले उनलाई कोरोनाको अवस्था कस्तो छ अस्पताल  तिर भनि प्रश्न गरँ ।  

    उनले उत्तरमा आफ्ना केहि सहकर्मी साथीलाई कोरोना पोजेटिभ भएको अत्यन्तै मार्मिक र डरलाग्दो अवस्थाबारे चित्रण गरिन् । तुरुन्तै मैले प्रति प्रश्नमा ति मित्रसँग उनको  दूरिका  सम्बन्धबारे सोधेँ । उनीले कुनै यकिन उत्तर दिन सकिनन्  । त्यसै  क्रममा चिया पिउँदै गर्दा मेरा नजर उनका नयनमा गई अडिए । किन हो कुन्नि सदाभन्दा आँखा रसिला थिए । मैले दिल्लगी गर्दै  कतै तिमीले कोरोना लिएर त आएनौ भनि सोधेँ । उनले हल्का टाउको दुखेको कुरा मलाई सुनाइन् । मैले धेरै दिनपछि  काममा गएर होला भन्ने सहज उत्तर दिएँ । त्यस पश्चात करिब रातको ९ बजे खाना खाँदा शिर साथै हात खुट्टाका जोर्नी पनि दुखिराखेको जानकारी गराइन् । र खान पनि सादा भन्दा कमै खाइन् । मैले उनको ज्वरो नापे ९९.४ डिग्री थियो, जुन सामान्य हो । अकास्मात् नाकबन्द भई रुघा लागेजस्तो उनलाई साथ साथै मलाई पनि सुरु भयो र हामी आ–आफ्नो मोबाइलमा गुगल र यूटूब खोली  कोरोंनाका लक्षणबारे अध्यन गर्न थाल्यौँ ।  

    हाम्रो मनोदशाले होला सम्पुर्ण रोगको लक्षण मिलेको पायौँ  र बोइलरमा तातो पानी तताउन थालेँ । तातोपानी र सन्चोको वाफ पालै पालो लिन थालियो । हामीसँग थुप्रै प्रश्नका उत्तर थिए, कोरोना केही हैन, यो सामान्य फ्लू  हो, स्वास्थ्य जीवनशैली अपनाए यो रोग आफैँ बिसेक हुन्छ भन्ने मनलाई  सान्त्वना दिलाउने तर्क हुँदाहुँदै पनि हामीबीच मौनता छाएको थियो । सायद यसै मौनताले हाम्रो ज्ञानको परिचय दिरहेको हुँदो हो । समय समयमा  दुबैजना आआफ्नो ज्वरो नाप्थ्याँ,ै  रातको करिब १ बजेतिर उनको ज्वरो १०१ डिग्री भयो भने मेरो ९९ डिग्री जति थियो । अब भने हामी यस संक्रमणबाट संक्रमित भएको स्वपुस्टि गर्यौं ।  मनमा भने अनेक तर्क वितर्क  खेलिरहेका थिए । मानिस मृत्यु पूर्व सायद उसको मृत्युलाई  समाजले कुन दृष्टिकोणले हेर्छ भन्नेमा चिन्तित हुँदो रहेछ । त्यसैले होला हामी कोरोनको संक्रमण भन्दा समाजले हामीलाई हेर्ने दृस्टीकोण तर्फ हाम्रो बढी ध्यान केन्द्रित  भएको मैले अनुभव गरेँ । हामीलाई  त्यस कहालीलाग्दो रात बर्सौ वर्ष बिते जस्तो लग्यो र रातभर अनिन्द्रित  स्वप्नशिल  संसारमा रम्ने कोशिश गरि बित्यो । 

    लकडाउनको प्रभावले होला मिर्मिरे बिहानीमा चाराचुरुङ्गीको  चिर्रबिराट प्रशस्त मात्रामा सुन्न पाइन्छ ।  तर, आज किन हो शरीरमा  फुर्ती भने पटकै थिएन । मर्निङवाकमा जान, न चिया, न खाना नै खान मन लाग्यो, फगत तातो पानीको वाफ र तातै पानी पिई बसियो मध्याह्नपछि ज्वरो स्वतः  आफै कम भयो तर पनि मनमा त्रास भने कायम नै थियो । अन्य छर छिमेकीसँग गफ गर्न मन नै मानेन, सायद समाजको डरले हो वा आफ्नै ज्ञानले यसको उत्तर मैले पाउन सकिन । तर जे गरियो ठिकै गरियो भन्ने लाग्दछ ।  

