आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

बुन्डेसलिगा : हालान्ड चम्किँदा डर्टमन्डको सानदार जित 



काठमाडौं – शनिबार राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा डर्टमन्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई  ३–० गोलले पराजित गरेको हो । 

उक्त खेलमा डर्टमन्डको लागि एर्लिङ हालान्डले २गोल र जियोभानी रिनाले एक गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा डर्टमन्डका जियोभानी रिनाले गोल गरी टिमलाई अग्रता दिलाए । 

त्यसपछि खेलको ५४ औं मिनेटमा हालान्डले गोल गरी डर्टमन्डलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७७ औं मिनेटमा डर्टमन्डका हालान्डले अर्को गोल गरी जित दिलाए । जितसँगै डर्टमन्डले बुन्डेसलिगामा तीन अंक जोडेको छ । 

 

प्रकाशित मिति : आश्विन ४, २०७७ आइतबार  ७ : ३३ बजे