    हामी कोरोनबाट  संक्रमित  थियौँ वा थिएनौँ, हामीलाई थाहा भएन, किनकि हामीले कुनै परीक्षण गराएका थिएनौँ । तर कोरोनाप्रतिको दृष्टिकोण भने अवस्य बद्लिएको छ । कोरोनाका कारण मानिसको मृत्यु हुनुभन्दा यस रोगप्रतिको सामाजिक दृष्टिकोण सायद मृत्युमा बढि मद्दत पुग्दछ जस्तो लाग्छ  । यस दृष्टिकोण निर्माण हुनुमा काहीँ न काहीँ विश्व स्वास्थ्य संगठन र सरकारको नै प्रमुख भूमिका रहेको छ । किन यस महामारीलाई अन्य महामारी सरी सामान्य नजरले हेरिएन ? किन यस रोगलाई अतिरञ्जित गरियो होला ? के स्वास्थ्य क्षेत्र बाहेक अन्य सम्पुर्ण  जगह बन्द गरिनु यस रोगप्रतिको रामवाण ओखती  हो त ? यी र यस्ता कैयौँ प्रश्न मेरा मन र मस्तिष्कमा सधैँ खेलिरहन्छन् । तर उत्तरमा भने केवल मौनताको प्रश्न चिन्ह खडा  भइ दिन्छ।।


    आश्विन १३, २०७७ मंगलवार १७:३३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    नायिका प्रियंका कार्कीको व्यवहार चिडियाखानामा राख्न लायक : लोकगायक प्रकाश कटुवाल

    भाद्र १५

  • 1.3K
    SHARES
  • नायिका प्रियंका कार्कीको व्यवहार चिडियाखानामा राख्न लायक : लोकगायक प्रकाश कटुवाल

    अस्टे्रलिया बाट नेपाल फर्कने क्रममा प्रियंका कार्कीको व्यबहार देख्दा म्युजियममा राखौ कि चिडियाखानामा राखौ दोधार गरायो ?? घट्ना विवरण ———— म अस्ट्रेलिया बाट Ntv tv श्यामसुन्दर गिरि ज्युको प्रोग्राम सकेर नेपाल फर्कने क्रममा थिए । बोडिङ्ग काड लिने क्रममा म भन्दा अगाडी प्रियंका कार्की ज्यु र उहाँको एक साथी पनि हुनुहुदो रहेछ मैले देखे पुरै छ्टपटाई रहनु भएको थियोे कता कता मनले मानेन मलाई एअरपोर्ट पुराउन जानुहुने शिव बन्जरा दाइलाई सोध्नलगाए के भयो भन्नू भयो अनि उहाँले भन्नू भयो लगेको सामान बढी भयो अनि मैले सोचे मेरो लगेज 30 kg को हो मेरोमा सामान लान मिल्छ भने र उहाँको सामान मैले एउटा् मेरो नाउमा लगेज गरे

    अर्को एउटा् हेन ब्याग गरेर उहाँको सामान Hongkong टान्जिट गरेर नेपाल सम्म लेर आए आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्ट सम्म उहाँको सामान सुर्छित ल्याए र उहालाई भने मेरो लगेज खाली गर्दिनुस मलाई लिन साथी आको छ धेरैबेर भयो कुरिरहेको छ म जान्छु भने अनि उहाले मेरो लगेज बाट सामान पनि खोल्नु भयो तर उहाँको लगेज मा धेरै बेर कुराउनु भयो सामान सार्नु भएन अनि मैले सोधे सामान हजुरको लगेजमा सार्नुन भने अनि उल्टै मलाई गाली गरेजसरी उहाँ अगाडी लाग्नु भयो र भन्नू भयो सुन्नु भएन म अगाडि जादैछु लेर आउनुस भने पछी मलाई लाग्यो मैले धेरै नै गुन गरे

    अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरैनै अगाडी पुगि सक्नु भएको थियो र उहाँको सामान अस्ट्रेलिया बाट पो नेपाल लेर आउन सहयोग गरे अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो र मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्र्नै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आए – प्रकाश कटुवालको फेसबुकबाट

    \"\"


    भाद्र १५, २०७६ आइतवार १९:२७:०० बजे : प्रकाशित

    प्रधानमन्त्रीले अब दोस्रो पुस्तालाई भारी बिसाउनु पर्छ

    भाद्र २४

  • 2.2K
    SHARES
  • प्रधानमन्त्रीले अब दोस्रो पुस्तालाई भारी बिसाउनु पर्छ

    नारायण गाउँले । प्रधानमन्त्री जस्तो व्यक्तिले ’मलाई मरोस् भन्नेहरूको इच्छा पूरा हुँदैन, म धेरै बाँच्छु’ जस्तो निकृष्ट अभिव्यक्ति नदिएको भए हुने हो । उहाँले विपक्षी दललाई मात्रै होइन आफ्नै सहकर्मीहरूलाई समेत प्रधानमन्त्रीको मृत्यु कुरिरहेको जस्तो शैलीमा सम्बोधन गर्नुभयो । कुनै पनि देशको प्रधानमन्त्रीले यति सस्तो र निम्छरो आरोप शायदै लगाउँदो हो ।

    ’आफ्नो स्वास्थ्य सामान्य रहेको र उपचार गर्न डेढ़ साताका लागि सिङ्गापुर जान लागेको’ उहाँको भनाइ छ । सामान्य स्वास्थ्यको परीक्षणकै निम्ति त्यति लामो विदेश भ्रमण पक्कै पनि नहुनु पर्ने हो । भर्खरै उहाँ लामो सिङ्गापुर बसाइबाट फर्किनुभएको हो । आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे जनतामा आमचासो र जिज्ञासा हुन्छ नै । उहाँ फर्किँदा गाड़ी र मान्छेको लामो लावालस्कर र तामझाम देखियो तर उहाँले स्वास्थ्यबारे सोधिएका कुनै प्रश्नको जबाफ दिनुभएन । न सरकारले नै दियो । कहिले फर्किने भन्नेसम्मको सूचना पनि दिइएन । यसरी सूचना लुकाउनु पर्ने जरूरी किन पर्यो होला ?

    उहाँको स्वास्थ्य स्थिति सामान्य छैन भन्ने चर्चा यसबीच पनि चल्यो । देशबारे खास सोच्न नभ्याए पनि उहाँले पार्टीको शक्तिसन्तुलन मिलाउन भ्याउनुभयो र पूर्वराजा ज्ञानेन्द्र र अन्य गणतन्त्रविरोधीहरूलाई गाली गर्न भ्याउनुभयो । यो सरकार बनेदेखि पहिलोपल्ट बोलाइएको सर्वदलीय बैठक पनि देशका अन्य एजेन्डामा नभएर गणतन्त्र टिकाउने कुरोमैं केन्द्रित थियो । अर्का अध्यक्ष दाहालको त पूरै ध्यान ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्नेतिर रह्यो ।

    जहाँ सबैभन्दा राम्रो हुन्छ त्यहाँ नै उपचार गर्ने सबैको चाहना हुन्छ । प्रधानमन्त्रीको उपचारबारे मेरो टिप्पणी छैन । लाग्छ, यतिबेला उहाँलाई आरामको जरूरी छ । उहाँले एउटा नेताका रूपमा गर्न सकिने धेरै कुरा गरिसक्नुभयो । प्रजातन्त्रका निम्ति लड्नुभो । जेल बस्नुभो । गणतन्त्रका निम्ति लड्नुभो । एकीकरण गरेर एउटा विशाल कम्युनिस्ट पार्टी बनाउनुभो । पार्टीलाई कसैले नसोचेको प्रचण्ड बहुमत दिलाउनुभो । दुई पल्ट प्रधानमन्त्री पनि बन्नुभो ।

    रातदिन खटिनुपर्ने र ठूलो धपडी हुने यो प्रधानमन्त्रीको भारी अब दोस्रो पुस्तालाई थमाएर उहाँले संरक्षकको भूमिका निर्वाह गरे पनि हुने हो जस्तो लाग्छ । पार्टी र प्रधानमन्त्रीका शुभचिन्तकले समेत उहाँलाई यस्तै सुझाब दिनुपर्ने हो । तर यस्तो सुझाबलाई आक्रमणको रूपमा लिने पनि धेरै होलान् । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।


    भाद्र २४, २०७६ मंगलवार १९:३२:०० बजे : प्रकाशित

    प्रचण्ड पुत्री गंगा दाहाललाई खाडीबाट एक युवककाे प्रश्न– माओवादी लडाकुबाट असुलेको पैसा खोइ ?

    भाद्र २४

  • 2.4K
    SHARES
  • प्रचण्ड पुत्री गंगा दाहाललाई खाडीबाट एक युवककाे प्रश्न– माओवादी लडाकुबाट असुलेको पैसा खोइ ?

    विष्णु त्रिपाठी । प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो दिवंगत भाइको नाममा बिदेशमा पैसा छ भनेर दुस्प्रचार गर्नेलाई प्रमाणित गर्न चुनौती दिइछन नत्र कारबाही गर्ने धम्किपुर्ण स्टाटस लेखिछिन । म गंगा दाहाललाई प्रश्न गर्न चाहन्छु, हिजो तपाईंको बुवाले शामन्ती राजाहरुले स्विटजरल्याण्डमा देश लुटेर पैसा थुपारेका छन् भन्दै गरिबको छोराछोरीलाई उक्साएर बन्दुक बोक्न लगाएका थिए अहिले प्रचण्ड आफै सत्तामा भएको करिब १२ बर्ष भयो उक्त फैलाएको भ्रमको आजसम्म पुष्टि गरेका छन् ? अर्को कुरा तँपाईलाई कस्तो प्रमाण चाहिने हिजो तँपाइकै बाउसँग सहयात्री भएर हिडेका बाबुराम भट्टराईले खुल्ला रुपमा प्रचण्डले खरबौ खाएको छ भनेर भासण गरेको भिडियो मसँग छ, हिजो तँपाइकै बुवा प्रचण्डले हामीसँग राज्यलाई देखाउने यति हजार नक्कली लडाकु छन् भन्दै भनेको भिडियो मसँग छ अनि प्रत्येक लडाकु बराबर १० लाख रुपैयाँ देशबाट लिएको पैसा खै ?? प्रमाण चाहिने अरे दिउ यि दुइटा भिडियो प्रमाण स्वरुप ???

    तपाईंको बुवा नेपालमा संसद हुदै कमाउन थालेको १२ बर्ष भएछ, म पनि लगभग तँपाइको बुवा जत्तिकै तलब खाएर अरबमा काम गर्न थालेको करिब ९ बर्ष भयो, मैले जेनतेन गरेर एउटा घर बनाएको छु त्यो पनि ऋण लिएर, मलाई त्यो ऋण तिर्न अझै ३ देखी ४ बर्ष अरब मै काम गर्नुपर्छ, घरभित्रको सामानको कुरा गर्ने हो भने १८ mm को प्लाइउडले बनाएका ३ वटा खटिया छन्, पाहुना आउदा बस्ने भनेर लिएको प्लास्टिकको ३ वटा कुर्सी छन् भने सन् २०१० मा कतारबाट लगेको ३२ इन्चको lcd टेलिभिजन छ त्यसको पनि एयरपोर्टमा ३० हजार रुपैयाँ कर तिरेको छु, पाहुना बस्ने कोठामा सानो कार्पेटको टुक्रो ओछ्याएको छु त्यो भन्दा अरु केहि जोड्न सकेको छैन तर तँपाईको बुवा बस्ने घर, त्यहाँ भित्र सजाएको सामानहरु, सोफासेट देखी लिएर महंगा महंगा पलङहरु, ४०,५० इन्च भन्दा ठुलाठुला led टेलिभिजनहरु जोड्ने पैसा तँपाइको बुवासँग कहाँबाट आयो ?

    मेरो छोरो अचानक बिरामी भयो भने मेरि श्रीमती १०,१५ हजार रुपैयाँ खोज्न आफन्तको तिर भौतारिन्छे किनकि मैले पैसा सिधै बैंकबाट ऋण लिएबापत तिर्नुपर्छ हरेक महिना बचत पटक्कै हुन्न तर तँपाइको बुवा तपाइको आमाको पेट दुख्न साथ उपचारको लागी कहिले थाइल्यान्ड र कहिले सिंगापुरको महंगा महंगा अस्पतालहरुमा लिएर कुद्नुहुन्छ, त्यो पैसा कहाँबाट आयो ?? मेरि श्रीमतीले झापादेखी त्यही नजिकै रहेको दार्जिलिङ घुम्न मन गरेको ८ बर्ष भयो तर कहिल्यै लिएर जान सकेको छैन तर तपाइको बुवा कहिले अमेरिका कुद्नुहुन्छ कहिले दुबईमा आएर महंगो होटलमा बसि ४,५ दिनमै करोडौं रुपैयाँ सकेर जानुहुन्छ त्यो पैसा कहाँबाट आयो ???? धम्की दिनुपुर्व पहिला यि प्रश्नहरूको उत्तर दिनुस अनि तपाईंको धम्की तैयार पार्नुहोला….. । 


    भाद्र २४, २०७६ मंगलवार १९:४१:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • कोरोना, म र अनुभूति 

    आश्विन १३

  • 13.8K
    SHARES
  • कोरोना, म र अनुभूति 

    एसिया महादेशको पूर्वी क्षेत्रमा अवस्थित चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना कहरले सुरुवाती दिनमा छिमेकी मुलुकलाई आफ्नो चपेटामा पार्नु भन्दापहिला  यूरोप, आमेरिका साथै मध्ये एशियामा  प्रभुत्व जमाएको पाइयो । हालसम्म प्रशासित क्षेत्रसहित दुई सय १३ मुलुक तथा दुई पानी जहाज  यस  महामारीको संक्रमणबाट गुज्रिरहेको पाइन्छ । यसका पछाडि थुप्रै कारण हुन सक्दछन्, जस्तोकि  चिनियाँहरुको यूरोपेली र अमेरिकी  साथै मध्ये एशियाली मुलुकसँग कस्तो सम्बन्ध रहेछ भन्ने पुष्टि हुन आउँछ । हुनत यसका पछाडि  अन्य  अनुत्तरित प्रश्नहरु अझै प्रशस्त बाँकी छन् । खैर यस महामारीले संसारलाई जस्तो प्रभाव पारिरहेको छ यस्तो भिशम्  परिस्थितिमा हामी नेपालीलाई  यसको प्रभाब नपर्ने भन्न सकिने  आधारभूत  कारण  हुनै  सक्दैन थियो । फलस्वोरूप  कोरोना महामारीमा ढिलो चाडो हामी पनि आमेरिका, इटाली ,स्पेन वा अरबि राष्ट्रहरुले भोगेको दुखान्त अवस्तामा  नपुगिएला भन्न सक्ने हामी संग कुनै कार्य तालिका छैन । 

    २०७६ माघ  ०९ गते नेपालमा पहिलो पटक कोभिड–१९ पोजेटिभ केश  नेपाल सरकारले पुष्टि गरेको थियो । यसलेख लेखेका बखतसम्म ७४ हजार ७४५ जना संक्रमित छन् भने ४८१ जनाको देहावसान भएको साथै ५४ हजा ६४० जना संक्रमणमुक्त भएका सरकारी तथ्यांक  रहेको छ। संसारले  यस्तो कहालीलाग्दो महामारी खेपिरहेको अवस्तामा म भने कसरी अछुतो रहन सक्थे होला ? त्यस माथि स्वास्थ्यकर्मी पारिवारिक परिस्थितिमा । शनिबारको दिन थियो हामी सधाझैँ बिहानै फुर्तिकासाथ मर्निङ वाकमा गएको बेला एक्कासी उनीले आज अस्पताल जानु पर्यो, धेरै दिन भयो नगएको भनि मसँग सहमति मागिन्, मैले पनि  फिस्स मुस्कानसहित मौन समर्थन जनाई दिएँ । त्यसँंगै उनी निकै चुस्तीका साथ खानाखाइ अस्पताल लागिन् । सधाझैँ साँझको करिब ५ बजे हाम्रो भेट भयो । भेट हुना साथ मैले उनलाई कोरोनाको अवस्था कस्तो छ अस्पताल  तिर भनि प्रश्न गरँ ।  

    उनले उत्तरमा आफ्ना केहि सहकर्मी साथीलाई कोरोना पोजेटिभ भएको अत्यन्तै मार्मिक र डरलाग्दो अवस्थाबारे चित्रण गरिन् । तुरुन्तै मैले प्रति प्रश्नमा ति मित्रसँग उनको  दूरिका  सम्बन्धबारे सोधेँ । उनीले कुनै यकिन उत्तर दिन सकिनन्  । त्यसै  क्रममा चिया पिउँदै गर्दा मेरा नजर उनका नयनमा गई अडिए । किन हो कुन्नि सदाभन्दा आँखा रसिला थिए । मैले दिल्लगी गर्दै  कतै तिमीले कोरोना लिएर त आएनौ भनि सोधेँ । उनले हल्का टाउको दुखेको कुरा मलाई सुनाइन् । मैले धेरै दिनपछि  काममा गएर होला भन्ने सहज उत्तर दिएँ । त्यस पश्चात करिब रातको ९ बजे खाना खाँदा शिर साथै हात खुट्टाका जोर्नी पनि दुखिराखेको जानकारी गराइन् । र खान पनि सादा भन्दा कमै खाइन् । मैले उनको ज्वरो नापे ९९.४ डिग्री थियो, जुन सामान्य हो । अकास्मात् नाकबन्द भई रुघा लागेजस्तो उनलाई साथ साथै मलाई पनि सुरु भयो र हामी आ–आफ्नो मोबाइलमा गुगल र यूटूब खोली  कोरोंनाका लक्षणबारे अध्यन गर्न थाल्यौँ ।  

    हाम्रो मनोदशाले होला सम्पुर्ण रोगको लक्षण मिलेको पायौँ  र बोइलरमा तातो पानी तताउन थालेँ । तातोपानी र सन्चोको वाफ पालै पालो लिन थालियो । हामीसँग थुप्रै प्रश्नका उत्तर थिए, कोरोना केही हैन, यो सामान्य फ्लू  हो, स्वास्थ्य जीवनशैली अपनाए यो रोग आफैँ बिसेक हुन्छ भन्ने मनलाई  सान्त्वना दिलाउने तर्क हुँदाहुँदै पनि हामीबीच मौनता छाएको थियो । सायद यसै मौनताले हाम्रो ज्ञानको परिचय दिरहेको हुँदो हो । समय समयमा  दुबैजना आआफ्नो ज्वरो नाप्थ्याँ,ै  रातको करिब १ बजेतिर उनको ज्वरो १०१ डिग्री भयो भने मेरो ९९ डिग्री जति थियो । अब भने हामी यस संक्रमणबाट संक्रमित भएको स्वपुस्टि गर्यौं ।  मनमा भने अनेक तर्क वितर्क  खेलिरहेका थिए । मानिस मृत्यु पूर्व सायद उसको मृत्युलाई  समाजले कुन दृष्टिकोणले हेर्छ भन्नेमा चिन्तित हुँदो रहेछ । त्यसैले होला हामी कोरोनको संक्रमण भन्दा समाजले हामीलाई हेर्ने दृस्टीकोण तर्फ हाम्रो बढी ध्यान केन्द्रित  भएको मैले अनुभव गरेँ । हामीलाई  त्यस कहालीलाग्दो रात बर्सौ वर्ष बिते जस्तो लग्यो र रातभर अनिन्द्रित  स्वप्नशिल  संसारमा रम्ने कोशिश गरि बित्यो । 

    लकडाउनको प्रभावले होला मिर्मिरे बिहानीमा चाराचुरुङ्गीको  चिर्रबिराट प्रशस्त मात्रामा सुन्न पाइन्छ ।  तर, आज किन हो शरीरमा  फुर्ती भने पटकै थिएन । मर्निङवाकमा जान, न चिया, न खाना नै खान मन लाग्यो, फगत तातो पानीको वाफ र तातै पानी पिई बसियो मध्याह्नपछि ज्वरो स्वतः  आफै कम भयो तर पनि मनमा त्रास भने कायम नै थियो । अन्य छर छिमेकीसँग गफ गर्न मन नै मानेन, सायद समाजको डरले हो वा आफ्नै ज्ञानले यसको उत्तर मैले पाउन सकिन । तर जे गरियो ठिकै गरियो भन्ने लाग्दछ ।  

    हामी कोरोनबाट  संक्रमित  थियौँ वा थिएनौँ, हामीलाई थाहा भएन, किनकि हामीले कुनै परीक्षण गराएका थिएनौँ । तर कोरोनाप्रतिको दृष्टिकोण भने अवस्य बद्लिएको छ । कोरोनाका कारण मानिसको मृत्यु हुनुभन्दा यस रोगप्रतिको सामाजिक दृष्टिकोण सायद मृत्युमा बढि मद्दत पुग्दछ जस्तो लाग्छ  । यस दृष्टिकोण निर्माण हुनुमा काहीँ न काहीँ विश्व स्वास्थ्य संगठन र सरकारको नै प्रमुख भूमिका रहेको छ । किन यस महामारीलाई अन्य महामारी सरी सामान्य नजरले हेरिएन ? किन यस रोगलाई अतिरञ्जित गरियो होला ? के स्वास्थ्य क्षेत्र बाहेक अन्य सम्पुर्ण  जगह बन्द गरिनु यस रोगप्रतिको रामवाण ओखती  हो त ? यी र यस्ता कैयौँ प्रश्न मेरा मन र मस्तिष्कमा सधैँ खेलिरहन्छन् । तर उत्तरमा भने केवल मौनताको प्रश्न चिन्ह खडा  भइ दिन्छ।।


    आश्विन १३, २०७७ मंगलवार १७:३३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • निर्वाचन गरेर किन राज्यको अरबौ ढुकुटी रित्याउनु

  • 2.8K
    SHARES
  • निर्वाचन गरेर किन राज्यको अरबौ ढुकुटी रित्याउनु

    सन्दर्भ:- सर्बोच्चको निर्णय ............
    आज सर्बोच्च अदालतको निर्णय आयो। कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित। जे भए पनि  अदालतको निर्णय प्राविधिक रूपमा सबैले मान्नै पर्यो।

    अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो  यति बर्ष वा महिनाका  निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?

    सवाल के निर्णय आयो भन्दा पनि के परिणाम आयो भन्ने हो। हिजो लोकतन्त्र प्रजातन्त्रको दुहाई दिदै नेपाल र नेपालीको भाग्य परिवर्तनको सपना देखाएर सत्तारोहण गर्नेहरूको नियत छर्लङ्ग भएको छ। पाँच बर्षको स्थायि सरकारको दुहाई खोक्रो नारा साबित भएको छ। के अब सरकार १  महिना ६ महिनामा या १ बर्षमा सरकार  परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ? यदि हो भने अद्य्यावधिक निर्वाचन किन र के का लागि ?  अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो  यति बर्ष वा महिनाका  निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?

    राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायि निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक छ। हाम्रो जस्तो भूराजनैतिक अवस्था भएको देशले अति संवेदनशील भएर सोच्न र गर्न आवश्यक छ।

    लोकतन्त्रको नाममा हुने गरिने नेपाली नेताहरूको वालकृडाबाट देश दिनानु दिन अधोगति उन्मुख भएकोले नेपाली संस्कार, संस्कृति, परम्परा अनि परिवेश अनुसार नेपाल र नेपालीका हितमा परिवर्तन हुन आवश्यक छ भन्दै आएका हौं। नेपाली राजनीतिका यस्तै यस्तै कृयाकलाप र घटनाक्रमहरूले हाम्रो ठम्याई सही साबित हुदै आएको छ। 

    नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।


    आषाढ २८, २०७८ सोमवार २३:००:४१ बजे : प्रकाशित


    ज्ञानेन्द्र शाही